दोश्रो भूपी सेरचन स्मृति कप तारा खेल सम्पन्न, छन्याल परिवार बिजयी


सोल
थकाली जातीको महान पर्व तोरन्ल्हको उपलक्ष्यमा थकाली सेवा समाज दक्षिण कोरियाले आयोजनाको गरेको दोश्रो भूपी सेरचन स्मृति कप तारा खेल प्रतियोगिता भब्यताको साथ सम्पन्न भएको छ । राजधानी सउलको मोकदोङ आर्चरी ट्रेनिङ सेन्टरमा सम्पन्न प्रतियोगितामा १२ टीमका ४८ जना खेलाडीहरुले समूहगत तथा सिंगल तर्फ प्रतिष्पर्धा गरेका थिए । गत साल आयोजित प्रथम भूपी सेरचन स्मृति कप तारा खेल प्रतियोगितामा २४ जना खेलाडीहरुले सहभागिता जनाएकोमा यसपालीको आयोनामा ४८ जना खेलाडीहरुले प्रतिष्पर्धा गरेका हुन । प्रतियोगितामा थकाली सेवा समाज ए र बी, म्याग्दी मोना ए र बी, छन्त्याल परिवार ए, बी र सी,पुन समाज, बाग्लुङ तमान टीम, म्याग्दी जुग्जा टीम,मनाङ परिवार र स्वतन्त्र टीम गरि १२ टीमको सहभागिता रहेको थियो । ८ राउण्ड खेल र २५ मिटर दूरीमा खेलाईएको प्रतयोगितामा छन्त्याल परिवार बी टीमले ३३६ अंक प्राप्त गर्दै नगद ६ लाख वन सहित दोश्रो भूपी सेरचन स्मृति कप चुम्न सफल भएको छ । गत साल बिजेता म्याग्दी मोना र म्याग्दी जुग्जा टीमको २२७ अंक बराबरी भएपछि दुबै टीमका टीम क्याप्टेनलाई दुई दुई सर हान्ने मौका दिईएको थियो । सो खेलमा म्याग्दी जुग्जा टीमले, म्याग्दी मोना कोरियालाई पछि पार्दै दोश्रो स्थान हात पार्यो । बिजेता टिमले नगद ३ लाख ५० हजार वन हात पार्यो । त्यस्तै सिंगल तर्फ छन्याल परिवारका राजन छन्त्यालले प्रथम स्थान र म्याग्दी जुग्जा टीमका बुद्दी सेरचनले दोश्रो स्थान हांशिल गरे । सिंगल तर्फका प्रथम र द्दितिय हुने खेलाडीहरुले क्रमशः कप, नगद र प्रमाण पत्र हात पारेका छन । त्यस्तै प्रतियोगिता भर ७ जना खेलाडीहरुले ८ खोल हान्न सफल भई प्रति खोल १ लाख ६० हजार वन सहित थकाली चेलीबेटीहरुले थकाली संस्कार अनुसार केल्स्याङ गरेका थिए । प्रतियोगितामा थसेस कोरियाका अध्यक्ष भरत तुलाचनको सभापतित्व र नेपाल आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष चित्र बहादुर मोक्तानको प्रमुख आतिथ्य रहेको थियो भने बिशेष अतिथिहरुमा थसेस संरक्षक भक्त सेरचन, एन आर एन कोरियाका कावा अध्यक्ष ओम जुग्जाली,एन सि सी बरिष्ठ उपाध्यक्ष अन्जु केसी, नेपाल मगर संघका अध्यक्ष खड्ग थापा मगर, राप्ती सम्पर्क मंचका अध्यक्ष बीर कुमार वली नुवाकोट समाजका अध्यक्ष सोम तामाङ रहेका थिए । तारा खेल प्रेमीहरुको बाक्लो उपस्थितिमा दिउसो १ बजे देखि सुरु भएको प्रतियोगिता पुजा थकाली भन्साले बनाएको थकाली परिकारहरु खाँदै समापन भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...