Advertisement
SKIP THIS

सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने


नेपाल तामाङ घेदुङ दक्षिण कोरियाद्धारा आयोजित मञ्जुश्री संवत २८६० “डुक” मु पुखी ल्हो सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रम २०२४ को समिक्षा एवम आयव्यय सार्वजनिक गरिने भएको छ। अप्रील १४ आइतबारका दिन बिहान ११ बजे दोङ्देमून स्थित निक नेपाल ट्राभल्सको सभाहलमा आयोजना गरिने कार्यक्रममा सम्मान समारोह पनि रहने अध्यक्ष राजकुमार स्याङ्तानले जानकारी गराएका छन्।

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले “तामाङ भाषा, धर्म, कला, संस्कार, संस्कृतिको प्रवर्द्धन गरौं, आफ्नो पहिचान र अस्तित्वको लागि एक हौ” भन्ने मुल नाराका साथ कोरियन पर्व सलनालको अवसरमा गत फेब्रुअरी ९ तारिक शुक्रबारका दिन बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो। सौल स्थित 컨벤션센터 사울특별시 종로구 자하문로 255(부암동 165-3),जोङ्गाक स्टेसन नजिक HW Convention Hall मा आपातकालीन राहत कोष सहयोगार्थ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो।

आफ्नो जातीय अस्तित्व र पहिचान संरक्षणमा संस्थाले उल्लेखनीय भूमिका खेल्दै आईरहेको सन्दर्भमा उक्त कार्यक्रमले मनोरञ्जनको सांगीतिक प्याकेज भइ आम दर्शक श्रोताको उत्कृष्ट कार्यक्रम भएको प्रतिकृया पाएको छ। समिक्षकहरुको सल्लाह र सुझाव सहितको समीक्षा संकलन गरि स्वच्छ र पारदर्शी रुपमा कार्यक्रमको आयव्यय विवरण प्रस्तुत गरिने साथै कार्यक्रम अवधिभर विभिन्न तवरले उल्लेख्य सहयोग गर्ने कलाकार तथा सहयोगीहरुलाई सम्मान गरिने संस्थाका महासचिव दावा फिन्जो योञ्जन तामाङले बताएका छन्।

उक्त कार्यक्रम लाई सभ्य र भव्य रुपमा सफल बनाउन कोरियास्थित सम्पूर्ण संघसंस्था, संस्थामा सम्बद्ध महानुभावहरु, आर्थिक नैतिक र भौतिक रुपमा सहयोग गर्ने सम्पूर्णमा आयोजकले उपस्थितिको लागि अनुरोध गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...