Advertisement
SKIP THIS

आफन्त नै ओसार्छन बालबालिका


सुर्खेत-गाउँको जानेबुझेको केटो, पटकपटक काठमाडौं गइरहन्थ्यो। राष्ट्रवादी एकता पार्टीको केन्द्रीय सदस्य, त्यत्तिमात्र होइन नातामा आफ्नै भतिज। परिवारभित्रकै भतिजप्रति उनले अविश्वास गर्ने कुरै भएन।

 

 

छोराहरूलाई काठमाडौं लगेर निःशुल्क पढाइ दिन्छु भनेपछि धैनकोट-९ मुगुका भीमबहादुर मल्लले पनि आँखा चिम्लेरै दुई छोरालाई भतिज धनमानसिंह मल्लको जिम्मा लगाए।गाउँमा सबैले नेता स्वीकारेका, बाठोटाठो र पढेलेखेका धनमानसिंहले काठमाडौंमा लगेर राम्रो शिक्षा दिने र ठूलो मान्छे बनाइदिने आश्वासन दिएपछि गाउँलेहरू पनि हौसिए।

 

 

विकट गाउँमा अभावसँगै रुमल्लिएका सन्तानले राजधानीमा पढ्न पाउने लोभमा गाउँलेहरूले छोराछोरीलाई धनमानसिंहको जिम्मा लगाइदिए। त्यत्तिमात्र होइन, काठमाडौंमा पढ्न पाउने भएपछि अभिभावकहरू आफ्ना छोराछोरीलाई पुर्‍याउन बाजुरासम्म पुगे। तर जब ती बालबालिकासहित धनमानसिंह सुर्खेतमा पक्राउ परे त्यसपछि मात्र धैनकोट मुगुका अभिभावक छाँगाबाट खसेजस्तै भए।

 

 

धनमानसिंहले पढाउन नभई अवैध कार्यमा लगाउन बालबालिका ओसार्न लागेको जानकारी उनीहरूले प्रहरीबाट पाए। सुर्खेत प्रहरीले काठमाडौं लैजाँदै गरेको अवस्थामा सुर्खेतको छ्रिन्चुबाट मुगुका ११ जना बालबालिकालाई उद्धार गरेपछि यसबारे रहस्य खुलेको हो।

 

 

अन्नपूर्ण दैनिकको समाचार अनुसार उद्धार गरिएका बालबालिकालाई जिल्ला बालकल्याण समिति सुर्खेतले अभिभावकको जिम्मा लगाएको छ। आफन्तले नै आफ्ना सन्तानलाई अवैध कार्यका लागि लैजान लागेको जानकारी प्रहरीबाट पाएपछि अभिभावकहरू पनि छक्क परे।

 

 

छोराछोरी लिन सुर्खेत आइपुगेका धैनकोटका भीमबहादुरले भने, ‘मेरा चार सन्तान छन्। दुई छोराले निःशुल्क पढ्न पाउने भए। दुई छोरालाई आफैं घरमा पढाइ हाल्छु भन्‍ने सोचेर भतिजको जिम्मा लगाएको थिएँ। बेच्न पो लगेको रहेछ।’

 

 

आफ्नै दाइको छोराले यस्तो गर्ला भन्ने उनले सोचेका पनि थिएनन्। उनी भन्छन्, ‘हामीबाट गल्ती भयो, अब कहिल्यै पनि छोराछोरीलाई अर्काको जिम्मा लगाएर पठाउने छैनौं।’ उद्धार गरिएका सबै बालबालिका १२ वर्षभन्दा मुनिका छन्।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गैर आवासिय नेपाली संघ दक्षिण कोरियाका महासचिव अजय सोडारी बर्खास्त
  • नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको प्रवास संगठनबीच एकिकरण
  • एभरेष्ट एफ सीद्वारा ‘एभरेष्ट कप ‘ आयोजना हुँदै
  • पूर्वी नेपाल समाजले दीपावली विशेष शुभकामना आदानप्रदान एवम देउसी भैलो आयोजना गर्दै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...