Advertisement
SKIP THIS

कोरियामा नेपाली संस्कृती र परिकारको परिचय गराउदै


दक्षिण कोरियाको राजधानी सिओल देखि अन्दाजी १ सय किमीको दुरीमा रहेको ख्यङ्गगिदो प्रान्तको फेन्थेक सिटिहलको प्राङ्गघनमा हिजो २ तारिख आईतबारको दिन आयोजित १७ औ विश्व जनसंख्या दिवशको उपलक्ष्यमा आयोजित बृहत बहुराष्ट्रिय सांस्कृतिक महामेलामा सहभागी नेपालीहरुले नेपालको राष्ट्रिय भेषभुशा, परिकार , नृत्य आदिहरु प्रर्दशन गरि नेपाल र नेपालीहरुको भव्य रुपमा परिचय गराउन सफल भएका थिए ।

फेन्थेक नगर पालिका र फेन्थेक माईग्रेन्ट सेन्टरको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा ईपीएस मार्फत कोरिया आउने १६ वटा राष्ट्र मध्ये नेपाल, कम्बोडिया, फिलिपिन,म्यानमार लगायत ११ वटा राष्ट्रका संघ संस्थाहरुले सहभागी जनाएका थिए ।

कार्यक्रममा फेन्थेक माईग्रेन्ट सेन्टर नेपाली कमिटिका अध्यक्ष मनोज चापागाईले आजको कार्यक्रम भनेको विभिन्न राष्ट्रका कला संस्कृती परिकारको परिचय गराउने प्लेटफर्म रहेको बताउदै नेपाली मोडेलहरुले राष्ट्रिय पोशाकमा रेडकार्पेटमा वर्किङ्ग गर्ने, नेपालीहरु विश्वमा गोर्खाली भनेर पनि परिचत भएको हुनो गोरखा पल्टन नामक फिल्मको गीतमा नृत्य प्रर्दशन गरेको र नेपाली परिकारमा चटपटे र विर्यानीको परिकार राखेको बताए ।

सोही कार्यक्रममा नेपाली परिकारका सेफको भुमिका निभाई रहनु भएको कमल सापकोटाले चटपटे भनेको नेपाली मात्र नभई कोरियाको अधिकांश युवाहरुले मन पराउने खाजा हो । चटपटेमा गेडागुडी र हरियोपरियो बढी प्रयोग गर्ने हुनाले पछिल्लो समयमा उमेर खाएकाहरुले पनि स्वास्थ्यको लागी राम्रो हो भन्दै चटपटे रुचाउन थालेका छन । साथै विर्यानीमा प्रयोग गरिने बासमति चामल कोरियनहरुको लागी नौलो स्वाद भएको बताउदै कोरियन मात्र नभएको अन्य राष्ट्रका नागरिकहरुले पनि हामीले बनाएको परिकारहरु मिठो र स्वादिष्ट गरि खाई दिएको बताए ।

सोही कार्यक्रममा विभिन्न राष्ट्रको खाना प्रतिस्पर्धामा जर्जको भुमिका निर्वाह गरि रहनु भएकी माईग्रेन्ट सेन्टरकी पदाधिकारी सिन यङ्ग मिले अन्य राष्ट्रको तुलनामा नेपाली खाना अलिक फरक रहेको बताउदै कोरियाको खानामा केहि मात्रामा नुन र चिनी मिसाएर लगाउने संस्कार छ तर नेपालको खानामा नुन मात्र लगाउने रहेछ त्यसैले चर्को भएको महसुस गरे तर चटपटेकोे स्वाद कोरियनहरुको स्वाद संग मिल्दो जुल्दो पिरो र स्वास्थ्यको लागी राम्रो मानिने गेडागुडी प्रयोग गर्ने रहेछ मिठो लाग्यो भन्नु भयो ।

सोही कार्यक्रममा एनआरएन कोरियाका अध्यक्ष बुद्धि गुरुङ्गले भगवान गौतम बुद्धको जन्म नेपालमा भएको हो भनी अंकित हातेपंखा कोरियन लगायत विभिन्न देशका नागरिकहरुलाई निशुल्क बितरण गरेका थिए ।

कोरियाका विभिन्न राजनितीक पार्टीका सांसद, फेन्थेक सिटिका मेयर लगायत विभिन्न राष्ट्रका कुटनितीक नियोगका प्रतिनिधीहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । तर सो कार्यक्रममा नेपालको कुटनितीक नियोग नोपली राजदूतावासबाट एक जना प्रतिनिधी पनि आएका थिएन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • तमू धीं कोरियाको महाधिवेशन सम्पन्न, अध्यक्षमा तेज बहादुर गुरुङ सर्वसम्मत
  • एनआरएनए कोरियाको संरक्षकमा डा. प्रकाश धमला र लक्ष्मी गुरुङ चयन
  • सम्झनामा समर, समुद्र र सन क्रूज रिसोर्ट
  • कम्पनी मालिक र टोली प्रमुख दोषि ठहर, दुवैलाई जेल सजाय
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...