Advertisement
SKIP THIS

मिस टिन कलेजको आवेदन खुल्ला


काठमाडौ । कलेज युवतीहरुमा केन्द्रित सौदर्य प्रतियोगिता मिस टिन कलेजको तेस्रो सिजनका लागी आवेदन खुल्ला गरिएको छ । आयोजक सिजन मिडीयाले एक बिज्ञाप्ती जारी गर्दै ‘मिस टिन कलेज २०१५’का लागी आवेदन खुल्ला भएको जानकारी गराएको छ ।

भाद्र पहिलो सातासम्म खुल्ला रहने आवेदन फारम सहभागीले सिजन मिडियाको कार्यालयमा पुतलीसडकबाट भर्न पाउने छन् भने सहभागीले एसएमएस मार्फत पनि आफ्नो नाम दर्ता गराउन सक्नेछन् । जसका लागी प्रतियोगीले एमटि स्पेश आफ्नो नाम लेखेर ३००० एसएमएस पठाउन सक्नेछन् ।

उपत्यका तथा मोफसलका कलेजमा अध्ययनरत १५ देखि १९ वर्ष उमेर समूहका टीनएजर्स युवतीहरुले प्रतियोगीतामा सहभागिता जनाउन सक्नेछन् । टिनएज युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको बिकाश गराउदै समाज उपायोगी जिम्मेवार व्यक्तिको रुपमा अगाडि बढाउन कार्यक्रमले सहयोग गर्ने बिस्वास रहेको आयोजक सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्तले बताए ।
आगामी भदौ ५ गते पहिलो चरणको छनौट हुने प्रतियोगीतामा अन्तिम चरणका लागी ३० प्रतियोगी छानिने छ । छानिएका प्रतियोगीलाई भदौ ६ गतेवाट प्रशिक्षण सुरु गरिने छ । प्रशिक्षणको क्रममा पौडी, शारारिक फिटनेश ,फोटो सेसन व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षणका अलवा विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल वाल आश्रम, वृद्धा आश्रम, मिडिया भिजीट , कल्चरल भिजीट र हस्पीटालीटी सम्वन्धि जानकारी दिइनेछ ।

रोजीन शाक्यको कोरियोग्राफी रहने प्रतियोगीताको शिर्ष बिजेताले ताज सहित रु १ लाख ६५ हजार पर्ने स्कुटर र उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति साथै अन्य गिफ्टहयाम्पर पाउने छन । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः रु मोवाइल मोवाइल ट्याव साथै १ वर्षको छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर प्राप्त गर्नेछन् ।

विभिन्न १६ उप–विधामा समेत पुरस्कृत गरिने प्रतियोगीताको अन्तिम स्पर्धा असोजको पहिलोसाता हुने आयोजक सिजन मिडियाका प्रवन्ध निर्देशक वन्तले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...