सलनालमा मंगोलियन हार्टसँग झुम्यो कोरिया
![](https://www.fonijkorea.net/wp-content/uploads/2024/02/IMG_9141-800x450.jpeg)
कोरियाको सौल स्थित छुङ्नो ओगामा मंगोलियन हार्टको लाइभ कन्सर्ट सम्पन्न भएको छ। कोरियन नयाँ वर्ष सलनालको अवसरमा आयोजित कार्यक्रममा राजु लामाले दर्जन बढि गीत पस्केर दर्शकहरुलाई भरपूर मनोरञ्जन दिलाएका थिए।
“मेरो नेपाल …” गीतबाट सुरु गरेका राजु लामाले यो जाडो मौसममा दर्शकहरुलाई नचाएर गरमा गरम बनाएका थिए उनले आफ्ना चर्तित गीतहरु पर्खाइमा, ओ लाह्स्सो, तिमीलाई देखेर आदि गाउँदा दर्शकले वान्स मोर वान्स मोरको माग गरेका थिए। उनको प्रस्तुतिमा दर्शहरु चिसो मौसम भुलेर नाच्न बाध्य भएका थिए।
नेपाल कोरिया कल्चरल एक्स्चेज संस्थाद्वारा आयोजित कन्सर्टमा मुस्कान मुकारुङ लगायत स्थानिय कलाकारको साथमा दर्शक झुमेका थिए भने कलाकारहरुको नृत्यबाट मनोरञ्जन लिएका थिए। नेपालको चर्तित ब्याण्ड मंगोलियन हार्टले करिव ५ वर्ष पछि कोरियामा कन्सर्ट गरेको हो।