कोरियामा एक नेपालीको मृत्यु
सोल- दक्षिण कोरियामा रोजगारी गर्न आएका एक नेपाली मृत अवस्थामा फेला परेका छन् | उईजङबो दोङदुछनमा रहेको सेरिम नामक टेक्सटायल कम्पनीमा कार्यरत नवलपरासी बडेराका बीरेन्द्रप्रसाद चौधरी आफ्नै कोठामा मृत भेटिएका हुन् |
सो कम्पनीमा काम गर्ने स्याङ्जाका हरिप्रसाद अधिकारीका अनुसार ईपीएसबाट आएका चौधरी ४५ दिन अघि सो कम्पनीमा आएका थिए | उनि कम्पनि बाहिर नीजी कोठा लिएर बसेका थिए | अधिकारीका अनुसार आइतबार कम्पनीका साथीहरुसंग संगै खाना खाएर आफ्नो कोठामा गएका थिए | चौधरी ईपीएसको पहिलो कार्यअवधि सकेर अबैधानिक रुपमा बस्दै आएका थिए |
अन्दाजी ४२ बर्षका चौधरीलाई बुधबार बिहान घर साहुनीले मृत अवस्थामा फेला पारेर कम्पनीमा खबर गरेकी थिइन् | घटनाबारे सोलस्थित नेपाली दूताबासलाई जानकारी गराएको र चौधरीको घर परिवारलाई संपर्क गर्ने प्रयास भइरहेको पनि अधिकारीले बताए |
उक्त कम्पनीमा अरु ११ नेपाली कार्यरत छन् | बिस्तृत समाचारको लागि फोनिज कोरिया डटकम हेर्दै गर्नु होला |