कोरियामा नेपालीले लट्ठीले हिर्काएर आफ्नै साथीको हत्या गरे
सोल-दक्षिण कोरियामा रोजगारी गर्न आएका एक नेपालीले आफनै साथीको हत्या गरेका छन् | ख्यंगीदो ग्वाङजुमा रहेको काठको डेकुरेसन बनाउने कम्पनीमा कार्यरत भोजपुरका परशुराम राईले काभ्रेका राउत थर भएका साथीलाई काठको लठ्ठीले हिर्काएर हत्या गरेको नजिकको कम्पनीमा कार्यरत एक नेपालीले बताएका छन् |
ती नेपालीका अनुसार मृतक राउत १०/१२ दिन अघि र राई एक हप्ता अघिमात्र कोरिया आएका हुन् |
सोल स्थित नेपाली दूताबासका अधिकारीहरुले घटनाको औपचारिक पुस्टि हुन बाँकि रहेको जनाएका छन् |