Advertisement
SKIP THIS

एनआरएनले नेपाली गीत, संगीतलाई नोरेबाङमा राख्ने पहल गरोस


सोल-विश्वव्यापी संजाल भएको भनेर चिनिएको गैर आवासीय नेपालीहरुको साझा सस्था एनआरएनको अहिले विभिन्न देशहरुमा अधिवेशन भैरहेका छ | कोरियामा पनि यही सेप्टेम्वर १२ र १३मा अधिवेशनको लागि मिति तोकिएको छ | मूलतः अधिवेशनमा वर्तमान कार्यसमितिले गरेका कार्यहरुको लेखाजोखा,आगामी कार्ययोजना तर्जुमा तथा नया कार्यसमितिको चयन गर्ने गरिन्छ | एनआरएन कोरियाको वर्तमान कार्यसमितिद्वारा नेपाल हाउस व्यवस्थापन लागि चलाइएको अभियानलाई कोरियास्थित धेरै नेपाली समुदायले सफल भएको आंकलन गरेका छन् |

 

यद्धपि नेपाल हाउसको नया व्यवस्थापन कहाँ पुग्यो, के हुदैछ र उक्त कार्यको लागि गरिएको अर्थ संकलनको हिसाब किताब पनि यसै अधिवेशनले पारदर्शी तवरले सार्वजनिक गर्ने छन् भन्नेमा विश्वस्त छन् | अधिवेशनको मिति नजिकै गर्दा विभिन्न पदका आकांक्षीहरुले सामाजिक संजाल र विभिन्न अनलाइन मार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गरिरहेका छन् |अहिले सम्म अध्यक्ष पदका लागि आधा दर्जन र सबैभन्दा बढी उपाध्यक्ष्यका लागि करिब ३ दर्जन आकांक्षीहरुले आफ्नो उम्मेदवारी सार्वजनिक गरिसकेका छन|

 

 

घोषित उम्मेदवारहरुले सस्थाको शसक्तिकरण,नेपाल र नेपाली समुदायलाई हित हुने मेरो यस्तो योजना छ भनेर कुनै ठोस योजना भने ल्याउन सकेका छैनन् | यसले गर्दा कतै यो अधिवेशन पनि कर्मकाण्डी मात्रै हुने त होइन भनेर मतदाताहरुमा आशंका जन्मेको छ | सकेसम्म कार्यसमितिको नेतृत्व सहित सम्पूर्ण पदाधिकारीहरु सहमतिमा सर्व सम्मत भए हामी नेपालीहरु एक छौ है भन्ने एकताको संदेश प्रवाह हुने थियो |

 

 

तथापी सर्वसम्मत हुन नसके संसारले नै मानेको लोकतान्त्रिक विधि निर्वाचनमा जानुको विकल्प हुदैन | निर्वाचनलाइ स्वच्छ र मर्यादित बनाउने कार्य भने स्वयम उम्मेदवार,मतदाता तथा सरोकारवालाहरुको हो | एनआरएन कोरियाको अब निर्वाचित हुने नेतृत्व तथा कार्यसमितिले कमसे कम तपशिलमा ध्यानाकर्षण गराएका कार्यहरु गरेदेखि एनआरएनको महत्व र प्रभावकारीत अझ बढ्ने थियो भन्ने हामीलाई लागेको छ | तसर्थ हामीले विभिन्न पदका आकांक्षी उमेद्वरहरुको ध्यानाकर्षण गराउन चाहेको हौ | यस्तै ध्यानाकर्षण हामीले केहि महिनाअघि सम्पन्न एनसीसीको अधिवेशनमा पनि गराएका थियौ |

 

 

हाम्रो ५ बुदे ध्यानाकर्ष्ण यस प्रकार रहेको छ :-

 

१.एक अर्ब वन बबराबरको अक्षयकोष स्थापन गरी इपिएस कल्याण कोष यसको लागि नेपाल र कोरिया दुवै सरकारबाट सहयोग लिने र इ पी एस मार्फत रोजगारीमा आएकाहरुबाट विमा जस्तै मासिक निश्चित रकम जम्मा गर्ने | यसरी स्थापित कोषबाट कोरियामा बिभिन्न जटिल बिरामी हुदा .दुर्घटना, मृत्यु हुदा र नेपालमा सम्वन्धि परिवारलाइ बिभिन्न दैवी प्रकोप आइलाग्दा एउटा निश्चित मापदण्ड बनाइ राहत प्रदान गर्ने |अब आउने नेतृत्वले यो बारेमा पहल गर्न जरुरि छ यसकोलागी कोरियाम रहेका सबै सस्थाहरुलाई परिचालन गरि यस सम्बन्धि नीति नियम तर्जुमा गर्न दुवै सरकारलाई दवाव दिने |

 

 

२.नेपाली लोकगीत, संगीतलाई कोरियाको कुना कुनामा पुर्याउन हरेक नोरेबाङमा सबै किसिमका नेपाली लोक भाकाहरु(जस्तै सालैजो ,मारुनी, तामांग सेलो,देउडा आदि ) राख्न पहल गर्ने,

 

३.कोरिया र नेपालको दौत्य सम्बन्धलाइ जनस्तरमा व्यापक बनाउने |

 

४.नेपालमा कोरियन लगानी भित्र्याउन पहल गर्ने|

 

५.कोरियामा बढ्दो नेपालीहरुको आत्महत्या न्यूनीकरण लागि पहल गर्ने | आफ्नो घोषण र प्रतिवाद्दतामा यस्ता दूरगामी मुद्दा हरु उठने उम्मेदवारलाई निसन्देह हाम्रो सहयोग र समथन हुनेछ |

 

श्रीराम गुरुङ सचिव,

ओखलढुंगा सेवा समाज

दक्षिण कोरिया

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...