Advertisement
SKIP THIS

श्रम मन्त्री गुरुङले जब कामदारसंगै खाना खाए


सोल- श्रम तथा रोजगार राज्य मन्त्री टेकबहादुर गुरुङ बुधबार बिहान ७.१० बजे इन्च्छन बिमान स्थलमा ओर्लिनु पर्ने भए पनि डिले भएकाले ७ .४० तिर ओर्लिए | बिमानस्थलमा चेकिङपछि बाहिर निस्कंदा १० बजिसकेको थियो | उनि मलेसियाबाट कोरिया आएका हुन् | बिमानस्थलमा कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामा,श्रम सहचारी अनिल गुरुङ लगायतले स्वागत गरे | विमानस्थलमै एकैछिन सन्चो बिसन्चोको कुरा हुँदा नहुँदै बिहानको ११ त्यहि बज्यो |

 

 

केहीछिनको कुराकानीपछि मन्त्री गुरुङसहितको प्रतिनीधि मण्डलका लागि तयार गरिएको गाडी अघि बढ्यो | भ्रमण मण्डललाई लिएर बढेको गाडी धेरैले कुनै तारे होटलतिर मोडीएला भनेर सोचेका थिए तर त्यो सोचाई गलत साबित भयो बरु ख्यंगीदो आनसङतिर मोडियो | करिब १ घण्टाको यात्रापछि गाडी एउटा कम्पनीको कम्पाउण्ड भित्र छिर्यो |

 

 

त्यो कम्पनि थियो ख्यंगीदो आनसङमा रहेको फर्सिस | यो फर्निचर कम्पनि हो | त्यहाँ २२ जना नेपाली कामदार कार्यरत छन | मन्त्री गुरुङ प्रवेश गरेका बेला नेपाली कामदारहरु आफ्नै ड्युटीमा खटिएका थिए | मन्त्रीले नेपाली कामदारको सीप मिहेनत आफै हेरे | काम गार्हो सार्हो सन्चो बिसन्चो सोधे |फर्निचर कम्पनिको सबै प्रबिधि हेरे |

 

mantri5

मन्त्री गुरुङले नेपाली कामदारको माग वा समस्याहरु सोधे | एक जना कामदारले ‘आफ्नो परिवारले बेला बेला घुम्न आउन पाउने व्यवस्था गरिदिनु पर्यो मन्त्री ज्यु’ भनेर माग राखे |उनको माग ठिकै पनि थियो | कम्पनि ग्यारेन्टी बसे परिवार घुम्न आउन पाउने व्यवस्था गर्न जरुरि पनि छ |

 

 

नेपाली कामदारसंग दुखम सुखम गफ गर्दागर्दै खाना खाने समय भयो | नेपाली कामदारहरु काम सकेर खाना खाने तयारी गर्दै थिए | मन्त्रि गुरुङसंग कम्पनी साहु मेनेजर थिए | कामदारसंगै सिक्ताङमै बसेर मन्त्री गुरुङ,साहु र मेनेजरले संगै कोरियन खाना खाए |

 

 

खाना खाएपछि कम्पनि मेनेजरले कम्पनीबारे छोटो प्रेजेन्टेसन प्रस्तुत गरे | उनले नेपाली कामदारको मिहेनत र इमान्दारिताको प्रसंसा गरे | करिब ३ घण्टापछी मन्त्री गुरुङको टोली कम्पनिबाट बाहिर निस्कियो | यसको सबै चाँजो श्रम सहचारी अनिल गुरुङले मिलाएका थिए |

mantre1

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...