Advertisement
SKIP THIS

छैठौं कोरियाली भाषा प्रतियोगिता २०२४ मा श्रीलंका प्रथम, ५ पटकको विजेता नेपाल दोस्रो


कोरियाली धार्मिक संस्था जेगेसाको IDIA (खुक्जेफोगेसा) द्वारा आयोजित छैठौं प्रवासी मजदुर वक्तृत्वकला प्रतियोगिता २०२४ मा श्रीलकांका निशान्थ हिमिहामीले स्वर्ण पदक (प्रथम) प्राप्त गरेको छ ।

अक्टोबर १३ तारिख आईतबार जोगेसामा आयोजित प्रतियोगिताका बिजेता निशान्थले प्रमाणपत्र, ५ लाख वोन साथमा पुरस्कार हात पारे । उनले ‘शान्ति र दया’ शिर्षकमा आफ्नो मन्तव्य राखेका थिए ।

उक्त प्रतियोगिताको पाचौं संस्करणसम्मको लगातार विजेता नेपालले समूह-बिबाट गोबिन्द अधिकारी र  समूह-ए बाट थाईल्याण्डका विरासकले दोस्रो स्थान ओगट्न सफल भएका छन् । उनीहरूले क्रमशं प्रमाणपत्र, नगद ३/३ लाख वोन र पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थान कम्बोडियाका खासोक खेम र थाईल्याण्डका वाछिरीले प्राप्त गरेका छन् । उनीहरूले प्रमाणपत्र, नगद २/२ लाख वोन र पुरस्कार प्राप्त गरेका छन् ।

विभिन्न सात देश नेपाल, श्रीलकां, म्यानमार, थाईल्याण्ड, कम्बोडिया, भियतनाम र किर्गिस्तानका गरी कुल १५ जना प्रतिस्पर्धीहरू सहभागीका थिए ।

प्रतियोगिताको लोकप्रिय पुरस्कार म्यानमारका मिनहान मिनप्योले पाएको छ । अन्य ९ प्रतिस्पर्धीहरूले प्रमाणपत्र र नगद १/१ लाख वोन सान्त्वना पुरस्कार पाएका छन् ।

निर्णयक मण्डलका अध्यक्षले प्रस्तुतिमा भनाई राख्ने क्रममा कोरियाली भाषामा दक्षता, बिषयवस्तु, प्रस्तुती शैली, समयसिमाका आधारमा निर्णय गरिएको बताए ।

कार्यक्रममा कोरियाली विभिन्न गुम्बा अध्यक्ष, धर्मगुरू, प्रत्येक देशका कोरियामा अवस्थित गुम्बाका अध्यक्ष प्रतिनिधी (धर्मगुरू), विभिन्न सञ्चारमाध्ययहरूको पत्रकार र देशैपिच्छे दर्शक-समर्थकहरूको उल्लेख्य उपस्थिति थियो ।

उक्त प्रतियोगितामा नेपालका दावा फिन्जो तामाङले तामाङ समुदाय र डाम्फूको बारे मन्तव्य राखेपछि प्रस्तोताको आग्रहमा तामाङले बजाईएको डम्फूको प्रत्यक्ष धूनमा हलमा सहभागी सबैले ताली बजाएर आनन्दित र रमाईलो मानेका थिए । प्रतिस्पर्धी तामाङले अन्तर्राष्ट्रिय स्टेजमा समुदायको महत्वपुर्ण विषय उठान गरेको देखेर सामाजिक सञ्जालमा सबैले प्रसंशा गरिरहेको छ ।

गत पाचौं संस्करणका स्वर्ण पदक विजेता नेपालका गुन्जमान लामाले प्रवासमा रोजगारी गरिरहेका धेरैको व्यक्तित्व बिकास र सामाजिक सहभागिता बढाउने कार्यक्रम आयोजना गरेको IDIA संस्था र प्रतिस्पर्धीहरूलाई आभार प्रकट गरे ।

IDIA ले कोरियाली, बहुसंस्कृती (कला, भाषा, धर्म) समुदायको जिवनशैलीसंग आप्रवासीलाई निकट बनाएर कोरिया बसाई सरल र सहज बनाउने उद्देश्यले प्रत्येक बर्ष प्रतियोगिता आयोजना गर्दै आईरहेको छ ।

भिडियो लिंकः

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...