Advertisement
SKIP THIS

हुण्डी अन्त्य गर्नेलाई एनआरएन जिम्मा देउ


सोल-दक्षिण कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले हुण्डी प्रथाको अन्त्य गर्छु भनेर प्रतिबद्धता जनाउनेलाई एनआरएन कोरियाको नेतृत्व दिनुपर्ने बताएका छन् | २१ औ बिश्व आदिबासी दिबस अवसरमा शुभकामना मन्तब्य दिंदै राजदूत लामाले सोकुरा बताएका हुन् |

 

‘बिश्वका आदिबासी एक हौँ, हाम्रो प्रतिबदता र निरन्तरता अभियान , पहिचान सहितको संघियता, संघियता सहितको नयाँ संविधान’ भन्ने मूल नाराको साथमा मनाइएको आदिबासी जनजाती दिबशलाई सम्बोधन गर्दै राजदूत लामाले जनजातिहरुले बर्षको १ दिनमात्रै जातिय पोशाक लगाएर कार्यक्रम गरेर मात्रै नहुने बताउदै दैनिक जिबनमा र ब्यबहारमा पनि लागु हुनुपर्ने बताए l

 

 

नेपालको राजनीति ईन्गीत गर्दै राजदूत लामाले भने ‘हामी जनताले नै गलत नेतृत्व चुनेको छौं, उनीहरुबाट परिबर्तनको आशा राखनु बेकार छ |’

 

त्यस्तै सोलस्थित नेपाली दूताबासका श्रम सहचारी अनिल गुरुङले जबसम्म एकै परिवारका सदस्यबीच सामाजिक, आर्थिक भिन्नता र असमानता हुन्छ तबसम्म कहिले पनि राज्यमा समानता हुन नसक्ने बताउदै सर्बप्रथम व्यक्ति आफै उठ्नु पर्ने अनि घर परिवार उठाउदै, समाज उठाउदै अघि बढेमा देशमा रहेको हरेक जात जाति भाषा भाषी धर्म संस्कृतिको आँफै बिकाश हुने बताए l

 

 

एनआरएन कोरियाका अध्यक्ष बिनोद कुवरले सम्पूर्ण जातजाति एक भै मिलेर बसी एक अर्काको अधिकार खोसिएमा सबैले आवाज उठाउनु पर्ने कुरामा जोड दिए

 

 

येसैगरि शुभकामान मन्तब्य राख्दै थकाली सेवा समाज कोरियाका अध्यक्ष भरत तुलाचनले जनजाती बीच नै अबसरबादी, खुट्टा तान्ने प्रवृति र फुट भएको बताउदै सम्पूर्ण जनजाती एक भएर आवाज बुलन्द गर्नुपर्ने कुरा बताए l

 

 

शुभकामना मन्तब्य राख्दै भुजेल समाजका अध्यक्ष ठाकुर भुजेलले अहिले संसार भरिका आदिबासी जनजातीहरु अधिकारको निम्ति लड्ने सुरुवातीको दिन भएको बताउदै धर्म र जातीय बहुल्याताको आधारमा कुनै क्षेत्र, प्रान्तको नामकरण गर्ने सकिने तर सिंगो राज्यलाई हिन्दु राज्य घोषणा गरे देशमा गृह र धर्म युद्ध हुने खतरा औल्याउदै धर्म निरपेक्ष नेपाल हुनु पर्ने कुरामा जोड दिए l

janja1

 

राज्यको काम कर्तब्य अधिकार भनेको सम्पूर्ण जनतालाई समान हक अधिकार दिएर विदेश पलायन भएका युवा शक्तिलाई रोकी स्वरोजगार बनाई देश निर्माणमा लगाउनुपर्ने बताए l

 

 

त्यस्तै तामांङ संघका अध्यक्ष देबसिङ तामाङले २०४ बर्ष सम्म तामाङहरुलाई सैनिकमा समेत भर्ना नलिएको इतिहास रहको बताउदै राज्यले पनि तामाङ जाति अझ बढी उत्पीडित र शोषण गरेकोले अब दिनमा चुप लागेर बस्न नहुने बताए l

janja2

 

शुभकामना मन्तब्य राख्दै जातीय संघ संस्थाहरुले जनजाती महासंघले सबैलाई समेट्न नसकेको र केहि गतिबिधि सुस्त देखिएको आलोचना समेत गरेका थिए l कार्यक्रमका सभापति तथा जनजाती महासंघ द. कोरियाका अध्यक्ष भक्त शेरचनले कार्यक्रमको अन्तमा बोल्दै आदिबासी जनाजतिहरु एक भै अगाडी बढ्नुपर्ने बताउदै आगामी दिनहरुमा महासंघमा भएको कमी कमजोरीलाई हटाउने बताए l

 

 

महासंघका महासचिब यम श्रीस मगरले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तब्य राख्दै जनजाती महासंघका उपाध्यक्ष चित्रबहादुर मोक्तानले राज्यले जनजातीहरुलाई पछाडी पार्ने काम भएको र बिश्वमा आज आदिबासी जनजाती दिबस हर्ष उल्लासको साथमा मनाइ रहदा नेपालमा भने आन्दोलन गरेर सडकमा मनाउनु पर्ने बाध्यता भएको बताए l

 

janja

कार्यक्रमका प्रमुख अतिथि महामहिम राजदुत कमान सिङ लामाले मैन बत्ति बाली कार्यक्रमको उद्घाटन गरेका थिए l उक्त कार्यक्रममा बिभिन्न जात जातिहरुको पोशाक प्रदर्शन गरिएको थियो l पोशाक प्रदर्शन गर्ने जातिय संस्था हरुमा नेपाल मगर संघ, थकाली सेवा समाज, नेपाल तामांग संघ, किरात राई यायोख्या, किरात याक्थुम चुम्लुंग, तमुधि द. कोरिया, छन्त्याल परिवार र भुजेल सेवा समाज कोरिया रहेका थिए l

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • कोरियामा रसुवा समाज स्थापना
  • दक्षिण कोरियामा १० दिन देखि लागेको आगो अझै नियन्त्रण भएन, ३० जनाको मृत्यु
  • ‘कोरिया सन्देश ‘ जर्नल विमोचन, समारोहमा कस्ले के के भने?
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...