Advertisement
SKIP THIS

कोरियामा दिपक पुन मजदुर देखि व्यवसायीसम्म


 

 

 

दिपक पुन कोरियामा नौलो नाम होईन | बिभिन्न संघ संस्थामा आवद्ध रहेर समाज सेवामा सक्रिय रहदै आएका पुनको भिजनवाट प्रेरित भएर नयाँ नेपाल हाउस बनाउनको निम्ति १० करोड वन संकलन गर्ने अभियान शुरु गरिएको थियो | संकलन अभियान थाल्दा कतिले १० करोड उठेछ भने त मा कान काट्छु भनेको उनलाई हिजै जस्तै लाग्छ |

 

 

कुनै पनि काम स्वच्छ आत्मा र तन, मन दिएर गर्न सके सफल भईने उनको बुझाई छ | सन २००९ मा ईपिएस मार्फत कोरिया आएका पुन अहिले सफल व्यवसायी रुपमा चिनिन्छन | उनको सोल स्थित दोङदेमुनमा उनको रेस्टुरेन्ट , ट्राभल , कार्गो सेवाको साथमा बैधानिक रुपमा पैसा पठाउन लागि केएमई रेमिट ( कोरिया मनी एक्प्रेस) संचालित छ |

 

 

२०१४ मा व्यवसाय भिसा बनाएका पुनले भिसा चेन्ज गर्ने प्रक्रिया केही झन्झटिलो रहेको पनि सुनाए | ईपिएसवाट कोरिया आएका नेपाली मजदुरका थुप्रै समस्या दु:ख देखेका र स्वयमले भोगेका छन् | समस्या र दु:खमा परेका नेपालीहरुलाई प्रत्यक्ष भेटेर सहयोग गर्दै सकेको पहल पनि गर्दै आएका उनले भाबुक हुदै भने औधोगिक क्षेत्रमा भन्दा कृषि क्षेत्रमा बदि समस्या रहेको बताउछन |
स्पष्ट बक्ताका रुपमा चिनिने पुन नेपाल सरकारले लगानी मैत्री नीति तथा योजना ल्याए कोरियामा भएका नेपालीहरुले मनोरेल , केबुलकार जस्ता महत्वाकांक्षी प्रोजेक्ट लिएर जान सकिने धारणा राख्छन | राष्ट्र बैक र नेपाल सरकारले पोलिसी नल्याएसम्म कोरियामा फस्टाई रहेको हुण्डी संजाल नरोकिने उनको बुझाई छ |

 

 

नेपालमा संबिधान बनेर बन्द , हडताल रोकिने हो भने पर्यटन सेक्टरमा अझै ठुलो लगानी सम्भावना देखेका पुनले स्थायी रुपमा शान्ति आएमा पर्यटन , हाईड्रो , आधुनिक कृषि सेक्टरले नेपालको आर्थिक कायापलट हुने बताउछन | हामी अनेकौ सम्पदाले भरिपुर्ण छौ तर युटिलाईज गर्न नसक्नु र अस्थिर राजनीति गर्दा लाखौ युवा विदेशमा श्रम बेच्न बाध्य भएको उनको ठम्याई छ |

 

 

 

 

11880813_10207684599018829_2123891860_n

 

 

 

नेपालमा संबिधान बनेर स्थिर सरकार बन्ने हो बने देश बिकास गर्न धेरै समय नलाग्ने तर नेपालमा त्यस्तो दुरदर्शी नेताको कमी देख्छन उनि | भावी योजना के छ त भने प्रश्न गर्दा चालीसौ बसन्त पार गरे पछि पूर्ण त समाज सेवामा लाग्ने उनको प्रण रहेको बताईरहदा अलि भाबुक देखिए |

 

 

कोरिया आउदा जे सोचेर आईन्छ सोचे जस्तो नहुने उनको भोगाई रहेकोले अब कोरिया आउन चाहने युवाहरुले पनि कोरियामा म काम गर्न जादैछु भन्ने बलियो मनस्थिति बनाएर आउन सुझाव दिदै सास्कृतिक र भाषिक ज्ञानमा पनि उत्तिकै दख्खल राखेर आए कोरियाको बसाई सहज हुने सुझाउछन |

 

 

नेपाल फर्के पछि कुन सेक्टरमा लगानी गर्दा ठिक होला भन्ने प्रश्नमा पुन भन्छन लगानी कुन सेक्टर गर्ने भन्दा पनि आफुलाई कुन बिषयमा ज्ञान , सीप , चाख छ त्यहि सेक्टरमा लगानी गर्न उपयुक्त हुने बताउछन | अहिले नेपालमा सबै सेक्टर लगानी गर्न खुला रहेको आफुसंग भएको पुजी, दक्षता , बजारको विश्लेषण गरेर लगानी गरे सफल भईने पुनको बुझाई र सुझाव रहेको छ |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...