विवाह र यौन शिक्षा आजको आवश्यकता


विवाह एउटा सामाजिक प्रक्रिया हो । यो मुख्यतः सामाजिक मूल्य मन्यतामा आधारित सम्झौतामा उमेर पुगेका महिला र पुरूष दुई व्यक्ति एकसाथ जीवन बिताउनका लागि गर्छन् । विवाह आफ्नो  वशंको निरन्तरताको लागि पनि हो ।

नेपालमा सामन्य परिवार आर्थिक र खुशी पारिवार हुन निकै मुस्किल छ । सन्तान हुर्काउन लाग्ने आर्थिक भारको चापबाट पार लाग्न पनि गाह्रै छ । आफ्नै खुट्टामा उभिएर सन्तान प्राप्ति होला नहोला चिन्ता छ । सन्तानमा छोरा चाहनाले बच्चा जन्माई रहने परिवार ग्रामिण भेगमा अझै कायमै छ । २१ औं शताब्दीको वैज्ञानिक युग हो । कानुन र आमाको स्वास्थ्यको नजरले लिङग पहिचान गरेर गर्भपतन गर्न मिल्दैन । लिङग पहिचान गरि गर्भपतन गर्नुलाई भ्रुण हत्या भनेर कानुनी कारवाहीमा पर्दछ तर धेरै परिवारलाई एक छोरा र एक छोरीको चाहना रहेकै हुन्छ । हामी धेरैले सुनेकै हौं सन्तानले डाडाँकाडाँ ढाँकोस् भनेर आशिर्वाद दिएको । अहिले २ सन्तान ईश्वरको बरदान भनिन्छ ।

विवाहको उमेर नेपालको कानूनले पुरूष र महिलाले २० वर्ष पुगे पछि विवाह गर्न सक्छन् । अझ विवाहपूर्व महिला र पुरूष दुबै शारीरिक तथा मनासिक रूपमा सक्षम हुन जरूरी हुन्छ । सफल वैवाहिह जीवनका लागि विवाहपश्चातको उचित व्यवस्थापन महत्वपुर्ण हो । वैवाहिक सम्बन्ध सकारात्मक रूपमा अघि बढाउन सकेमा आर्थिक, धार्मिक, जात, उमेर र शैक्षिक योग्यता गौण विषय बन्न पुग्दछन् ।

हाम्रो समाजमा मागी र प्रेम विवाह खुबै प्रचलनमा छ । मागी विवाहमा केटा पक्ष केटीको घरमा अभिभावक समक्ष कोसेली (सगुन) राखि प्रस्ताव (माग) गरिन्छ । प्रेम विवाह केटा र केटी दुवै एकअर्कासंग काम, यात्रा मेलापातका क्रममा संयोगले भेटेर मन पराएर, बुझेर अभिभावकको सहमति वा केटी भगाएर विवाह गर्ने चलन छ ।

देशको कानूनी व्यवस्था तथा सामाजिक मूल्य मान्यतामा आधारित विवाहको प्रकृति तय भएको देखिन्छ । विवाह विशेष अवस्थामा बाहेक महिलाले पुरूषसंग गई नयाँ परिवारको सुरूवात गर्नु हो । आर्थिक, सामाजिक रूपमा न्युन स्तरमा बाँचिरहेका पुरूषलाई सक्षम परिवारका महिलाले लोग्ने स्वीकारेर घरज्वाई राख्ने वा बस्ने चलन पनि छ ।

छोरीमात्र भएको घरमा केटाको खोजी गरेर दुईपक्ष परिवारको सहमतिमा विवाह गर्ने अभ्यास रहेको दक्षिण कोरियामा रोजगारी गरिरहेका थाईल्याण्डका सोधा नाग्जनले बताए । यसरी विवाह गर्नुको उद्देश्य जिवनको अमूल्य समय खर्चेर अर्थिक, शैक्षिक र सामाजिक रूपमा सक्षम बनाउनुभएका आमाबुवाको जीवनपर्यान्त एकसाथ, माया र रेखदेखको वातावरण सिर्जना हुने भएकोले छोराको चाहना धेरैले नराखेको समेत सोधाले भने ।  त्यसैगरि छोराको दाजुभाईको सङ्ख्या धेरै हुने घरका पुरूष केटीको घरमा विवाह गरि जाने भियातनामका टेरन सुआतले बताए ।

हामी अभिभावकको सामिप्यतामा रहेर साहरा बनियौंभने बृद्ध बेलामा पाएको साहराले सन्तानको प्राप्तिको मूलमर्म स्थापित होला की । आफ्नो क्षमताभन्दा बढी संघर्ष गरेरै सन्तानको शिक्षा, स्वास्थ्य र उज्वल भविष्यको चाहना गर्नुहुने  जन्मदाता आमाबुवालाई बृद्ध अवस्थामा आश्रममा जबरजस्ती छोड्नेले त्यस्ता कु-संस्कारको अन्त्य गर्नुपर्छ ।

विभिन्न देशमा पछिल्लो समय तेस्रो लिगीं विवाहले भने पुरूष र महिलाबीच विवाह गरिन्भन्ने मान्यता परिवर्तन भए पनि सामाजिक मान्यता स्थापित गर्न सकिरहेको छैन । तेस्रो लिगीं विवाहले सम्भोगको प्यास मेटाउन सकिए पनि सन्तान प्रप्ति प्राकृतिक रूपमा गर्न नसकिएकोले पनि हामी सामान्य मानिसले सहजै अपनाउन नसकिएको हो ।

देशको कानून र सामाजिक मूल्य मान्यता अनुसार विवाहित पुरूष र महिला दुबैले पर–पुरूष वा स्त्रीसंग  लुकिछिपी सम्बन्ध राख्दै जादाँ घरपरिवार समाजले थाहा भएपछि सामाजिक रूपमा बहिस्कारसंगै व्यक्तिगत र सामाजिक रूपमा पतन अवश्य भएका छन् ।

आफ्नो घरमा श्रीमती/श्रीमान भएकाले लामो समयसम्म शारीरिक रूपमा टाढा भएपछि वातावरण अनुकूल बनाउन खोज्दा सामाजिक रूपमा पछिल्लो अस्वभाविक कृयाकलापहरू काण्डै काण्डले सामाजिक सञ्जालमा छाएको अवस्था हो । फालनोको फरार श्रीमती नाठोसंग रंगेहात पक्राउ, फलानोको दोस्रो, तेस्रो कान्छी स्वास्नीसंग रंगेहात पक्राउ, मामा भन्जी, भतिजो काकी काण्ड, के के हो काण्ड पनि ।

वैवाहिक जीवनमा उमेर अन्तरले सामाजिक रूपमा निरन्तरता पाउन विशेष महत्व राख्ने भएकोले केही वर्ष मात्रको उमेर अन्तरमा एकअर्कामा समानता अधिक रहन्छ । २० वर्षका पुरूष ४० कटेकी महिलासंग, २० वर्षकी केटी ४०–५० कटेको पुरूषसंगको सम्बन्धमा सोचाई र बुझाईको अन्तर अकाश जमिनको फरकपनले सम्बन्ध बिग्रिन जान्छ ।

यौन चाहना हामीमा दिन–हप्तामा कति औं पटक अउने शारिरिक प्यास हो । यौन सम्बन्ध पश्चात चाहना केही क्षणमै हराउछ, अर्को चाहनाका लागि घण्टौ, दिन, हप्तासम्म पनि कुर्नुपर्ने हुनसक्छ । पहिलो पटकको सम्बन्धले संसारै जितेको सोच्नेहरू पछि शरिरको पटक पटकको क्षणिक चाहना रहेको निष्कर्षमा पुगिन्छ । किशोर किशोरी अवस्थाकाले यौन र विवाह समयमै बुझ्नु जरूरी छ, विवाह उपयुक्त समयमा गर्ने र सानै उमेरमा विवाह गर्नेहरूले पनि दृढ विश्वासका साथ जिम्मेवारी पुरा गर्ने तर्फ प्रयासरत रहनुपर्छ । जसले गर्दा विवाह अघि देखेका उज्वल भविष्यको सपना सकार गर्न सफल होस् । डाक्टर यौन विशेषज्ञका अनुसार सामन्य यौन चाहना हुनु राम्रो मानिन्छ । वास्तवमा महिला पुरूष मन मिलेर, फकाई फुलाई लुकीछिपी शारिरिक सम्बन्ध धेरैले राख्छन । यौन शिक्षा र उचित कानुनी व्यवस्था नभएकैले पनि महिला हिसां र पुरूषहरू बलात्कारको आरोप खेप्न बाध्य छन् । फितलो व्यवस्था भएको अन्तिम फैसलाले निर्दोष सबित भएका नजिर पल शाह र बिचारधीन मुद्दा सन्दिप लामिछाने बलात्कार प्रकरणले देखाउछ । कतिपय घटनाहरू पैसाको प्रलोभनमा परेर अदालतमा मुद्दा मिलाउछन् । न्याय प्रशासनः प्रहरी न्यायधिश र अदालतको अभ्यास पनि अस्वभाविक र अव्यवहारिक हो की ?

यस कानुनले सहमतिमै भएका शारीरिक सम्बन्धलाई लिएर पुरूषलाई ब्ल्याकमेल महिलाले धम्काएको र धम्काउन मिल्ने व्यवस्था देखिन्छ । यसले गर्दा हालको कानुनलाई अझ परिस्कृत र पुर्नव्याख्या गर्न पर्ने देखिन्छ ।

शिक्षामा नारी वा महिलालाई प्राथामिकता दिएको भनिन्छ, सङ्ख्यात्मक रूपमा उच्च शिक्षा अध्ययनमा बढी देखिए पनि उचित व्यवहारिक पेशागत शिक्षा, उमेरगत सकारात्मक रूपमा यौन शिक्षाको अभाव, भविष्यको योजनाप्रति सचेत हुन नसक्नु आजको मूल समस्या हो ।

किशोर उमेरमा प्रवेशसंगै २० वर्ष पछि कानुनी व्यवस्थाले विवाह गर्न मिल्छ भन्छ तर तिमीहरू यस्तो काम गर यो उमेरमा विवाह गर्नु ठीक भन्ने वातावरण निर्धारित छैन । यो उमेरमा शारिरीक यौनको चाहनाको त्यसकै पछि लाग्न पुग्दा आफ्नो सुनौलो भविष्य बिर्सने र अपरिपक्वा विवाहको प्रबल सम्भावना हुन्छ । विवाह पछि पुरूष र महिला सामाजिक मान्यतामा चल्नुपर्छ जस्ले नैतिक, आर्थिक, पारिवारिक तथा सामाजिक जिम्मेवारी बढ्छ । यस अवस्थामा चुनौतीको सामना गर्न नसकिनेले जिवनै अन्धकार देखिन्छ ।  विवाहित जिवनमा एकअर्कामा सम्मान, समान अधिकार र कर्तव्य बोध नभएमा अन्त्यमा डिभोर्स हो । यो अहिले फेसन जस्तै चर्चाको विषय बनिरहेको छ ।  यूवा अवस्थामा आफ्नो सरल र सहज जिवनका लागि चाहिने काम विशेष सीप, ज्ञान र अनुभव सिकेर आफ्नो खुट्टामा उभिन सक्नुपर्छ त्यसले घरपरिवार साथै वैवाहिक जिवनको सहज व्यवस्थापनमा अवश्य टेवा पुर्याउने छ ।

बाध्यता वा देखिसिकी विहे गर्नेहरू कतिले परिवार र सन्तानको हेरचाहमा आफ्नो बाँकी जीवनको उर्भरसमय खेर फालिरहेका छन् । सकभर विवाहित पुरूष र महिला दुवैले सकेजति सकृय रूपमा आफूलाई चलायनमान बनाउनले जीवनयापनमा सहज बनाउन सकिएला । आर्थिक रूपमा सक्षम हुनाले परिवार अझ बलियो हुन सकिन्छ तर घमण्ड तथा अहमता बोकेको परिवारमा आर्थिक रूपमा सक्षम हुनेको वैवाहिक जीवन सफल हुन्छ नै भन्ने हुदैन ।  आर्थिक अभावले पारिवारिक कलह भै केही समय मै विवाहपछि छुटिने त फेशन जस्तै भएको छ । सानै उमेर र व्यवहारिक रूपमा अपरिपक्व भएपछि व्यवस्थापकीय पक्ष आफैँमा मुस्किल भएकोले पनि वैवाहिक जीवन चुनौतीपुर्ण पनि त छ ।

शारिरीक सम्बन्धको चाहनाले महिला र पुरुष एकअर्कामा आर्कषित हुनु प्राकृतिक नियम हो । सम्भोगले एक छुटै आनन्द मिल्ने र व्यक्ति मानासिक तनाबबाट मुक्त हुने मनोवैज्ञानिकहरुको अध्ययनले पुष्टि गरिसकेको छ । केही महिलाहरू फेशनको नाममा नांगिएर अंग प्रदर्शन स्वभावले पनि केही पुरूषहरूमा नकारात्मक रूपमा अस्वभाविक यौन चाहना उत्पन्न गरिदिएको पनि त हुनसक्छ । किशोर अवस्थामा आफ्नो शारिरीक सन्तुष्टीका लागि अपरिपक्व उमेरमै अव्यवस्थित विवाह गर्नेको सङ्ख्या धेरै देखिन्छ । त्यसले वैवाहिक जिवन सम्हाल्न मुस्किल हुन्छ । अर्कातिर बलात्कार कानुनी जघन्य अपराध भएकोले आफू कारबाहीमा पर्ने डर त्रासले बलत्कारपछि महिलाको हत्या गर्दा प्रमाण मेटिन्छ भन्ने बलत्कारीको कमजोर मनस्थिती भएको मनोवैज्ञानिक दृष्टिकोणबाट हेर्न सकिन्छ ।

आफ्नो परिश्रमबाट प्रत्यक्ष अप्रत्यक्ष नेता, कार्यकर्ता र कर्मचारी नपाल्ने र राजनीतिबाट टाढा बस्नेलाई कार्यकर्तासमेतको व्यक्तिगत रिसिबी बनाई गाई मारेको झुठो आरोपमा जेल सजाय, प्रहरीले चरेस हिरोईनको फजुल केस हालिदिने र न्यायधिशबाट पुस्तौं नसकिने मुद्दा खोजेको ? भने किसिमको धम्कीको सामना गर्नु पर्ने समाज हो हाम्रो । यस्तोमा सहमतिमै भएको यौन कृयाकलापलाई पनि पछि विभिन्न बहानामा बलात्कारको आरोप लाग्ने गरेको घाटनाहरु पनि देख्न र सुन्न पाएकै छौ ।

त्यसैले व्यवाहारिक शिक्षा आजको आवश्यकता हो । कानुन बुझेर मात्र होईन ब्यवहारिक व्यवस्थाको लागि पनि कोसिस गरौं । तथ्य र प्रमाण व्यावहारिक अभ्यास र सामाजिक परिवेश अनुसारको कानुनी कार्यन्वयन आजको चुनौती हो । गुणस्तरिय स्वस्थ्य, शिक्षा र विलासी जिवनयापनका लागि परिवारको आर्थिक अवस्था र कार्य योजना बनाउनुपर्छ । हामीले वैवाहिक जिवनमा सकारात्मक आशा राखि  कडा संघर्ष मिहेनत गरेमा सफल जिवनयापन बनाउन अहम भूमिका खेल्नेछ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ जेजुदो शाखाको अधिवेशन सम्पन्न, नेतृत्वमा शुष्मा नाल्बो
  • सुवनको मेगाबक्समा नोभेम्बर १०मा छक्का पन्जा–५ प्रदर्शन हुने
  • “१२ गाउँको” सुवन शोको टिकट सोल्ड आउट “मनसराको” रेकर्ड ब्रेक
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...