Advertisement
SKIP THIS

चोमोलोङ्मा सांगितिक सौगात र सुम्निमा डान्स पार्टीको समिक्षा सम्पन्न


 

मार्च ३ तारिख आइतवारको दिन चोमोलोङ्मा सांगितिक सौगात भाग ४ र सुम्निमा डान्स पार्टीको समिक्षात्मक कार्यक्रम सम्पन्न भएको छ। पूर्वाञ्चल सरोकार समाजको समन्वयमा सोलुखुम्बु सेवा समाज र किरात राई यायोक्खाले संयुक्त रुपमा समिक्षा एवम चियापान कार्यक्रमको आयोजना गरेको थियो।

चोमोलोङ्मा सांगितिक कार्यक्रममा दर्शकहरुको अत्याधिक उपस्थितिका कारण व्यवस्थापनमा केहि कमजोरी भएको प्रति सोलुखुम्बुका अध्यक्ष राजु राईले क्षमा माग्दै सबैलाई धन्यवाद दिएका छन्। यसैगरी उक्त कार्यक्रमका संयोजक दिनेश नाछिरिङ राईले जुन उद्देश्यले कार्यक्रम गरिएको हो त्यो पूरा गर्ने प्रतिबद्धता पनि जनाएका छन्। बृहत भेलामा सांगितिक कार्यक्रममा आफ्नो कला प्रस्तुत गर्ने कलाकारहरुलाई संस्थाले सम्मान पनि गरेको थियो। यसैगरी सुम्निमा डान्स पार्टीलाई सफल बनाउन उपस्थित हुने सबैप्रति आभार व्यक्त गर्दै कार्यक्रमको आयव्यय चाँडै सार्वजनिक गरिने पनि किरात राई यायोक्खाका अध्यक्ष पुरन याम्फुले जानकारी गराएका थिए।

पूर्वाञ्चल सरोकार समाजले निकट भविष्यमा सामूहिक कार्यालय सहित सभाहल पनि सञ्चालन गर्ने अध्यक्ष गजेन्द्र सेर्माले जानकारी गराएका थिए। यसैगरी गत सलनालमा नयाँ नेतृत्व पाएका पूर्वाञ्चल सरोकार समाजमा आवद्ध रहेका संस्थाका अध्यक्षहरुलाई सरोकार समाजले बधाई तथा सम्मान ज्ञापन गरेका थिए।

दोङ्देमून स्थित निक नेपाल ट्राभल्सको सभा हलमा सम्पन्न कार्यक्रममा पूर्वाञ्चलमा आवद्ध १६ संस्थाका अध्यक्ष एवम प्रतिनिधिहरु सल्लाहकार साथै पूर्वाञ्चल बासिको उल्लेख्य उपस्थिति रहेको थियो । वरिष्ठ सल्लाहकार समसेर पंधाकको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई महासचिव केदार निरौलाले सञ्चालन गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...