Advertisement
SKIP THIS

छुसकमा ओखलढुंगा सेवा समाजको अर्धवार्षिक भेला हुने


सोल- ओखलढुंगा सेवा समाज दक्षिण कोरियाले नजिकै आइरहेको कोरियन पर्व छुसकको अवसरमा अर्धवार्षिक भेला सहित दिवा भोज तथा मनोरन्जनात्मक कार्यक्रम योजना गर्ने भएको छ |

 

 

यहि अगस्त ९ तारिख कोरियाको थेगुस्थित बालाजी रेस्टुरेन्टमा समाजको संरक्षकद्वय बाबुराम गुरुङ तथा विजय राईको उपस्थितिमा समाजका अध्यक्षमान सिंह गुरुङको अध्यक्ष्यतामा बसेको कार्यसमितिको बैठकले अन्य विविध विषय सहित उक्त निर्णय गरेको हो |

 

 

बैठकमा समाजले कोरियाको विभिन्न शहरमा प्रदर्शन गरेको नेपाली चलचित्र रेशम फिलिलिको समिक्षा समेत गरिएको थियो | नेपालमा गएको भूकम्प र कोरियामा देखा परेको संक्रामक रोग मर्सको वावजुद पनि समाजले कोरियाको बिभिन्न ५ शहरमा उक्त चलचित्र प्रदर्शन गरेको थियो | मे ३ को थेगुमा भएको पहिलो प्रदर्शनीबाट समाजले प्राप्त मुनाफा मध्य १६,१६,६६६ वन कोरियाको नेपाली राजदुतावास मार्फत प्रधानमन्त्री भूकम्प पिडित राहतकोषमा जम्मा गरेको थियो भने समाजको आव्हानमा जिल्लावासीहरुले कोरियामा संकलन गरेको नेरु २,७५,००० भूकम्प मा परि ज्यान गुमाएका ओखलढुंगाका १९ परिवारलाई राहत स्वरूप प्रदान गरिएको थियो |

 

 

बैठकले चलचित्र प्रदर्शनको दौरान भएको सानातिना कमजोरीहरुको वावजुद पनि उक्त चलचित्र सफल प्रदर्शन भएको ठहर गरेको छ | जान अन्जानमा हुन गएका कमि कमजोरीहरुबाट पाठ सिक्दै आगमी दिनहरुमा सच्याउदै जाने र उक्त चलचित्रको प्रदर्शन सफल पार्न सहयोग गर्नु हुने कोरियावासी सम्पूर्ण संघ, सस्था तथा दर्शकहरुलाई समाजले हार्दिक धन्यवाद पनि ज्ञापन गरेको छ |

 

 

यसै गरि समाजको आव्हानमा संकलन गरेको भूकम्प पिडित राहत कोषमा सहयोग गर्नु हुने सम्पूर्ण जिल्ल्वासिहरुलाई पनि धन्यवाद दिएको छ भने एनसीसी को १५ औ अधिवेशनबाट सदस्य पदमा निर्वाचीत भएका समाजका सल्लाहकार सन्तोष दाहाललाई पनि सफल कार्यकालको कामना गर्दै वधाई प्रदान गरेको छ |

 

 

आगमी छुसकको पहिलो दिन सेप्टेम्वर २६ को दिन थेगुको वेगनमा रहेको नेपाली पसल तथा एभरेस्ट भान्छा घरमा जिल्लावासीहरुवीच समाजको अर्धवार्षिक भेला गरिनेछ | उक्त दिन नव आगन्तुक जिल्लावासीहरुलाई स्वागत गरिनुका साथै समाजले अहिले सम्म भए गरेका प्रगति विवरण तथा आय व्ययको प्रतिवेदन प्रस्तुत गरिनेछ |यसै गरि समाजले आगमी दिनहरुको कार्य योजना तथा कार्यसमितिले प्रस्ताव गरेको विविध विषयहरुमा सामुहिक छलफल गरि निर्णय लिइनेछ | उक्त दिन कोरियामा रहनु भएका सम्पूर्ण ओखलढुंगावासीहरुलाई अनिवार्य उपशितिको लागि समेत समाजले अपिल गरेको छ |

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...