Advertisement
SKIP THIS

डोल्मा भन्छिन्,- ‘स्वस्थ भएर समाज सेवा गर्छु ‘


सोल-दक्षिण कोरियाको सुवन शहर नजिकै आजु विश्वबिद्यालयको अस्पताल रहेको छ । त्यहां बिदेशी भन्दा कोरियन बिरामीहरु खचाखच भेटिन्छन् तर १० औं तलामा रहेको आईसीयू वार्डमा भने नाकमा अक्सिजन लगाएकी केश सबै खौरिएकी एकजना बिदेशी महिला भेटिन्छीन् ।

 

ती बिदेशी महिला हुन् दोलखा खोपाचाकुकी डोल्मा शेर्पा । शेर्पा बिगत महिना दिनदेखि सघन उपचारमा छिन् । उनलाई एक बर्ष अघिदेखि बोन म्यारो अभाव हुदै आएको छ ।

 

 

आजु अस्पतालको शैय्यामा आइपुग्न धेरै नियती भोगेकी डोल्माले सानो छन्द नर्स बनेर बिरामीहरुको उपचार गर्ने सपना बुनेकी थिइन् । तर त्यो सपना पुरा हुन नपाउदै सिन्धुपाल्चोकका दोर्जे शेर्पासंग उनको विवाह भयो । एक छोरा र एक छोरी जन्मिए । परिवार पाल्न र छोराछोरी हुर्काउन पढाउन दोर्जे कहिले मलेसिया र कहिले भारत गए । डोल्मा गाउमै छोराछोरीको स्याहार सुसार गर्दै बस्थिन । दोर्जे नेपाल हुँदा गाउँमा भन्दा काठमाडौं बस्ने गर्थे । बाहिरको रङगीन बातावरणमा रुमल्लिएका दोर्जेले डोल्मालाई बिसिंर्दै गए । ४,५ बर्ष बितिसक्दा पनि दोर्जे सम्पर्कमा आएनन ।

 

 

डोल्माले बुधबार पुरानै कथा दोहेर्याइन् । उनले भनिन् ‘श्रीमान् सम्पर्कबिहीन भएपछि बैबाहिक भिसामा कोरिया आउने निर्णय गरें, यसमा गाउँले दिदीहरुले सहयोग गरे ।’ आंशु पुछ्दै थपिन् ‘कोरिया आएपछि भविष्य उज्वल हुन्छ भन्थे तर आज मेरो अवस्था यस्तै भयो ।’ डोल्मालाई कोरियन पुरुषसंग यतै घरजम गरेका नेपाली महिलाहरुले केटा मिलाई दिएका थिए ।

 

 

उको श्रीमान ट्याक्सी ड्राइभर थिए । भाषा जानी नजानी डोल्माले एउटा कम्पनीमा काम गर्न थालिन । दुखसुख एक वर्ष चलिरहेकै बेला श्रीमानको सवारी दुर्घटनामा परेर मृत्यु भयो । त्यससंगै उनि संकटमा परिन् । नियम अनुसार डोल्माले श्रीमानको बिमा रकम पाउनुपर्ने भए पनि परिवारले नक्कली बिबाह गरेको भन्दै अदालतमा मुद्धा हाले । उनको भिसा रद्ध गराई दिन अध्यागमन विभागमा निबेदन दिए । भाषा अज्ञानताका कारण सबै निकायमा मनको कुरा राख्न सकिनन् ।

 

 

सोल तुङदेमुनमा ब्यवसाय गरेर बसेकी लक्ष्मी लामा गुरुङले सहयोग गरिन् । गुरुङकै सहयोगमा भिसा रद्ध हुनबाट जोगियो । क्षतिपूतिर्को मुद्धा भने अझै चलिरहेको छ । कोरियाली कानुन बमोजिम न्याय पाउनु पर्ने भए पनि आफुले पाउने वा नपाउने उनि अनभिज्ञ छिन् ।

 

 

श्रीमान बितेको बर्ष दिन हुँदा नहुँदै उनलाई बोनम्यारो अभाव भयो । अलीअलि कमाएको पैसाले उपचार गरेपछि लीज्जा काफ्लेको सहयोगमा फेरी काम गर्न शुरु गरिन । ३ महिना जाति काम गर्दागर्दै उनलाई पुन बोनम्यारो अभाव भएको छ । उनी केहि हप्तादेखि सुवनको आजु बिश्वविद्यालयको अस्पतालमा उपचार गराईरहेकी छिन् । चिकित्सकहरुले किमो थेरापी गराएका छन् । किमो थेरापीपछि बोनम्यारो प्रत्यारोपण गर्न भनेका छन् ।

 

 

अस्पतालमा केहि हप्ता मै बिल १ करोड वनभन्दा बढी उठेको छ । बोनम्यारो प्रत्यारोपण अझ महँगो हुने चिकित्सकहरुको भनाइ छ । डोल्माको अवस्था थाहा पाएपछि एनआरएन ,वमन फर वमन लगायतका केहि संस्थाले सहयोग अभियान संचालन गरे पनि पर्याप्त नभएको देखिएको छ । एक जना सहयोगी आवश्यक भएकाले अस्पतालले परिवारको सदस्य बोलाउन नेपाली दूतावासलाई पत्रचार गरे अनुसार दूतावासले प्रकृया अघि बढाएको छ ।

 

छोराछोरीको अनुहार औधी हेर्न मन लागेको बताउने डोल्मा बोल्दैपिछे आंशु खसाल्छीन् ।स्वास्थ्य भएर समाजसेवा गर्ने ईच्छा भएकाले आफ्नो जिबन बचाई दिन संसारभारी रहेका नेपालीलाई गुहार मागेकी छिन् । उनले भक्कानिन्दै भनिन् ‘कृपया बचाई दिनुहोस ।’ डोल्मालाई सहयोग गर्न चाहनेले सोलस्थित नेपाली दूताबासमार्फत सहयोग गर्न सक्ने छन् ।

 

सम्पर्क:-

डोल्माशेर्पा – ०१०४६९८५५२२

लिज्जा काफ्ले -०१०२३२१७१९७

 sherpa dolma, citi Bank 1004201526201

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गम्भिर रोगसँग संघर्षरत विरामी डिस्चार्जका लागि सहयोग अपिल
  • गम्भिर रोगसँग संघर्षरत विरामीलाई सहयोगको अपिल
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • खोटाङ हलेसी सांगितिक सौगातको आयव्यय सार्वजनिक
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...