एमए पढिरहेका डुम्रेलाई सहयोग आवश्यक
सोल- दुवै मृगौला खराब भइ भारतमा उपचाररत पेलाकोट ५ स्याङ्गजाका दयाराम डुम्रेको परिवारले दक्षिण कोरियामा रहने नेपालीहरुमा आर्थिक सहयोगको अनुनय गरेका छन । २५ बर्षिय डुम्रे बिगत १४ महिना देखि उपचाररत छन् ।
शिक्षण अस्पताल महाराजगंज काठमाडौंमा आठ महिनासम्म डायलोसिस उपचार पछि मृगौला प्रत्यारोपणका लागि हाल कलकत्तामा उपचाररत छन । नेपालमा परिवारका सदस्यबाट मृगौला दिन सम्भव नभएकोले भारत लगिएको हो ।
उनको परिवारले आर्थिक अवस्था नाजुक हुदा कोरियामा रहने नेपाली समक्ष सहयोगको अपिल गरेका छन् । जायजेथा सबै बेचेरपनि मृगौला प्रत्यारोपणका लागि रकम अपुग भएको डुम्रेका छिमेकी साथी युबराज भट्टराईले जानकारी गराए ।
मृगौला प्रत्यारोपणका लागि २० लाख खर्च आवश्यक पर्नेमा ६ लाख रुपयाँ अपुग भइ प्रत्यारोपण कार्य रोकिएको छ । स्नातकोत्तर तह(एम ए ) मा बुटवलमा अध्ययन गर्दै गरेका डुम्रे परिवारका जेठो सन्तान हुन् । कोरियामा रहेका नेपाली साथीहरुले सक्दो सहयोग गरि उनको जीवन बचाईदिन भट्टराईले सबैमा अनुरोध गरेका छन् ।
दयाराम डुम्रेको उपचारका लागि सहयोग गर्ने साथीहरुले तल दिइएको बैंक खातामा रकम जम्मा गरिदिन अनुरोध गरिएको छ ।
युबराज भट्टराई संपर्क नम्बर -01059422353
BHATTTRAI YUBRAJ ,
NH BANK CODE 011
AC NUMBER -3020740847211