Advertisement
SKIP THIS

क्यानडाको क्रिमोर भर्टिकल च्यालेन्जमा कान्छीमाया प्रथम


ल्हडुप मोक्तान
क्यानाडा  नेपालकी महिला धावक कान्छीमाया कोजूले क्यानडाको क्रिमोर भर्टिकल च्यालेन्जको अल्ट्रा सिरिजमा महिलातर्फ पहिलो हुदैं नयाँ रेकर्ड कायम गरेकी छिन् । गत शनिबार सम्पन्न २५ किलोमिटरको दौडमा ५३ अन्य महिला सहभागीलाई पछि पार्दै उनी पहिलो भएकी हुन् ।
उकालो ओरालो हुँदै अप्ठ्यारो बाटो पार गर्नु पर्ने भएकोले निकै कठिन दौड मानिने भर्टिकल च्यालेन्जको २५ किलो मिटरको दूरी उनले २ घन्टा ५२ सेकेन्डमा पार गरेकी थिइन् । यसअघि यो दुरी चन्तल वरिनरले दुई घन्टा ९ मिनेट ३६ सेकेन्डमा पार गरेको रेकर्ड थियो । कोजुलाई पछ्याउदै मेगान डफीले २ घन्टा ३ मिनेट ३५ सेकेन्डमा दौड पुरा गरी दोस्रो भइन् । केल्ली रुपोलीले २ घन्टा १० मिनेट ३४ सेकेन्डमा उक्त दुरी पार गरेर तेस्रो भइन् ।
अगस्ट ८ मा क्यानडाको टोरोन्टोस्थित क्रिमोरमा भएको उक्त क्रिमोर च्यालेन्जमा ५० किलोमिटर, ५० किलोमिटर, ७५ किलोमिटरको ट्रेल सिरिज गरी तीन सिरिज दौड थियो । अल्ट्रा म्याराथुनमा पुरूष र महिला गरी १२५ जना सहभागी थिए । उक्त खेलमा क्यानाडा निवासी नेपाली मूलका मधु मोक्तानले ५० किलोमिटर दौड पुरा गरेकी थिइन् ।
त्यसैगरी सञ्जीव मोक्तान र डेरिक मोक्तानले २५ किलोमिटर दौड पुरा गरेका थिए । केहि समय अघि नेपालबाट क्यानाडा आएकी धावक कोजुले जुलाई १९ मा ओन्तरियमा सम्पन्न नर्थ फेश ईन्दुरन्स च्यालेन्जको १० किलोमिटर दूरीको दौडमा पनि तेस्रो स्थान हासिल गरेकी थिइन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...