Advertisement
SKIP THIS

आफ्नो पासवर्ड यसरि सुरक्षित बनाउनुहोस्


काठमाडौं-दैनिक जिवनमा इन्टरनेट तथा मोबाइलको महत्व बढ्दै जाँदा सुरक्षित पासवर्डको आवश्यता समेत बढ्दै गएको छ । विभिन्न खाले इन्टरनेट अकाउण्टहरुमा प्रयोग हुने पासवर्डको सुरक्षा तथा गोप्यतासँग आर्थिक, सामाजिक तथा नैतिक लगायतको गोपनीयता तथा महत्व जोडिएको हुन्छ ।

त्यसरी आफ्नो पासवर्डलाई सुरक्षित राख्नका लागि हरसम्भव प्रयास गर्नुपर्छ । नत्र कसैले सजिलै पासवर्ड चोरी गर्ने वा ह्याक गर्ने जोखिम हुन्छ । जसका कारण तपाइँका गोप्य डाटा मात्र होइन बैंकको धन समेत चोरी हुने सम्भावना हुन्छ । पासवर्ड कमजोर नहोस् र सुरक्षित होइयोस् भन्नका लागि बलियो पासवर्ड सेट गर्ने केही तरिका यस्ता छन् :-

एउटै पासवर्ड एकभन्दा बढि वेबसाइट अर्थात् अकाउण्टका लागि प्रयोग नगर्नुस् । यसो गर्दा कसैले तपाइँको कुनै एउटा अकाउण्टको पासवर्ड चोरी गर्न सक्यो भने सबै अकाउण्टको तालाचाँबी प्राप्त गर्ने जोखिम हुन्छ । अर्थात् एउटा ताल्चा टुट्दैमा पूरै दराज खुल्दछ ।

भुलेर पनि १२३४५६, ००००, २४६८ तथा डब्लुएक्सवाइजेड जस्ता कमजोर तथा सबैले अनुमान गर्न सकने खालका पासवर्ड प्रयोग प्रयोग नगर्नुस् । कुनैपनि ह्याकरले सबैभन्दा पहिले प्रयास गर्ने पासवर्ड यिनै हुन् र धेरै काण्डमा यस्ता पासवर्डबाट ह्याक भएका घटना छन् ।

आफ्ना श्रीमती, बच्चाबच्ची, अपार्टमेन्ट, मनपर्ने खेल वा क्लब, आफ्नो अफिसको नाम जस्ता कुराहरु पनि पासवर्डमा नराख्नुस् । धेरैले यो पनि अनुमान गर्ने कुरा हो ।

जति लामो तथा स्पेसल क्यारेक्टरवाला पासवर्ड हुन्छ, उति नै सुरक्षित हुन्छ । त्यसैले पासवर्डमा एकदुइ अक्षर अपरकेस अर्थात् क्यापिटल लेटरमा पनि राख्नुपर्छ । यसो गर्दा पासवर्ड बढि सुरक्षित हुन्छ ।

पासवर्डलाई कागजमा लेख्ने वा कम्प्युटरमा कतै लेखेर सेभ गर्ने काम नगर्नुस् । यदि तपाइँले पासवर्ड भुल्ने डर छ र कागजमा लेख्नैपर्नेछ भनेपनि त्यसलाई पासवर्ड हो भन्ने अरुले भेउ नपाउने गरी र आफुले मात्र बुझ्नेगरी लेख्नुहोस् । उल्टोसुल्टो पारेर लेख्नु वा केही अक्षरहरु गल्ती समेत लेखेर आफुले सम्झिन सक्ने तर अरुले चोर्न नसक्ने गरी पनि लेख्न सक्नुहुन्छ ।

अनलाइन लकर

यदि तपाइँले चाहनुहुन्छ भने आफ्नो पासवर्डलाई अनलाइन लकरमा पनि राख्न सक्नुहुन्छ ।

LastPass, SplashID Safe, 1Password जस्ता सफ्टवेयर स्टोरले तपाइँको पासवर्डलाई इनक्रिप्ट गरेर सुरक्षित राख्दछन् । वेबसाइटमा आफ्नो मास्टर पासवर्ड दिएर तपाइँले लगइन गर्न सक्नुहुन्छ ।

आफ्नो मोबाइल फोनलाई कहिल्यैपनि पासवर्ड रहित नबनाउनुहोस् । तपाइँको फोनमा आफ्नो बारेमा धेरै महत्वपूर्ण जानकारी हुनसक्छन् जसमाथि अरुले नजर लगाइरहेको हुनसक्छ ।-अनलाइन खबर

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ती विशेष भेटघाट एवम वनभोज कार्यक्रम’ अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...