Advertisement
SKIP THIS

चक्कु प्रहार गरेर दुबइमा नेपालीले गरे आफ्नै साथीको हत्या


सोल-कोरियामा एक नेपालीले संगै सुतेको साथीलाई चिर्पट प्रहार  गरेर हत्या गरेको दुई हप्ता नपुग्दै संयुत्त अरब एमिरेट्स यूएइको दुबइमा एक नेपालीले अर्का नेपालीलाई चक्कु प्रहार गरेर हत्या गरेको उज्यालो अनलाइन समाचारमा जनाइएको छ |

 

रोजगारी गर्न त्यहाँ गएका देबचुली १ नवलपरासीका रामबाहादुर लामाको चक्कु प्रहारबाट गएको शुक्रबार राती ज्यान गएको हो ।

 

दुबइमा रहेको अल ओबेत क्युविसी कम्पनीमा ४ बर्ष पहिलेदेखि कार्यरत लामाको सोही कम्पनीमा सँगै काम गर्ने झापाका महेश उप्रेती (नाम परिवर्तन)ले चक्कु प्रहार गरेर हत्या गरेका हुन् । शुक्रबार यूएइको सार्वजनिक छुट्टीमा कम्पनीकै मजदुर क्याम्पमा जाँडरक्सी खाएपछि भएको सामान्य झगडाले उग्र रुप लिंदा नेपालीले चलाएको छुरी लागेर अर्का नेपालीको ज्यान गएको कम्पनीमा सगैं कार्यरत ओम लामाले जानकारी दिए ।

 

घटनामा संलग्न भएको आरोपमा सोही कम्पनीमा कार्यरत अन्य ६ जना नेपालीलाई प्रहरीले शुक्रबार राती नै अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । साथीहरुबीच सामान्य बिषयमा विवाद भएको तथा आफ्नो कुरामा सहमत नभएको भन्दै उप्रेतीले आवेशमा चक्कु प्रहार गर्दा लामाको पेट र शरीरका अन्य भागमा लागेको थियो ।

 

मृतक लामा र उनको हत्यामा आरोपित उप्रेती ४ वर्ष यता दुबइमा रहेको कम्पनीको मजदुर क्याम्पमा एउटै कोठामा बस्दै आएका थिए । कम्पनीमा ड्राइभर पेशामा कार्यरत मृतक लामा र हत्या आरोपित उप्रेती पहिले निकै मिलनसार भएकाले आफ्नै सहकर्मीले यसरी हत्या समेत गर्न सक्ला भन्ने कल्पना पनि नगरेको सोही कम्पनीमा कार्यरत अन्य नेपालीहरु बताउँछन ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...