Advertisement
SKIP THIS

मिल्ती जलबिद्युत आयोजनाको प्रमाणपत्र अगस्ट २३ मा


सोल-सानो मिल्ती जलबिद्युत आयोजनाको शेयर प्रमाणपत्र अगस्ट २३ मा वितरण गरिने भएको छ | आयोजना प्रबर्द्धन गर्न स्थापना गरिएको सानो मिल्ती (एसएम) इन्भेस्टमेन्ट कम्पनीले शेयर होल्डरहरुलाई नगद रसिद सहित लगानीको प्रमाणपत्र वितरण गर्न लागेको हो |
 
कम्पनिका अनुसार प्रमाणपत्र अगस्ट २३ सोल ग्लोबल सेन्टरको चौथो तलामा वितरण गर्ने व्यवस्था मिलाइएको छ | प्रमाणपत्र लिन शेयर होल्डरले आवेदनसंग नाम ,थर र ठेगाना मिल्ने परिचय पत्र लिएर उपस्थित हुनु पर्ने जनाइएको छ |
 
रामेछापको फुलासी गाविसमा रहेको आयोजनाबाट ३ मेगावाट बिद्युत निकाल्ने लक्ष राखिएको छ | आयोजनामा लगानी गर्न कोरियामा रहेका नेपालीहरुले १९ करोड ५० लाख रुपैयाँको आवेदन आए पनि नेपालमा गएको विनाशकारी भूकम्पका कारण १२ करोड ४० लाख रुपैयाँमात्र संकलन भएको थियो |
 
 
यसैगरि काम तीब्र रुपमा भैरहेको कम्पनि आयोजना प्रमुख तेन्जी शेर्पाले बताए | शेर्पाका आनुसार प्राबिधिक, प्रशासनिक र इन्जीनियरीङको काम ९० प्रतिशत सकिएको छ | मनसुन सकिए लगत्तै कन्ट्रक्सनको काम शुरु गरिने छ | २ बर्षभित्र बिधुत उत्पादन गरिसक्ने लक्ष कम्पनीको छ |
शेयर प्रमाण-पत्र बितरण कार्यक्रम :-
मिति :- अगष्ट २३
स्थान :- सोल ग्लोबल सेन्टरको चौथो तल्ला |
जाने तरिका नम्बर लाइनको छोङगाक स्टेसनको नम्बर गेट अगाडी
समय दिनको ११ बजे ( अंग्रेजी समय )
बिस्तृत जानकारीको लागि :-
कपिल न्यौपाने -01059347429
हरि श्रेष्ठ -01048376525
देवेन्द्र सम्बाहाम्फे-01083576667
 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...