अवैधानिक कार्य गर्नेलाई कुनै संस्थामा स्थान दिनु हुदैन -यज्ञराज सुबेदी


लामो समयदेखि दक्षिण कोरियामा रहेका प्रबासी नेपालीहरुको हकहित र अधिकारका लागि आवाज उठाउदै आएका सामाजिक अभियन्ता हुन यज्ञराज सुवेदी । प्रवासमा आइपर्ने विभिन्न समस्याबाट ग्रसित प्रवासीहरुको मुक्तिका लागि सदैव लागि पर्ने सुवेदीले कोरियामै पहिलो प्रबासीहरुको सामाजिक संस्थाको रुपमा किम्हेमा माईग्रेण्ट हाउस दर्ता गरि नेपाली प्रवासी मजदूरहरुलाई आवासको व्यवस्था, सहयोग केन्द्र, कोरियन भाषाको कक्षा, नियमित स्वास्थ्य परिक्षण, कानुनी परामर्स तथा मानब अधिकारका बिषयमा सहयोग पुर्याउने जस्ता कार्यहरु संचालनमा ल्याएका छन् । त्यसैगरी कम्पनीले अवैधानिक बनाएका नेपालीहरुलाई बैधानिक बनाउने, एयरपोर्टबाट छिर्न नदिएर इन्छन इमिग्रेसनमा थुनिएकालाई निकालेर ल्याउने जस्ता कामका साथै विभिन्न समस्यामा परेका र विरामी भएका नेपालीहरुको उपचारमा समेत दिनरात नभनि लगातार खट्दै आएका छन् ।

 

ताप्लेजुङ्ग जिल्लाको साँघु गाबिसमा जन्मिएका सुबेदीले सरस्वती बहुमुखी क्याम्पस ठमेलबाट स्नातकसम्मको अध्ययन पुरा गरेका छन् । तत्कालीन विद्यार्थी राजनीतिक आन्दोलनमा सक्रिय रहेका सुबेदी सन् १९९६ मा औधोगिक प्रशिक्षार्थीका रुपमा कोरिया आए । नयाँ आत्मिक सोच र त्यसलाई ब्यबहारमा कसरी ल्याउने भन्ने बिषयमा थेओलोजी र मानवशास्त्रको बिषयमा समेत उच्च शिक्षा लिएका सुवेदीले नेपाल र नेपालीको सामाजिक स्तर उकास्नको लागि कोरियास्थित सामाजिक संस्थाहरुसँग हातेमालो गर्दै नेपालको शिक्षा क्षेत्रको बिकासका लागि विद्यालयको निर्माणमा समेत जोड दिदै आएका छन् ।

 

किम्हे माइग्रेन्ट हाउस र ख्यङनाम धामुन्ह्वा यन्देका अध्यक्ष यज्ञराज सुबेदी हालको प्रमुख प्रतिपक्षि पार्टिको ख्यङनाम धामुन्ह्वा उपसमितिको सभापतिको रुपमा समेत रहेका छन् । कोरियास्थित प्रवासीहरुको हकहित र सामाजिक सुरक्षाको बिषयमा बुलन्द आवाज उठाँउदै आएका सुबेदीले यहि आउदो सेप्टेम्बर १२ र १३ तारिखमा हुन लागेको गैह्रआवासीय नेपालीहरुको संस्था एनआरएन कोरियाको पाँचौं राष्ट्रिय अधिवेशनमा अध्यक्ष पदका लागि उमेदवारी दिएका छन् । यिनै प्रत्यासी उम्मेद्वार यज्ञराज सुवेदीसँग एनआरएन कोरियाको आसन्न अधिबेशनको सेरोफेरोमा रहेर फोनिज कोरियाका लागि बाला राईसँगको अन्तरंग कुराकानी:-

 

एनआरएन कोरियाको अध्यक्ष पदमा उमेदवारी दिनुको कारण ? कस्तो भिजन लिएर चुनाव लडदै हुनुहुन्छ ?

 

एनआरएन कोरियाको स्थापना कालदेखि नै म यससँग सम्वन्धित रहेर कुनै न कुनै जिम्मा लिएर काम गर्दै आएको छु । संस्थालाई एउटा संस्थागत रुप दिनको लागि पनि मेरो उमेदवारी हो । त्यस्तै कोरियामा प्रवासी मजदुरहरुको समस्यालाई विशेष ध्यान दिई विभिन्न कार्यक्रमहरु ल्याउनु पर्ने आवश्यकताको महशुस गरेको छु । नेपाल सरकारले मान्यता दिएको यस संस्थाले अहिलेसम्म गरेका उपलब्धिहरुलाई ब्यवस्थित गर्नको लागि कोरिया सरकारको परराष्ट्र मन्त्रालयमा पनि दर्ता गरि एक बैधानिक सामाजिक सस्ंथाको रुपमा बिकास गरि नेपाल र नेपालीको चैतर्फी बिकासमा कोरियाली जनता र सामाजिक संघसंस्थासँगको सम्बन्ध बिकास गर्नु नै मैले नेतृत्वको दावा गर्नु प्रमुख कारण हो ।

 

एनआरएनलाई प्रभावकारी रुपमा अघि बढाउन के कस्तो रणनीति अपनाउनुपर्ला जस्तो लाग्छ ?

 

संस्थालाई ब्यबस्थित गरि बार्षिक योजना बनाउनु पहिलो काम हो र बहुसंख्यक नेपाली मजदुर हरुको दैनिक समस्या सामाधान गर्न एक कार्यालयको ब्यवस्था गरि कोरियामा रहेका मजदुर सरोकार केन्द्रहरुसँग सहकार्य गर्नुका साथै मजदुर सरोकार र समस्या सामाधानमा उत्प्रेरित गरि परिक्षित गर्नु र कोरियन ब्यापारिक संघ सस्ंथासँगको सम्बन्ध बिस्तार र बिकास नै मुख्य रणनिती हुनेछ ।

 

हुण्डी कारोबारको चर्को बिरोध भइरहेको छ अध्यक्ष हुनुभयो भने यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

 

हुण्डी कारोबारलाई नेपाल सरकारले अबैधानिक ठहर गरिसकेको अबस्थामा यसको कारोबार गर्ने मान्छेलाई कुनै पनि संस्थामा स्थान दिइनु हुदैन भन्ने मेरो मान्यता छ । नेपाल सरकार र कोरियन सरकारबाट अबैधानिक मानिएका सबै खाले गतिबिधि गर्न र सहभागि हुनु अपराध भएकोले एक सामाजिक संस्थाको नाताले चेतनामुलक कार्यक्रमहरु गर्नु र संस्थामा एक स्वतन्त्र ब्यक्तिहरुको अनुशासन कमिटी बनाउनुपर्छ । यदि संस्थामा आबद्घ ब्यक्तिहरु माथि अबैधानिक काम गरेको आरोप लागेमा अनुशासन कमिटिमार्फत् छानबिन गरि दोसी पाईएमा माथिल्लो कमिटीमा र स्थानिय निकायमा कार्बाहिको सिफरिस गरि अबैधानिक कार्यहरु रोक्ने प्रयास गर्नुपर्छ ।

 

एनआरएनहरु बढी हल्ला काम कम गर्छन् भन्ने आरोप पनि छ नि ?

 

यदि मेरो नेतृत्वमा नयाँ कार्यसमिती बनेछ भने काम बढि हल्ला कम गर्ने छु । जहाँसम्म एनआरएनहरुको कुरा छ । मलाई लाग्छ, संसारभरि छरिएका मानिसहरुलाई हरेक गतिबिधिको जानकारि दिनु पर्ने हुनाले धेरै हल्ला भएको जस्तो देखिएको पनि हुन सक्छ ।

 

बन्न लागेको संविधानले एनआरएनहरुलाई दोहोरो नागरिकता दिने विषय उठाएको छ । यसले राष्ट्रलाई कसरी सहयोग गर्छ त ?

 

एनआरएनहरुले आफुले बिदेशमा आर्जन गरेको पूँजी र सिपलाई नेपालमा भित्र्याउन र भावी सन्ततिलाई नेपालमा फर्काउन पहल गर्ने एक सुरक्षित बाटो नै दोहोरो नागरिकता हो । यदि दोहोरो नागरिकता भए पहिलो मात्र हैन दोश्रो पुस्ता पनि नेपाल फर्कन सक्ने र यसले देश बिकासमा महत्वपुर्ण भूकिमा खेल्न सक्नेछ ।

 

एनआरएनमा मजदूर धेरै छन् तर नेतृत्व जहिले अन्य वर्गले लिने गरेको छ । यो मजदूरप्रतिको अन्याय होइन र ?

 

एनआरएन फरक फरक देशमा फरक वातावरणमा छ । कोरियाको हकमा मजदुरहरुको संख्या बढि छ । एउटा कुरा हामीले के बिर्सनु हुदैन भने कोरियाको एनआरएनका अहिलेसम्मका सबै नेतृत्वहरु लामो समयसम्म कोरियामा नै मजदुर भई मजदुरहरुको पिंडालाई अनुभब गरि सक्नु भएका ब्यक्तित्वहरु हुनुहुन्छ । कुनै बेला मजदुर आन्दोलनको अगुवाई गर्ने ब्यक्तित्वहरु हुनुहुन्छ । कोरियाको कानुनी बाध्यता र समय अभाव जस्ता कारणले मजदुरी गरिरहेकाहरु नेतृत्वमा आउन सकिराखेका छैनन् । तर, सस्ंथागत रुपमा कुनै बर्गलाई उपेक्षा गर्ने एनआरएनको नीति होईन । एनआरएनको हरेक गतिबिधिमा प्रवासी मजदुरको सहभागिता अनिबार्य छ । मजदुर हकहितको लागि एनआरएन हरेक राष्ट्रमा अगााडि आउनु पर्छ ।

 

पछिल्लो समय कोरियामा नेपालीहरुको मृत्यु हुने क्रम बढेको छ नि के भन्नुहुन्छ ?

 

मृत्युका तीन प्रमुख कारणहरु देखिएका छन, पहिलो औधोेगिक दुर्घटना, दोश्रो आफ्नो स्वास्थ्यमा कम ध्यान दिनु र तेश्रो आत्महत्या । यी तीन प्रमुख कारणहरुको निवाकरणको पहिलो उपाय चेतना जगााउनु नै हो । औधोगिक दुर्घटनाका संभावनाबारे प्रबासी मजदुरहरु अति नै कम जानकारी राख्दछन र यसबारे प्रयाप्त शिक्षा पाएका हँुदैनन् । त्यसकारण एनआरएनले सम्बन्धित निकायसँग समन्वय गरि बिभिन्न ठाउँमा शिक्षामूलक कार्यक्रम गर्नु पर्ने देखिन्छ । साथै अनिबार्य स्वास्थ्य परिक्षण गराउनु पर्ने कानुनी बाध्यताको पालना र स्वास्थ्य परिक्षण गर्ने ब्यवस्था गराउनु पर्छ । बिज्ञहरुसँग परामर्श गरि त्ँ तयार गरि मानसिक तनाब र एक्लोपन कम गर्न आत्मग्लानि जस्ता कारणले हुने आत्महत्या बिरुद्घ समाजिक अभियान चलाउनु पर्छ ।

 

प्रसंग बदलौं, कोरिया कसरी आउनुभयो ?

 

धेरै नेपालीहरु जस्तै म पनि मजदुर भएर कोरिया प्रवेश गरेको हुँ । तत्कालिन अबस्थामा केहि मेनपावरहरुले कोरिया पठाउने गरेका थिए । म औधोगिक प्रक्षिक्षर्थिको रुपमा कोरिया आएको थिएँ ।

 

सुरुका दिनहरुमा कोरियामा के कस्तो संर्घष गर्नुभयो ? अहिले कस्तो लाग्छ ?
एक मजदुरदेखि सुरु गरेको कोरियन जीवनमा धेरै दुखकष्टसँग सामना गरियो । एक बिदेशी भएर बिदेशीको अधिकारको लागि लागि पर्दा धैरै अपमान र कानुनी ब्यबधान खेप्नुपरेको थियो । अहिले धेरै कोरियन मिडिया र सामाजिक संघसस्ंथा, राजनैतिक पार्टिहरुबाट मेरो कामको मुल्याङ्कन गरि स्थान दिएको महसुस गरेको छु । र, मलाई बिश्वास छ कोरियास्थित नेपाली समाजले पनि मैंले कोरियामा नेपालीहरुको लागि गरेको काम र सेवाको कदर गर्दै सहि मुल्याङ्कन गर्नु हुनेछ ।

 

हाल, कुन कुन संस्थामा आबद्ध रहेर काम गर्नु गर्दै हुनुहुन्छ ?

 

अहिलेसम्म धेरै नेपाली सस्ंथाहरुले सल्लाकारका रुपमा राख्नुभएको छ । बिशेषत म बिगत १२ बर्षदेखि माइग्रेन्ट सेन्टरहरुमा काम गरिरहेको छु । हाल किम्हे माइग्रेन्ट हाउस जुन कोरियाकै पहिलो प्रबासीहरुको सामाजिक संस्था हो यसको अध्यक्ष छु जहाँ नेपालीहरुको नै बाहुल्यता छ । त्यस्तै ख्यङनाम धामुन्हा(बहुसाँस्कृतिक परिवार सहायता केन्द्र) यन्देको अध्यक्ष छु । र हालको प्रमुख प्रतिपक्षि पार्टिको ख्यङनाम धामुन्हा उपसमितिको सभापतिको रुपमा कोरियास्थित प्रवासीहरुको हक हितको लागि काम गर्दै आएको छु । स्मरण रहोस्, म कुनै पनि नाफामूलक ब्यबसायमा संलग्न छैन र हुने पनि छैन ।

 

नेपाल कहिले फर्किनुहुन्छ ?

 

म कोरियामा रहुन्जेल धामुन्हा भेदभाब रहित कोरियन समाज बनाउने मेरो सामाजिक अभियान हो र मेरो लक्ष पनि यहि हो । संधै कोरियामै बस्नुपर्छ भन्ने छैन । निश्चित समय पछि नेपाल फर्कने मेरो ईच्छा छ ।

 

नेपाल र नेपालीको लागि पुर्याउनु भएको योगदान ?

 

म एक सामाजिक अभियन्ता भएकोले नेपाल र नेपालीको सामाजिक स्तर उकास्नको लागि कोरिया स्थित सामाजिक संघसंस्थाहरुसँग हातेमालो गर्दै नेपालको शिक्षा क्षेत्रको बिकासको लागि स्कुल निर्माणमा बिशेस ध्यान दिएको छु । हालसम्म मकवानपुर, नवलपरासी, नुवाकोट, झापामा गरी आठवटा स्कुल र काभ्रेमा एक स्कुल भवन निर्माणको तयारी भईरहेको छ । हरेकबर्ष एक स्कुल वा पुस्तकालयको लक्ष अनुसार गरिरहेको छु । त्यस्तै भुकम्प पिडित राहत कोषको स्थापना गरि त्यस माफर्त तत्काल राहत र दिर्घकालिन निर्माणका योजनाहरु भई रहेका छन् ।

 

त्यस्तै कोरियामा कम्पनीले अवैधानिक बनाएका नेपालीहरुलाई बैधानिक बनाउने, एयरपोर्टबाट छिर्न नदिएर १५ दिनसम्म इन्छन इमिग्रेसनमा थुनिएकालाई निकालेर ल्याउने जस्ता कामका साथै विभिन्न समस्यामा परेका प्रवासीहरुको सेवा लागिराखेको छु । किम्हे माइग्रेन्ट हाउसमा सेल्टर र सहयोग केन्द्र, भाषा कक्षा, मेडिकल चेकअप नियमित संचालनमा छ । गत बर्ष मात्र ५सय ५२ जनाले सेल्टर प्रयोग गर्नु भयो र करिब ११ करोड वन नपाएको तलब, उपदान उठाएको थियो । प्रति बर्ष हजार भन्दा बढि नेपालीहरुलाई परामर्श र कानुनी सल्लाह, स्वास्थ्य उपचारमा सहयोग गरेको रेकर्ड छ । यतिमात्र नभई कोरियामा नेपाल र नेपालीको कला र संस्कृतिलाई चिनाउन तथा परम्परागत चाडपर्वहरु मनाउन बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएका छौं । आगामि दिनहरुमा पनि अझ ब्यवस्थित गर्दै जाने योजना छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...