एनआरएन कोरियाको सचिबमा त्रिपाठी उठ्ने
सोल-अर्को हप्ता हुने एनआरएन कोरियाको अधिबेशनमा सचिव पदका लागी बालकृष्ण त्रिपाठीले उमेरद्वारी घोषणा गरेका छन् |
२०१५ सेप्टेम्बर महिनाको १२-१३ मा हुन लागेको कोरियाको पाचौ अधिबेशन नजिकिंदै गर्दा त्रिपाठीले सचिब पदमा प्रेस बिज्ञप्ति निकाल्दै आफ्नो उमेरद्वारी घोषणा गरेका हुन् | उनि बिगत ७ बर्षदेखि थेजन क्षेत्रको परिचित समाज सेवी हुन् |
उमेरद्वारी घोषणा गर्दै सस्थाको प्रशासनिक पक्ष चुस्त दुरुस्त बनाउन आफुले सहयोग पुर्याउने बताएका छन् |
विदेशको कमाइ स्वदेशमा लगानी गर्नुपर्छ भन्ने मान्यता भएका त्रिपाठीकै सक्रियतामा ‘युवा अभियान तथा कृषि अनुसन्धान केन्द्र’ नामक कृषि सहकारी संस्था ढेड बर्ष अघि स्थापना भएको छ |
सो संस्थामा १ करोड रुपैयाँ भन्दा बढी संकलन गरेर कास्कीमा गाइ तथा बाख्रा पालन शुरु गर्न तयारी गर्दै छ भने अरु १ करोड रुपैयाँ जम्मा गर्ने तयारी गर्दै छ | थेजन समाजको सकृय सस्थापक पनि हुन् |
त्रिपाठीले पाचौ कार्यसमितीको सचिब पदमा २ बर्षे कार्यकालका जिताउन सबैले आ-आफ्नो ठाउँबाट सहयोग गरिदिन सम्पुर्ण कोरियावासी जन समुदायहरूमा अपिल गरेका छन |