Advertisement
SKIP THIS

सहकारी संस्थैपिच्छे फरकफरक ब्याजदर


काठमाडौं-राजधानीको न्युरोडस्थित सहकारीहरूमा फरकफरक ब्याजदर देखेर राष्ट्रिय व्यापार संघका सहसचिव बैकुण्ठ दाहाल वाक्‍क छन्।
 
 
न्युरोडमा व्यापार व्यवसाय चलाउँदै आएका उनी यहाँका सहरकारीपिच्छे फरकफरक ब्याजदरले अलमलमा परेका हुन्। सहकारीबाट ऋण लिँदा र बचत गर्दा कायम गरिने फरकफरक ब्याजदरले उनलाई हैरान पारेको हो।
 
 
‘कारोबार गर्न सहकारीमा जान्छु, सहकारीपिच्छे फरकफरक ब्याजदर भेटिन्छ’, उनले भने, ‘यहाँ भएका सहकारीमध्ये कुनसँग कारोबार गर्दा फाइदा पुग्छ भन्ने पत्ता लगाउन सबै सहकारी चाहार्नुपर्ने भयो।’
 
 
राजधानीको केन्द्र न्युरोडमा रहेका सहकारी संस्थामा मात्रै होइन, देशभरका सहरकारी संस्थाको ब्याजदर फरकफरक छ। यसले कुन सहकारीसँग कारोबार गर्दा फाइदा पुग्छ भन्ने भेउ पाउन उपभोक्तालाई मुस्किल परेको छ। कतिपय सहकारीले सेवा शुल्कका नाममा अनेक विधिबाट रकम असुल्दा उपभोक्ता थप मारमा परेका छन्।
 
 
बचत गर्दा कम मात्रै ब्याज दिने र ऋण लिँदा चर्को ब्याजदर लिनाले उपभोक्ता थप मारमा छन्। कतिले त समुदायको हितको नाममा एक समूहको स्वार्थका लागि सहकारी खोल्ने र त्यसबाट नाफा कमाउने गरी सहकारी खोलेको पाइन्छ।
 
 
मुनाफाको भित्री उदेश्य राखेका यस्ता सहकारीले बचतमा कम ब्याज दिने र ऋण दिँदा चर्को ब्याज लिने गरेका छन्। हाल बचतमा बढीमा आठ प्रतिशतसम्म ब्याज दिने गरेका छन्। जबकी तिनै सहकारीले ऋण प्रवाह गर्दा चर्को ब्याज असुल्ने गरेको पाइन्छ।
 
 
कतिपय सहकारी संस्थाको त कार्यालयसम्म नभएको सहसचिव दाहाल बताउँछन् । त्यस्ता सहकारीले कतिबेला उठाएको पैसा बोकेर हिंड्ने हुन भन्ने चिन्ता उपभोक्तामा देखिन्छ।
 
 
सहकारी नियम अनुसार बचत र ऋणको ब्याजदरमा बढीमा ६ प्रतिशतसम्म फरक पार्न मिल्छ। बचतको ब्याजदर आठ प्रतिशत कायम गरे ऋण प्रवाहको ब्याजदर बढीमा १६ प्रतिशतसम्म मात्रै लिन पाइन्छ। तर, यो नियम लागू नभएको सहकारी सञ्चालक स्वयम स्वीकार्छन।
 
‘समुदायको नाममा केही समूहको नाफाको लागि काम गर्दा हामीजस्ता समुदायको हितको लागि काम गर्ने सहकारी पनि बदनाम हुनुपरेको छ’, उनीहरूको सामूहिक भनाइ छ, ‘यसकारण कडाइका साथ सहकारीको नियमन जरुरी छ।’
 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...