Advertisement
SKIP THIS

कोरियामा हत्या गरिएका सुदिप छोरीलाई डाक्टर बनाउन चाहन्थे


डिलबहादुर थोकर ‘ग्याम्जे ‘

काभ्रे-सदा झैं विहिबार (साउन १४) सुप्रिमा ‘भाइबर’ मा आफ्नो बाबालाई कुरिरहेकी थिइन् । बाबाले ‘भाईबर अन’ गरेपछि उनी कुरा गर्न चाहन्थिन । ‘भाईबर अन’ भयो तर त्यो दिन उनकी बाबा सुदिप राउतले धेरै कुरा गर्न चाहेनन् । ‘छोरी मलाई आज थकाई लागेको छ । त्यसैले आज कुरा नगरौं ल ।’ त्यसदिन बुवासँग भएको कुरा उदृत गर्दै सुप्रिमाले भनिन्– ‘बरु भोली विहान कुरा गरौंला नि ल ।’ बुधबार राती आफ्नी छोरीसँग यति मात्र कुरा गरेका थिए सुदिपले । बाबाले थकाई लागेका भनेपछि सुप्रिमाले पनि कर गरिनन् । विहान कहिल्ये होला र बाबासँग मनका कुराहरु गरौंला भन्ने खुल्दुली सुप्रिमालाई लागिरहेको थियो । त्यस रात उनलाई सदाको भन्दा लामो रात भएको महासुस भयो । उनलाई निन्द्रले छोएन । २ वर्षको अथक प्रयास पछि कोरिया पुगेका राउतले प्रत्येक दिन आफ्नो परिवारसँग ‘भाइबर’मा कुरा गर्ने गर्थे ।

 

 

विहिवार विहान भयो । छोरी सुप्रिमाले ‘भाइबर’ खोलिन् । तर बाबा ‘भाइबर’मा देखिएनन् । दिनभरि कुर्दा समेत बाबा ‘अनलाईन’मा नआएपछि उनी निराश बनिन् । भाईबर अन’ भएन बरु फरक र अकल्पनीय सूचना आयो घरमा । त्यो सूचना थियो बाबाको मृत्युको । परिवारकै सपना बोकेर वैदेशिक रोजगारको लागि कोरिया पुगेको आफ्नो बाबाको हत्या भएको खबरले सुप्रिमाकी आमा त बेहोस भइन् । सुप्रिमा समेत बेहोस् भइन् । सम्हाल्नै गाह्रो भएको थियो त्यो परिवारलाई । टोल छिमेकका सवै जम्मा भए । समाचार संकलनको लागि रातोपाटी शनिवार (१६ साउनमा) उनको घरमा पुग्दा सुप्रिमाको आमा बेहोस अवस्थामै थिइन् । हाम्रो अनुरोधमा सुप्रिमा कुरा गर्न तयार भईन् । बाबाले ‘भाइबर’मा कुरा गर्दा भनेका अन्तिम शब्दहरु सम्झेर भक्कनिरहिन । आफ्ना साथीहरुको सहारामा सुप्रिमा बोल्दै थिइन् । सुप्रिमा बनेपामा रहेको सिद्धार्थ कलेजमा विज्ञान संकायको १२ कक्षाको परिक्षा दिएर बसेकी विद्यार्थी हुन् । राउतले आफ्नी छोरी सुप्रिमालाई १२ कक्षा पास भएपछि तीन वटा विषय छानेर पढ्न सल्लाह दिएका थिए । ‘बाबाले मलाई बीएससी नर्सीङ, डेन्टल र फार्मेसी मध्य जुन पढे पनि हुन्छ भन्नु भएको थियो ।’ आँसु बगाउँदै सुप्रिमाले भनिन्– ‘जे पढेनी राम्रोसँग पढ, जे पढ्न मन लाग्छ त्यहीं पढाउँछु भन्न भएको थियो ।’ तर उनलाई ‘डेन्टल’ पढ्ने इच्छा भएकोले डेन्टल पढ्ने कुरा सुप्रिमाले बाबालाई सुनाएकी थिइन् । तर यतिखेर सुप्रिमाको सपना पुरा हुन नसक्ने अबस्था आईलागेको छ । ‘अब मैले डेन्टल पढ्न नसक्ने भयो ।’ आर्थिक अभावलाई कारण देखाउँदै सुप्रिमाले भनिन्, ‘मलाई ‘सपोर्ट’ गर्ने आमा, काका त हुनुहुन्छ नी तर बाबा नै नभएपछि म कसरी पढ्न सक्छु ?’ परिवारमा आर्थिक समस्या हल गर्ने उदेश्यले कोरिया गएका बुवा वितेपछि घरमा समस्या मात्र भित्रेका छन् । राउतले आफ्नी जीवन साथीसँग पनि दिनदिनै कुरा गर्थे । घरायसी कुरामा बढी केन्द्रीत भएर कुरा भएको सुप्रिमाले बताईन् । ‘काम सजिलो छ, चिन्ता नलिनु, छोरा–छोरुहरुलाई राम्रोसँग पढाउनु भन्नुहुन्थ्यो ।’ बुबाले आमासँग गरेका कुरा सुनाउँदै थिइन सुप्रिमा । सुप्रिमा की आमा बेहोस अवस्थामा रहेकीले हामी कुरा गर्न असमर्थ भयौं ।

 

 

राउतका सपना

 

हुन पनि सपना सबैको हुन्छ तर हरेक मान्छेका आ–आफ्नै सपनाहरु हुन्छन् । तर सपना पूरा हुन्छ या हुँदैन त्यो भने जसले देख्छ उसैलाई थाहा होला । जे होस् मान्छेले बाँचुन्जेल अनेक खालका सपनाहरु देख्छन् । कतिपय सपना पूरा होलान त कतिपय पूरा नहुँदै जीवन सकेको हुन्छन् । त्यस्तै आफ्नो देशमा रोजगार नपाएर विदेशीन बाध्य भएका युवाहरुको त सपना नहुने भन्ने त कुरै हुन्न ।

 

सुदीपको छोरी सुप्रिमा

सुदीपको छोरी सुप्रिमा

शंखु–४, दाहालटार, काभ्रेका ३६ वर्षीय सुदिप राउतले पनि सपना देखेका थिए । कोरियामा जाउँला र आफ्नो सपना पूरा गरौंला । तर कोरियामा पुगेको २ हप्तामै देहान्त भयो । अनि राउतको सपना उनको देहान्तसँगै चक्नाचुर भयो । उनको सपना उनको मात्र थिएन । राउतको सपनामा श्रीमति, छोरीहरु सुप्रिमा, सुचिना र छोराको पनि सपना गाँसिएको थियो । राउतका भाई प्रदीप राउतका अनुसार उनको सबैभन्दा ठूलो सपना छोरीलाई डाक्टर बनाउनु थियो । छोरा छोरीलाई राम्रै शिक्षा दिने उनको सपना कोरिया गएको २ हप्ता मै चक्नाचुर भयो । सामान्य गरीब परिवारमा जन्मेका राउतले कोरियामा जानका लागि सन् २०१३ देखि निरन्तर प्रयास गरेका थिए । उनको निरन्तर प्रयास पछि गत श्रावण २९ गते वैदेशिक रोजगारको शिलशिलामा उनी कोरिया गएका थिए ।

 

 

कोरिया जान १० लाख

 

खर्च राउतको २ वर्षको प्रयास पछि कोरिया जान पाएका थिए । उनले १० लाख खर्च गर्नु परेको थियो । उनका भाई प्रदिप राउतका अनुसार मुख्य सडकको ७ आना जग्गा धरौटी राखेर कोरिया जान १० लाख ऋण निकालेका थिए । यति माज्ञ होइन भुकम्पले घरको क्षति पु¥याएको थियो । राउतको परिवार अहिले टहरामा बस्दै आएको छ । अव ऋण कसरी तिर्ने ? अर्को समस्या आइलागेको छ उनको परिवारमा ।

कोरियामा सुदीप काम गर्ने कम्पनि

कोरियामा सुदीप काम गर्ने कम्पनि

राउतको हत्याको खबर कसरी पाए परिवारले ?

 

सदा झैं भाई प्रदीपले शुक्रबार विहान राउतलाई फोन गरे तर फोन लागिरहेको थिएन । दाईलाई फोन नलागेपछि प्रदीप आफ्नो काममा लागे । अनि काठमाडौंबाट उनलाई फोन आयो । ‘सोझो दाईको कोरियामा हत्या भएको खबर आफन्तबाट पाएँ ।’ गहभरि आँसु पार्दै प्रदिपले भने, ‘भाउजु, आमा र नानीबाबुहरुलाई मैले सुनाउनै सकिनँ ।’ आफन्तको कुरालाई पत्यार लाग्न नसकेपछि उनले कोरिया मै रहेका दाईको साथीहरुलाई अशोक कुवाँर र हरि अधिकारीलाई फोन गरेर सोधे । घट्ना अखिर सत्य थियो । उनी छाँगाबाट खसे झैं भए । ‘उनीहरुसँग मैले बुझ्दा प्रहरीले सबै कुरा नभनेको रहेछ ।’ उनले भने, ‘आस्पतालमा लास मात्र देखाए छ ।’ आमा, भाउजुलाई र बच्चाहरुलाई राम्रोसँग हेर्न दाईले प्रदिपलाई सधैं भन्ने गर्थे । ‘घरतिर रेखदेख गर्दै गर, बच्चाहरु सानै छन् ।’ दाईले उनलाई सम्झाएको कुरा सुनाउँदै थिए प्रदिप । ‘दाईले मलाई सधैं भन्ने गर्थे कि काम राम्रो छ, केही चिन्ता लिनु पर्दैन ।’ प्रदिपले दाईको कुरा गरे । उनका जेठान किरण शाही जसले राउतको विहे आफ्नै बहिनीसँग गराएका थिए । आफ्नी बहिनीलाई भेट्न उनी राउतको घरमै पुगेका थिए । ‘म कोरिया जाँदै छु, कहिल्ये कहिं बच्चाहरुलार्ई पनि हेरिदिनु है दाई भन्थे जानेबेलामा ।’ शाहीले भने ।

भूकम्पले क्षतिग्रस्त सुदीपको घर

भूकम्पले क्षतिग्रस्त सुदीपको घर

गाउँका पनि प्यारो थिए

 

राउत बुधबार राउतको हत्या भएको खबरले पूरै गाउँ शोकमाग्न भयो । अझै पनि गाउँलेहरुलाई उनको हत्याको खबर झूट झैं लागिरहेको छ । राउत कोरिया जाँदा टोलका प्रत्येक घरमा पसेर विदा लिएका थिए । ‘गाउँका सबैलाई सम्झाएर गएका थिए । कुनै पनि घर उनले बाँकी राखेनन् ।’ स्थानीय ध्रुवप्रसाद ढुंगानाले भने, ‘राम्रोसँग बस्नु नआत्तिनु भनेर उनी गएका थिए ।’ छोरीलाई बीएससी नर्सिङ पढाउन कोरिया जान लागेको कुरा राउतले गाउँलेहरुलाई समेत सुनाएको ढुंगानाले भने । राउतको हत्या आफू सँगै बस्ने भोजपुरका आफ्नै साथी ३४ वर्षीय परशुराम राईले हत्या गरेका हुन् । कोरियाको ख्यंगीदो ग्वाङजुमा रहेको फर्निचर कम्पनीमा कार्यरत राउत बिहीबार सँगै खाना खाई राईसँग सुतेका थिए । राउतलाई सुतेकै अवस्थामा रातको करिब १२ बजे राईले काठको चिर्पटले हिर्काई हत्या गरेका थिए ।-रातोपाटि

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...