Advertisement
SKIP THIS

सकियो माम्फ


आइतबार छाङवनको यङजी पार्क विभिन्न मुलुकको भेषभूषा, कलासंस्कृति र गीतसंगीतको धुनसँगै गुञ्जयमान र सजिसजाउ थियो। १५ मुलुकहरुको सहभागिता रहेको बहुसाँस्कृतिक कार्यक्रम ‘माइग्रेन्ट आरिराङ् मल्टिकल्चरल फेस्टिभल (माम्फ) यो वर्ष पनि मनोरञ्जनात्मक प्रस्तृतिसगैं सम्पन्न भयो।

शुक्रबारदेखि आइतबारसम्म भएको माम्फमा दक्षिण कोरियासहित नेपाल, चीन, जापान, म्यानमार, मंगोल, भियतनाम, थाइल्याण्ड, उजबेकिस्तान, पाकिस्तान, कम्बोडिया, फिलिपिन, श्रीलंका, बंगलादेश र इन्डोनेसियाको भब्य सहभागिता रहेको थियो। विभिन्न मुलुकको कला, संस्कृति र भेषभूषालाई एकै स्थलमा प्रस्तुत गरिने कार्यक्रम माम्फको पहिलो दिन उदघाटन कार्यक्रमको क्रममा बहुसाँस्कृति परिवारका बालबालिकाहरुको आकर्षण प्रस्तुति पछि कोरियाका चर्चित कलाकारहरुले गीत गाएका थिए भने ग्लोबल माइग्रेन्ट डान्सको पनि आयोजना गरिएको थियो। तीन दिनसम्म चलेको माम्फमा मनोरञ्जनात्मक प्रस्तुति सहित, विभिन्न मुलुकको कला संस्कृतिलाई चिनाउने कला प्रदर्शनी र विविध सामग्रीसहितको स्टलहरु राखिएका थिए। त्यसैगरी रमाइला खेलहरुको साथ फुडट्रकमा विभिन्न मुलुकको खानाका परिकारहरु राखिएका थिए।

प्रवासीहरुका लागि गरिने कोरियाकै सबैभन्दा ठुलो महोत्सवमा सहभागी राष्ट्रहरुका राजदूतसहित उच्च निकायका व्यक्तित्वहरुको समेत उपस्थिति रहेको माम्फको मुख्य आकर्षण बहुसांस्कृतिक विविधता परेड ‘धामुन्ह्वा परेड’मा यो वर्ष ‘कलश जात्रा’का साथै शक्तिको प्रतिक नवदुर्गा भवानी, नेपालको सान र पहिचान सगरमाथा र भगवान गौतम बुद्धका प्रतिमासँगै नेपाली परम्परागत विवाहमा अनिवार्य बजाइने मौलिक बाजा ‘पञ्चेबाजा’को धुनसँगै लिम्बू संस्कृतिलाई प्रतिनिधित्व गर्दै च्याब्रुङ नृत्य प्रस्तुत गरिएको थियो।

त्यसैगरी एशियाली संगीत कन्सर्टका लागि विभिन्न मुलुकबाट कलाकारहरु आएर आफ्नो साँगीतिक प्रस्तुती क्रममा नेपालबाट युवा गायक छेवाङ लामाको सहभागिता रहेको थियो। गायक लामाले एशियाली संगीत कन्सर्टमा आफ्ना चर्चित गीत गाएर उपस्थित सबै मुलुकका दर्शकहरुलाई भरपूर मनोञ्जन मात्र दिएनन् गीत संगीतको माध्यमबाट नेपालको परिचय समेत दिएका थिए। गायक लामाले नेपाली स्टेजमा समेत गीत गाएर उपस्थित नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गरे।

माम्फ कार्यक्रमको नेपाली व्यवस्थापक ख्याङनाम नेपाली समाजले नेपालीहरुको महान चाड दशैं पर्वको आयोजना समेत गर्यो। दशैंको मुखमा परेको माम्फमा सहभागी नेपालीहरुले दशैं मनाएका थिए। नेपाली राजदूतका उपनियोग पुष्पराज भट्टराईले सहभागी नेपालीहरुलाई रातो टिका र जमरा लगाइदिएर प्रवासमा दशैंको याद मेटाइदिएका थिए। दशैं कार्यक्रमसँगै विभिन्न गीतसंगीत, नृत्य, कविता वाचन तथा हाँस्यव्यंग्य जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरु गरिएको थियो।

माम्फका केही झलकहरु:

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...