Advertisement
SKIP THIS

सुदूरपश्चिम समाजको क्षेत्रीय समितिमा ढाँट आए


सोल-सुदूर पश्चिम समाज, दक्षिण कोरियाको चौथो वुसान क्षेत्रिय भेला  अगस्त २ का दिन पीएमएफ बिल्डिङको सभाहलमा सुपबासीहरुको बाक्लो उपस्थितिका बिच नयाँ कार्य समिति चयनका साथ सम्पन्न भएको छ।

 

 

उक्त भेलाले नयाँ कार्य समितिका अध्यक्षमा बीरबहादुर ढाँट,उपाध्यक्षहरूमा जयराज जोशी र हंसराज रावल,सचिव गणेश भट्ट,सह-सचिव रूद्र भट्ट, कोषाध्यक्ष चन्द्र कार्की र सदस्यहरूमा बालकृष्ण बोहरा, डम्बरराज कलौनी,छत्र पनेरू, पदम चौधरी र डि.एन. भट्टलाई सर्वसम्मतिले चयन गरिएको जानकारी संस्थाका सचिव कमल बहादुर शाहीले दिनुभएको छ।

 

 

उक्त भेलामा एन.सि.सि. अध्यक्ष प्रेमकुमार शाहले प्रमुख अतिथिको रूपमा बोल्दै सुदूरपश्चिम समाजका हरेक सामाजिक अभियानमा आफूले आफ्नो व्यक्तिगत तर्फबाट र संस्थाको तर्फबाट समेत सहयोग गर्ने बताउँदै संस्थामा समस्या वा दु:ख पर्दा मात्रै आउने तर सुखमा मतलव नगर्ने प्रवृति देखिएकोमा चिन्ता व्यक्त गरी यसमा सबैलाई सचेत गराए।

 

 

यसैगरी विशिष्ट अतिथि एल.वि. विष्टले पनि वुसान क्षेत्रका नेपाली समुदायको समस्यामा आफूले सक्दो सहयोग गर्दै आएको अनुभव सुनाउँदै सुदूर पश्चिम समाजको अटूट सामाजिक अभियान सधैं जारी रहनुपर्नेमा जोड दिनुभएको थियो। यसैगरी भेलामा बोल्दै समाजका अध्यक्ष जीतेन्द्रसिंह महताले प्रवासमा समस्या बाजा बजाएर नआउने र जोसुकैलाई कुनैबेला पनि समस्या पर्न सक्ने भएकाले तिनको समाधानका लागि संस्था मात्रै निर्विकल्प रहेको बताउँदै कोरियामा कार्यरत सुदूरपश्चिमका सबै दाजुभाइ दिदीबहिनीहरूलाई समाजमा आवद्ध हुन आव्हान गरे।

 

 

 

कार्यक्रममा एन.आर.एन. वुसानका अध्यक्ष मुकुन्द सापकोटा, याङगसान परिवारका अध्यक्ष नवराज वाग्ले,जनसम्पर्क समिति बुसान क्षेत्रीय कमिटीका सभापति रोशन शर्मा पौडेल लगायत सबै अतिथि वक्ताहरूले सुदूरपश्चिम समाजले नेपाल र नेपाली समुदायको सेवाको क्षेत्रमा पुर्याएको सामाजिक योगदानको मुक्त कण्ठले प्रशंसा गरेका थिए। कार्यक्रममा उपाध्यक्ष लालबहादुर साउदले संस्थाका गतिविधि माथि प्रकाश पारेका थिए भने स्वागत मन्तव्य खेम साउदले राख्नुभएको थियो। एनसीसीका सचिव आर्यन शाही, सुप समाजका पदाधिकारीहरु उपाध्यक्ष सुवास सिंह, टंक रेग्मी, सचिव कमल शाही, कोषाध्यक्ष गोपिन्द्र कठायत, खेलाडी कमल सिंह लगायतका संस्थामा समर्पित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।समाजका वुसान शाखाका का.वा. अध्यक्ष चक्र बिष्टको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन वीरेन्द्र मल्लले गरेका थिए।

 

 

नव निर्वाचित वुसान शाखाका पदाधिकारी र सदस्यहरूलाई अध्यक्ष जीतेन्द्र महतले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको थियो भने समाजका भूपू अध्यक्ष दिलीप रावलले नव निर्वाचित कार्य समितिलाई हार्दिक वधाई ज्ञापन गर्दै वुसान शाखा सामाजिक कार्यका क्षेत्रमा जुर्मुराउने आशा व्यक्त गर्नु भएको थियो। अन्तिममा रमेश गिरी, लालबहादुर साउद लगायतका स्थानीय गायकहरुले सुदूरपश्चिमको लोक संस्कृति झल्काउने देउडा गीतहरूको प्रस्तुतिले कार्यक्रम निकै रोचक बनेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...