Advertisement
SKIP THIS

आयो रमाईलो छुसक, दर्जन कलाकारले कोरिया तताउने


सोल – कोरियनहरुको महान चाड छुसकको लामो बिदामा कोरियामा रहेका नेपालीहरुले गठन गरेका विभिन्न संघ संस्थाले बिबिध उदेश्य राखेर आयोजना गरिएका सास्कृतिक कार्यक्रममा नेपालबाट दर्जन भन्दा बदि नेपाली कलाकार कोरिया आउने भएका छन् |
छुसकको पहिलो दिन म्याग्दी समाज समिति कोरियाले कोरियामा आपतकालिन अक्षय कोष स्थापनार्थ र म्याग्देलीको स्वास्थ्य सुधार सहित आवश्यक पुर्वाधार जुटाउने उद्देश्यले स्थापना गरिएको कोष थप मजबुद बनाउनको निम्ति आयोजना गर्न लागेको ‘म्याग्देली म्युजिकल शो ” नामक कार्यक्रममा नायिक नम्रता श्रेष्ठ, हास्यंब्यङ्ग कलाकार मनोज गजुरेल, लोकदोहोरी गायक पशुपती शर्मा, लोकदोहोरी गायिका ज्योती मगर, पप गायक नरेन लिम्बु, म्याग्दीका सम्बोज मल्ल, लोक गायक गगन पुन र हास्यब्यङ्ग प्रदिप कार्की आफ्नो प्रस्तुति दिनेछन |

 

 

11911129_907680275972938_1718717859_n
छुसकको दोस्रो दिन गोर्खा परिवार कोरियाले भुकम्प पीडित बालबालिकाहरुको शिक्षाको लागि ” मनास्लु सांगीतिक सौगात भाग-२ ,मन्त्र लाईभ कन्सर्ट ईन कोरिया” नामक कार्यक्रम आयोजना गर्न लागेको छ | उक्त कार्यक्रममा चर्चित दार्जलिङगे ब्याण्ड ”मन्त्र ” र लोक दोहोरी गायक , गायिका दीपसागर थापा मगर र राधिका हमाल पुनले जोडदार प्रस्तुति दिने छन् |

 

 

सोहि दिन तमु धीँ कोरियाले तमु हाउस व्यवस्थापन र प्राकृतिक प्रकोपमा परेकाको सहयोगार्थ ” रोधीँ सांगीतिक सौगात भाग ३”, कर्मा ब्याण्ड लाइभ इन कोरिया नामक कार्यक्रम गर्ने भएको छ | कार्यक्रममा कर्मा ब्याण्डसंगै सुगम संगीतकी चर्चित गायिका अन्जु पन्त र लोक गायिका कृष्णा गुरुङले कोरियाबासी नेपालीलाई भरपुर मनोरन्जन प्रदान गर्ने छन् |

 

 

efc
त्यसै गरि सोहि दिन एभरेष्ट एफसी परिवार कोरियाले ‘एभरेष्ट एफसी परिवारको अभियान भुकम्प पिडित बाल बालिकाहरु को शिक्षामा योगदान’ भन्ने मुल नाराका साथ ‘साउण्ड अफ समर’ नामक कार्यक्रम गर्दै छ | कार्यक्रममा मङ्गोलियन हर्ट ब्यान्डका गायक राजु लामा,अमर तन्डुकार , नृत्यङ्गना पार्बती राई गायिका तृष्णा गुरुङ साथै अहिले एक्दमै चर्चाको सिखरमा रहेको कमेडीयन भद्रगोल टिमका जिग्री र पाँडे ( कुमार कट्टेल र अर्जुन घिमिरे) ले दमदार प्रस्तुति दिने छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...