Advertisement
SKIP THIS

नेपाली जनप्रगतिशिल मञ्चको पहिलो पूर्ण बैठकद्वारा विभागिय प्रमूख चयन


नेपाली जनप्रगतिशिल मञ्चको प्रथम पूर्ण बैठकले कार्यसमिति पूर्णता र विभिन्न विभागिय जिम्मेवारी बाँडफाँड गरेको छ। दोङ्देमुन स्थित सुभेच्छा हलमा सेप्टेम्बर १५ तारिक संस्थाका अध्यक्ष जीवन खतिवडाको अध्यक्षतामा बसेको बैठकले विनोद कुवँरलाई संरक्षकमा चयन गरेको छ। यसैगरी प्रमूख सल्लाहकारमा हर्क सिंह केसी र सल्लाहकारहरुमा सोम तामाङ प्रीतम गुरुङ , याम भुसाल , लक्ष्मण पाण्डे , डा. ठाकुर ढकाल , डा. प्रदीप अधिकारी , प्रवीण गिरी , हिमाल खनाल , सुमन हाङ्स्रोङ , सागर पोख्रेल , शिव वस्याल क्षेत्री , चन्द्र तामाङ , आरती ह्योल्मो , देवी गौतम , नोविन्द्र कट्वाल , मनोज गौतम , नारायण पौडेल , श्यामसुन्दर नेपाल रहेका छन्।

बैठकद्वारा रिक्त पदमा केन्दृय पदाधिकारीहरु चयन गरिएको छ। महिला उपाध्यक्षमा निर्मला खड्का मनोनित हुँदा सह कोषाध्यक्षमा प्रवीण शाही र सुरज राई किराँती चयन भएका छन्। यसैगरि सदस्यहरुमा जयराम खनाल , दिपेन्द्र महतो , सहारा मोक्तान लोप्चन र पुष्कर योगी मनोनित भएका छन्।

संस्थालाई गतिशिल र चलायमान बनाउनको लागि विभिन्न विभगिय संयोजक पनि तोकिएको अध्यक्ष जीवन खतिवडाले बताएका छन्। सङ्गठन विभाग संयोजकमाजीवन खतिवडा र सदस्यमा मान बहादुर विष्ट रहेका छन्। स्कुलिङ विभाग संयोजक: रूद्र बहादुर थापा , अनुशासन विभाग संयोजक: श्रीप्रसाद श्रेष्ठ र सदस्यमा राम बहादुर तामाङ र टिवेन्द्र आचार्य चयन भएका छन्। आर्थिक विभाग संयोजकमा बुद्धी बहादुर तामाङ चयन हुँदा जनजाति विभाग संयोजक: दावा फिन्जो तामङलाई जिम्मेवारी दिइएको छ भने महिला विभाग संयोजक: रूक्मा बम र सहसंयोजक: नफिसा लिम्बू रहेका छन्।

यसैगरि प्रचारप्रसार विभाग संयोजक: सुरेन्द्र लावती , विद्यार्थी विभाग संयोजक: दिपेन्द्र महतो , सांस्कृतिक विभाग संयोजक: नरेश रावल , जनसेवा विभाग संयोजक: दिपेन्द्र रोकाया , दलित विभाग संयोजक: जीवित सुनार र मधेसी विभाग संयोजक: गगनदेव महतो रहेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...