Advertisement
SKIP THIS

कोरियाबासीको प्रायोजनमा पोखरामा हुने भलिबल प्रतियोगिताको पुरस्कार राशी बढाइयो


सोल–कोरियामा रहेका पश्चिमाञ्चलबासीहरुको प्रायोजनमा अगामी असोज २७–३० सम्म पोखरामा आयोजना हुन लागेको पश्चिमाञ्चल स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशी बढाईएको छ ।

 

प्रतियोगिता आयोजनाको लागि आईतबार कोरियाको सोलमा कोरियाबाट प्रतियोगिता संयोजक अमित रानाको अध्यक्षतामा १६ जिल्लाका प्रतिनीधिहरु बैठक बसी पुरस्कार राशी बढाउने निर्णय गरेको हो ।

 

बैठकको निर्णय अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र, द्धितीय हुने टिमलाई नगद ७५ हजार, मेडल र प्रमाणपत्र, तृतीय हुने टिमलाई नगद ५० हजार, मेडल र प्रमाणपत्र र सान्त्वना हुने टिमलाई नगद २५ हजार, प्रमाणपत्र र मेडल प्रदान गरिनेछ ।

 

यसअघि भने प्रथम, द्धितीय, तृतीय र सान्त्वना पुरस्कार क्रमशः ७५ हजार, ५० हजार, ३० हजार र १० हजार मात्रै राखिएको थियो । आईतबारको बैठकमा सहभागी अधिकांशले  पश्चिमाञ्चल स्तरीय प्रतियोगिता भएकोले पुरस्कारको राशी बढाउनुपर्ने सुझाव राखेपछि पुरस्कार राशी बढाएको संयोजक अमित रानाले जानकारी दिए ।

 

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले नगद रु १० हजार र प्रमाणपत्र प्राप्त गर्ने र सो पुरस्कार स्याङ्जा परिवार दक्षिण कोरियाका अध्यक्ष धर्म गुरुङ्ले प्रायोजन गर्ने भएको छ ।

 

त्यस्तै बेष्ट ओपन स्पाईकर बाग्लुङ सम्पर्कसमितिका टिम क्याप्टेल अर्जुन थाप, अलराउण्डर स्याङ्जा परिवारका क्याप्टेन अमित राना, क्विक कास्की परिवारका अनिल धमाल, लिप्mटर कास्की परिवारका टिम क्याप्टेन शंकर गुरुङ, लिब्रो कास्की परिवारका लिब्रो गोपाल पुन, ब्लकर म्याग्दी समाजका टिम क्याप्टेन शिव आचार्य र बेष्ट सर्भर गुल्मी सम्पर्क समितिका क्याप्टेल प्रेम अर्यालले प्रायोजन गर्ने भएको छ । उल्लेखित विधाका पुरस्कार राशी भने नगद ५ हजार मात्रै हुने बताईएको छ ।

 

लुकेर रहेको प्रतिभाशाली भलिबल खेलाडीहरुलाई मैदानमा ल्याउने उद्देश्य सहित पश्चिमाञ्चल भलिबल संघको आयोजनामा हुने उक्त प्रतियोगितामा झण्डै १२ लाख खर्च लाग्ने अनुमान गरिएको छ । अनुमानित खर्चलाई मध्यनजर गर्दै कोरियामा रहेका पश्चिमाञ्चलका १६ जिल्लाका प्रतिनिधीहरुले प्रत्येक जिल्लाले ५०÷५० हजार रुपैयाँ संकलन गर्ने समेत निर्णय गरेको छ ।

 

प्रतियोगितालाई भब्य बनाउनका लागि कोरियामा बाग्लुङ्बाट छानु चन्द, म्याग्दीबाट मुक्ति केसी, नवलपरासीबाट हिराज श्रेष्ठ, स्याङ्जाबाट धर्म गुरुङ्, कास्कीबाट ललित गुरुङ्, गुल्मीबाट प्रेम ज्ञवाली, पर्बतबाट तेजेन्द्र सुबेदी, लम्जुङ्बाट जेबी गुरुङ्, तनहुँबाट ललित थापा, गोर्खाबाट राजेन्द्र श्रेष्ठ, मुस्ताङ्बाट कृष्ण गुरुङ, रुपन्देहीबाट प्रितम गुरुङ्, पाल्पाबाट शुसिल गहा मगर, अर्घखाँचीबाट युवराज पाण्डे र मनाङबाट प्रकाश गुरुङ्लाई जिल्ला प्रतिनिधी तोकिएको छ ।

 

कोरियामा संकलन गरिने रकम संयोजक अमित राना मास्कीको आई.बि.के बैंकमा रहेको खाता नम्बर ९३०००१००३०२०१२ मा जम्मा गरिदिन समेत अनुरोद गरिएको छ । सुबिधाको लागि संयोजकको नम्वर ०१०२१५८५५३१ मा सम्पर्क गर्न सकिने बताईएको छ ।

 

प्रतियोगिता तयारीको लागि पश्चिमाञ्चल भलिबल संघले मंगलबार संघको अध्यक्ष छ्याम थापा मगरको अध्यक्षतामा छलफल कार्यक्रम आयोजना गर्ने संघका सचिव डिबी नेपालीले फोन मार्फत जाकारी गराए ।

नेपालीले यस प्रतियोगिताले लुकेर रहेको प्रतिभाहरुलाई उजागर गर्ने र अगामी मंसिरमा रुपन्देहीमा हुने सातौं राष्ट्रिय भलिबल प्रतियोगितालाई समेत टेवा पु¥याउने बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...