Advertisement
SKIP THIS

नेफिन कोरियाको भावी योजना: नेफिन हाउस, आदिवासी जर्नल प्रकाशनसम्म


अमिर योन्जन । नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) दक्षिण कोरियाले आगामी योजनामा चियापान, अन्तरक्रिया, नेफिन हाउस, आदिवासी जर्नल प्रकाशनसम्मका भावी योजना तथा कार्यक्रम सार्वजनिक गरेका छन् । गत आइतबार सउलको दोङ्देमुनमा वार्षिक साधारण सभामा महासचिव दयाराम राना मगरले प्रस्तुत गरेको १७ पृष्ठ लामो साङ्गठनिक तथा कार्य योजना प्रतिवेदनमा सो योजनाहरू रहेका छन् ।

३०औँ आदिवासी दिवसको अवसरमा आगामी अगस्ट ११ मा ‘आदिवासी आन्दोलन हिजो, आज र भोलि विषयक बृहत् अन्तरक्रिया’ गर्ने, छुसकमा भेटघाट तथा चियापान गर्ने, छैटौँ कार्यसमिति नेफिन हाउस निर्माण गर्ने उद्देश्यले स्थापित आदिवासी उत्थान कोषको रकमबाट जनजातीय सांस्कृतिक घर स्थापना गर्ने कार्यक्रम रहेका छन् । त्यस्तै यहाँ रहेका जातीय संस्थाहरूको संस्थागत इतिहासलाई दस्तावेजिकरण र आदिवासी साहित्यकार, लेखकहरूको लेख, रचना, अनुभवहरू आदिलाई समाहित गरी आदिवासी जर्नल प्रकाशन गर्ने र प्रत्येक चौमासिक आदिवासीहरूको विविध विषयमा प्रत्यक्ष एवं भर्चुअल स्वतन्त्र बहस तथा प्रशिक्षात्मक कार्यक्रम गर्ने रहेका छन् ।

प्रतिवेदनमा संस्थापक अध्यक्ष चङ्गकुमार गुरुङदेखि सातौँ कार्यसमितिको अध्यक्षको फोटो, कार्य अवधि र वर्तमान आठौँ कार्यसमितिको संरक्षकदेखि सदस्यसम्मको फोटो उल्लेख रहेका छन् । क्षेत्रीय शाखा बुसान र जेजुदोको पनि अध्यक्षहरूको कार्यविधि र फोटो राखेका छन् । त्यस्तै वर्तमान कार्यसमितिका ४६ जनाको जम्बो सल्लाहकारहरूको नाम उल्लेख छन् । र कोरियामा बाह्र वटा जातीय संस्थाहरू अबद्ध रहेका छन् भने थकाली र भुजेलको संस्था निष्क्रिय रहेको उल्लेख छन् ।
प्रतिवेदनमा चार कमीकमजोरी र चुनौतीहरू उल्लेख रहेका छन् । नेफिनको स्थापनादेखिको इतिहासमा नेतृत्व बिचैमा पलायन हुने, स्थापित संस्थाको अस्तित्व जोगाउन कठिन, संस्थाको ऐतिहासिक गतिविधि र बैठकको निर्णयहरूको सुरक्षित नराख्ने वा नयाँ कार्यसमितिलाई हस्तान्तरण नगर्ने र आदिवासी जनजातिको मूलभूत मुद्धाहरुप्रतिको कमजोर बुझाइ रहेका छन् ।
साधारण सभामा आर्थिक प्रतिवेदन कोषाध्यक्ष तेज गुरुङ र आदिवासी उत्थान कोषको विवरण संस्थापक आर्थिक संयोजक आङ सोनाम शेर्पाले प्रस्तुत गरेको थियो ।
नेफिन कोरिया विगतका वर्षहरू प्राय आदिवासी दिवस मनाउने, सम्मान तथा बिदाइ गर्ने, आर्थिक सहयोग गर्ने, कार्यक्रमहरूमा सहभागी हुने जस्ता कार्यक्रमहरूमा मात्रै चलायमान देखिन्छ ।
साधारण सभा वर्तमान संरक्षक लाेचन राईको प्रमुख अतिथिमा अध्यक्ष बिशन राईको सभाध्यक्षतामा सम्पन्न भएको थियाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • तमू धीं कोरियाको महाधिवेशन सम्पन्न, अध्यक्षमा तेज बहादुर गुरुङ सर्वसम्मत
  • एनआरएनए कोरियाको संरक्षकमा डा. प्रकाश धमला र लक्ष्मी गुरुङ चयन
  • सम्झनामा समर, समुद्र र सन क्रूज रिसोर्ट
  • कम्पनी मालिक र टोली प्रमुख दोषि ठहर, दुवैलाई जेल सजाय
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...