Advertisement
SKIP THIS

छुसकमा नम्रता र ज्योतिले नचाउने


सोल- म्याग्दी समाज समिति कोरियालद्वारा आउने छुसक २०१५ को सेप्टेम्बर २६ तारिखका दिन आयोजित एक भब्य साँस्कृतिक कार्यक्रम ‘म्याग्देली म्युजिकल शो ” मा यति बेला अति चर्चा मा रहेका कलाकार ज्योति मगर लगायतका कलाकारले कोरिया तताउने भएका छन् |

 

कार्यक्रममा चर्चित नायिक नम्रता श्रेष्ठ, चर्चित हास्यंब्यङ्ग कलाकार मनोज गजुरेल, चर्चित लोकदोहोरी गायक पशुपती शर्मा, चर्चित लोकदोहोरी गायिका ज्योती मगर, पप गायक नरेन लिम्बु, म्याग्दीका सम्बोज मल्ल, लोक गायक गगन पुन र हास्यब्यङ्ग प्रदिप कार्की लगाएतको प्रस्तुति रहनेछ |

 

कोरियामा आपत्कालिन अक्षय कोष स्थापनार्थ र म्याग्देलीको स्वास्थ्य सुधार सहित आवश्यक पुर्वाधार जुटाउने उद्देश्यले स्थापना गरिएको कोष थप मजबुद बनाउन राष्ट्रियस्तरका ख्याती प्राप्त कलाकार सहितको प्रस्तुती रहने गरी कार्यक्रम तय गरिएको समाजका अध्यक्ष मुक्त केसीले फोनिज कोरियालाई बताए।‘ म्याग्दी समाज समितिले कार्यक्रमको तयारीलाई तिब्र गतिमा अगाडी बढाएकोछ |

 

 

यति बेला प्रचार प्रसार लाई जोड गर्दै कोरियामा कार्यरत सम्पूर्ण म्याग्देलीहरुलाई एक जुट भै आ आफ्नो ठाउँ बाट लाग्न समेत अध्यक्ष मुक्त के. सी ले अनुरोध गरेका छन् | कोरियामा रहेका म्याग्देलीको साझा संस्थाको रुपमा रहेको समितिले यहाँ रहेका सबै सामाजिक संस्था संग हातेमालो गर्दै आइरहेकोले कोरिया मा कार्यरत सबै किसिमका संस्था र महानुभाब हरुले आ आफ्नो ठाउँ बाट सक्दो सहयोग गरिदिनु हुन पनि समाजले अनुरोध गरेको छ |

 

 

समय समयमा आर्थिक संकलनका लागि आवश्यक पर्ने ठुला कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ । कार्यक्रमबाट कोरियामा रहेका म्याग्देली संगै गृहजिल्लामा समेत सहयोग गर्ने गरिएको छ । समितिमार्फत जिल्ला अस्पताल म्याग्दीमा करिव १८ लाखको लागतमा आकस्मिक कक्ष स्थापना भएको छ ।

 

 

त्यस्तै आपतकालीन सहयोग,भूकम्प पिडितलाई सहयोग,शिक्षा,खेलकुद , आर्थिक अवस्था कमजोर भएका बिरामी लगाएत विभिन्न क्षेत्रमा समेत उल्लेखनीय सहयोग गर्ने गरेको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...