नेपाली सामुदायिक समिति ख्वान्ग्जुद्वारा ३४ लाख हस्तान्तरण


राजु श्री

गत बैशाख १२ गते नेपालमा गएको विनाशकारी भुकम्पबाट क्षतिग्रस्त भएका रामेछाप , सिन्धुपाल्चोक र गोरखाका केहि बिद्यालय हरुको भौतिक संरचना पुनर्निमाण का लागि ‘नेपाली सामुदायिक समिति ख्वान्ग्जु’ ले ३४ लाख रुपैया सहयोग हस्तान्तरण गरेको छ l

 

‘नेपाली सामुदायिक समिति ‘ को अग्रसरमा एनआर एन क्षेत्रिय तदर्थ समिति ख्वान्ग्जु ,अनुग्रह मण्डली ख्वान्ग्जु र आप्रबाशी सहयोग केन्द्र ख्वान्ग्जुको संयुक्त पहलमा ख्वान्ग्जु आसपासका क्षेत्रमा काम गर्ने नेपाली दाजु भाइ दिदि बहिनी , पैदल यात्री ,बस पार्क ,रेल स्टेशन लगायतका स्थान बाट उक्त रकम संकलन गरिएको थियो l संकलित रकम बिजुलीकोट -९ (कोटगाउँ )रामेछाप स्थित श्री भ्रिन्गेश्वर मा .बि १० लाख ,गोर्खा नगरपालिका छेबेटार -९ स्थित श्री तारा उच्च मा .बि. १० लाख ,गोरखाकै छोप्राक -९ मा रहेको श्री धर्मवाती मा .बि. १० लाख र राम्चे- ७ सिधुपाल्चोक स्थित श्री जनजागृति प्राबि ४ लाख गरि कुल ३४ लाख रुपैया हस्तान्तरण गरिएको हो l

 

उक्त रकम जिल्ला शिक्षा अधिकारी , बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरु , बिद्यालय का शिक्षक शिक्षिका, स्थानीय बुद्दिजिबि, पत्रकार र अबिभाबकहरुको प्रत्यक्ष्य सहभागितामा बिद्यालयका प्राध्यापकहरुलाई हस्तान्तरण गरियको हो l ‘विनाशकारी भुकम्प पश्चात गोर्खाका बिद्यालय ले पाएको यो नै सबैभन्दा ठुलो राशिको सहयोग हो l कोरिया का प्रबाशी नेपाली हरुको गाँस काटिएको यो रकमको पारदर्शी तवरले पूर्ण सदुपयोग गर्न सम्बन्धित बिद्यालय हरुलाई निर्देशन दिदै जिल्ला शिक्षा कार्यालयमा आयोजित धन्यबाद ज्ञापन कार्यक्रम मा जिल्ला शिक्षा अधिकारी भरत अर्याल ले भन्नु भयो – कोरिया को ख्वान्ग्जु क्षेत्रमा कार्यरत नेपालीहरुको पसिना र गाँस संग जोडिएको यो सहयोग राशिको उच्च मुल्यांकन गर्दै प्राप्त सहयोग रकम आफ्नै प्रत्यक्ष निगरानी बाट विद्यालयको कार्य सम्पन्न गराउने छु ‘l

 

राज्यले गर्नुपर्ने दायित्व मा कोरियाका प्रबाशी नेपालीहरु अंशियार बनेको भन्दै धन्यवाद ज्ञापन कार्यक्रम मा रामेछापका जिल्ला शिक्षा अधिकारी खुबिराम अधिकारीले खुशी ब्यक्त गर्नुभयो l उल्लिखित बिद्यालय हरु लाइ नेपाली सामुदायिक समिति , एन आर एन क्षेत्रिय समिति,आप्रबशि सहयोग केन्द्र कोरियाका सम्मिलित प्रतिनिधिहरु श्री खनाल ( झापा ),सन्तोष पराजुली ( कास्की ), शुशिल गुरुङ ( चितवन ), राजु श्री ( रामेछाप ) र कोरियन नागरिकहरु हे गोङ्ग स्निम , युन हो स्निम ,मून योङ्ग फे, प्राध्यापक डा . इ जु सङ्ग को संयुक्त संयोजनमा वितरण गरिएको हो l

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एनआरएनए अध्यक्षमा विनोद कुँवर र सचिवमा जुनु गुरुङ
  • एनआरएनए कोरियाले नेपालमा लगानीको अवस्था र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रम गर्ने
  • NRNA KOREAले नियमित उडान सुचारु गर्न र सामाजिक सुरक्षा कोषमा सहभागी गराउन राजदूतावासमा बुझायो पत्र
  • एनआरएन एसिया प्यासीफिक क्षेत्रिय उप संयोजकमा सुवेदीको उम्मेदारी केको लागि ?
  • ईपिएस

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    स्थगित कोरियन भाषा परीक्षा (EPS-TOPIK, UBT) आज

    गत मागमा स्थगित भएको कोरियन भाषाको परिक्षा आज सञ्चालन हुने भएको छ ।   रोजगार अनुमती प्रणाली (EPS ) अन्तर्गत कोरिया जान चाहने नेपाली कामदारहरुको मिति २०७९।१०।१८ (तदानुसार ०१ फेब्रुवरी, २०२३) गते देखि सञ्चालन भैरहेको दोश्रो चरणको कृषि तथा पशुपालन क्षेत्र तर्फको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...