छुसकको एक फन्को


‘छुसक’को छुट्टी ६ दिन लगतार हुने भयो । सेप्टेम्बर २८ देखि अक्टोबर ३ सम्म । पहिलेका वर्षहरु छुसकमा ३ दिन मात्र छुट्टी हुन्थ्यो । यो बर्ष अक्टोबर २ सोमबार विदा थिएन । १ गते आइतबार आर्मी दिवस, आइतबार सार्वजनिक विदा भएकोले २ गते पनि सार्वजानिक विदा दिने निर्णय कोरियन सरकारले गर्यो । ३ गते राष्ट्रिय दिवसको विदा थियो । धेरै पछि होला यति लामो विदा पाएको । हिडियो कम्पनी छाडेर ।

छुसक कोरियालीहरुको ठूलो चाड हो । विश्वका धेरै देशमा ‘थ्याङ्क्स गिभिङ’ भनेर मनाको जस्तो कोरियालीको छुसक । काम, शिक्षा, व्यापार ब्यवसायी आदि गरिरहेका प्राय सबै मानिसहरु काम धन्दा थन्काएर गाउँ (पूख्यौली घर) फर्किन्छन् । जस्तै नेपालमा काठमाण्डौंबाट दशै, तिहार, छठ, ल्होछारमा गाउँ फर्केको जसरी । राजधानी सउल आसपास रहेकाहरु खाङ्वान्दो, बुसान, जेजु लगायतका पूख्यौली गाउँघर फर्किन्छन् । पहिलो दिन सडक जाम, रेल, हवाइजहाजमा टिकट पाउनै मुस्किल । दोस्रो दिन विशेष हो । यस दिन दिवांगत भएका आफ्नो परिवारका सदस्यको सम्झनामा चिहानमा पुगेर सरसफाइ गरी फूल, रक्सी, फलफूल चढाउने गर्छन् । त्यही चिहान अगाडी स–परिवार बसेर घरबाट ल्याएका खानेकुरा खाने गर्दछ । पुर्खालाई धन्यबाद दिन्छन् ।

पहिलो दिन विहानभरि जिउ नै दुख्नेगरी सुतेर उठे । दिउँसोखेर हानियो राजधानी सउल । ३ घण्टा बस, रेलको यात्रा पछि पुग्यो दोङ्देमुन ३ नं. गेट । दोङ्देमुन नेपालीहरुको धेरै खानाघर, रेमिट्यान्स सेवा भएको ठाउँ । कसै कसैले मिनी नेपाल भन्छन् । नेपालीका लागि सेन्टर पोइन्ट । चहलपहल शुरु भइसके छ । आयोजकहरु भन्दै छ, ‘ओ टिकट यता….यता, ….. साँगीतिक धामका, ….डान्स् पाटी, लु आयो आयो ।’ कराउछन् साथीहरु रन्नपार्क र बस पार्कको झल्को आउने गरी । अन्य दिनमा साहुको हेपाइ, कामको थकानलाई थाती राखेर हलो र जुवाबाट छुटकारा पाएका हल गोरु जस्तै स्वतन्त्र छन् परदेशी । अनि पो फलना कन्सर्ट, डान्सपाटी । युवा–युवतीहरु आफ्न्त, साथीभाइ, गलफ्रेन्ड–ब्वाइफ्रेन्ड भेट्छन् । म तीन नम्बर नियाल्दै छु ।

मोबइलमा समय हेर्दा अपराह्रको साढे ४ बजेछ । सबैलाई ल्हास्सो फ्याफूल्ला ! भन्दै छिरे घेदुङ कोरियाको २०औं स्थापना दिवस र विदाई कार्यक्रमतिर । समयमै सउल नेपाल गुम्बाका लामा गुरु कुन्साङ लामा, बुसानबाट निवर्तमान अध्यक्ष रवि लामा, सल्लाहकार राण तामाङ, महासचिव दावा फिन्जो, मेरो ‘प्लास टु’ पढ्दादेखिको सम्दि जिक्तेन लो लगायत अन्य साथीहरु उपस्थित थियौं । तर घेदुङ अध्यक्ष राजकुमार स्याङ्तान कता हो कता ? महासचिवलाई सोधे खोई अध्यक्ष ? ‘खै एउटा कार्यक्रममा जानुभएको छ, त्यहाँ मन्तव्यको लागि समय कुर्दै छ रे’ उनले पनि रेडिमेड उत्तर दिए । लगभग डेट घण्टासम्म कुर्दा पनि अध्यक्ष स्याङ्तान आएनन् । अति भए पछि लामा गुरुहरु फेरि भेटाउला भनेर विदा हुनुभयो ।

गफगाफ चल्दै गर्दा कवि समिर बम्जन टुप्लुक्क आइपुगे । उनी पहिचान, समसामयिक सन्र्दभ आदिमा कलम चलाउछन् । दुई हप्ता अघि घेदुङले संघीय घेदुङ र ताम्सालिङ संघर्ष समितिसँग अन्तरक्रिया आयोजना गरेको कार्यक्रममा ताम्सालिङको घोषणापत्रमाथि १६ वटा प्रश्न राखेकोमा मैले प्रसांशा गरे । ‘अझ एउटा गतिलो प्रश्न थियो, राख्न सकिएन नी’, अझै १७ औं प्रश्न ? धत् धन्न सोधेनछन्।

दुई घण्टा हुनै लाग्दा अध्यक्ष स्याङ्तान आए उताको कार्यक्रमको व्याच भिरेर । गाह्रै छ संस्थाका मान्छेलाई पनि । त्यसपछि पनि कार्यक्रम सुरु गर्ने सुरसार गरेनन् । नाना रेस्टुरेन्टको अफिस हलमा १२–१५ जना मात्रै अट्ने कुर्सी छन् । सहभागी धेरै भएपछि त्यहाँबाट निक ट्राभलको हल तिर सर्यो । महासचिव दावा फिन्जो कुर्दाकुदै जोस हराएर सचिवहरुलाई कार्यक्रम संचालन गर्न अनुरोध गर्दै थिए । उनीहरुले स्वीकारेनन् । कार्यक्रम लगभग २ घण्टापछि सुरु भयो । पहिलो दिनको पहिलो कार्यक्रम । यस्तै हो कोरियामा हुने धेरै संघसंस्थाको हालत ।

संस्थाले व्यनार र ‘लेटरप्याड’मा जहिले लेख्ने नारा छ, ‘तामाङ भाषा, धर्म, कला, संस्कार, संस्कृतिको संरक्षण गरौं, आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं ।’ तर यो उद्देश्यसँग पुग्ने गरी काम गरिरहेको छ कि छैन ? एकातिर पहिचानको कुरा गर्ने अर्कोतिर २० वटा ‘नाङ्साल’ बालेर कार्यक्रम गर्नु पर्नेमा २० पनि नलेखेको ‘केक’ काटेर कही पहिचान झल्किन्छ ? यो तामाङ समुदायको संस्कार हो ? स्थापना दिवस मनाउन विधि थाहा छैन घेदुङलाई ? थाहा छैन भने ती ५० औं जना संरक्षक, सल्लाहकारहरुको के काम ? यस्तै–यस्तै प्रश्नले मन भरिएको छ । मन पो प्रश्नले भरिएको छ त, पेट त भोकाएकै छ । पेट भर्नतिर लागे । घेदुङकै खाना खाईयो । दुई घन्टाको दुई मान जतिको खाना बजाईयो । (फोनुन् टिलविल ताजी ।) लौ खा पेट नै अटेसमटेश ।

रामेछापका बुद्ध सम्दीले दिउँसैदेखि सुत्नलाई होटल खोज्नु है भनेर कल गरिसकेका छन् । घेदुङको कार्यक्रम सकिएपछि खोजौला भनेर बसेका थिए म । कार्यक्रम २ घण्टा ढिला सुरु भएकाले ९ बज्यो । एकैछिनमा दुध लामा जि भेट भयो त्यतै । दुध जि आफ्नै जिल्लाका अधिबेशनमा दिनभर ब्यस्त भएर भोकाएर आउँदै थिए । खाना खाएपछि कोठा खोज्न लाम्कियौं । दुई ठाउँ जति सोधियो, ‘फिन बाङ अप्सयो’ (कोठा खाली छैन) भन्ने मात्रै जवाफ आयो । बाटो छेउछाऊ गल्लीपिछे कोठा खोज्ने नेपाली र विदेशी धेरै भेटिन्छन् । एक होटलमा एउटा मात्र कोठा मिल्यो ३ जनाको लागि । पैसा तिरे, त्यहाँबाट निस्कियो । पर तिर एक ठाउँ सोधे पाएन । हामी फर्किदै दोङ्देमुनतिर लाम्कियौ । आउँदै गर्दा एल.बी. जिलाई कल गरे एक ठाउँ धेरै मिल्यो, एउटा दिने सहमती भयो । दुध जी र उसको साथी त्यही कोठामा जाने निधो भयो । भोलि भेटौला भनेर छुटियौं । बोटोमै गोकुल आस्यङ भेटभयो त्यतैबाट सेकुवा हाउसतिर हिडे ।

भोलि दोस्रो दिन कवि तथा गजरकार विनेश राई ‘मिन्जाई’को गजल पुस्तक विमोचन र चर्चा कार्यक्रम तय थियो । कार्यक्रम बारे आयोजकका साथीहरु समीप खेम पुन, उत्तम खाजुम, विष्णु सान्यस, पुस्तक लेखक मिन्जाई र अन्य साथीहरुसँग मेरो १० बजेतिर भेट भयौं । भोलिको कार्यक्रमबारे छलफल सकेपछि छुट्टियौं । म र मिन्जाई जि चाँहि कफीसपमा ‘क्याफेचिनो’को चुस्कीसँगै गफ गर्दै बसेका सैलुङकै गोकुल आस्याङ र राजिब सम्दीकोतिर पुग्यौं । त्यही केही गफगाफ सकेपछि मिन्जाई जी सुत्नतिर छुटिए । हामी मेघप्रसाद वाइबाको निम्तोमा रक्सीको गफ सुन्न त्यतै लाग्यौ । प्राय दोङ्देमुन क्षेत्रको नेपाली रेष्टुरेन्टमा खाना, रक्सी खाने र गीत संगीतमा रमाउनेको भिडैभिड । दोङ्देमुन क्षेत्रमा मात्र होइन, कोरियाभर रहेको रेष्टुरेन्ट नै त्यस्तै होला । कोभिड महामारीपछि यति धेरै सहरमा निस्केका नेपालीहरु पहिलो पटक हो । मानौ नेपालका पशुपति, बौद्ध, स्वयंम्भू, गोकर्ण, मातातिर्थको मेला जस्तै । मेघप्रसादको ‘आइरक’ गफ सुनेपछि राति २ बजेतिर सुत्न हिडे ।

दोस्रो दिन विहान ९ बजेतिर गोकुल आस्यङसँगै उठेर नजिकै कफीसापमा कफी र खाजा खायौं । कार्यक्रम तयारीको लागि म त्यहाँबाट छुटिए । यता आयोजक अध्यक्ष समीप जि र अन्य साथीहरु भेट्यौं । समीप जि अथितिको लागि व्याजहरु हतारिदै मिलाउदै थियो, मेरो जिम्मा कार्यक्रम संचालन गर्नु परेकाले अथितिहरुको नाम टिपाएर तयारी सकेपछि हलतिर लागे ।

पाँचौ तल्ला उक्लिएपछि हल भेटिए । साथीहरुले हल अलिक सानो रहेछ भनेर गुनासो गर्दै थिए । यस्तो बेलामा यो पनि ठूलो कुरा हो । समयमै सकाउनु पर्ने भएर कार्यक्रम सुरु गरिहाले मैले । ४० मिनेटभित्र औपचारिक कार्यक्रम सकाए । दोस्रो भाग संचालनका लागि कवि दिलिप बान्तावा राईलाई हस्तान्तरण गरेर कार्यक्रम सुन्न लागेँ । बल्ला अब साहित्य महोल सुरु हुने वाला छ । दोस्रो सेसनमा पुुस्तकमाथि परिचर्चा । कवि शकुन आँशुले गजलहरुमाथिको सौन्दर्य चेत बारे चर्चा, परिचर्चा गरिन् । त्यस्तै कवि ह्यारी बोण्डले संरचना पक्ष र स्पन्दन दिपक खनालले बैचारिक पक्षमा चर्चा तथा कमी कमजोरीको विश्लेषण गरे । तीन जनाको विश्लेषणले गजलबारे अझै बुझ्ने मौका मिल्यो । ‘आगो टेक्छ योद्धा’ भित्रका शेर विच्चमा गजलकार उत्तम खाजुमको दमदार वाचनले साहित्यप्रेमी सहभागीहरुको बीचमा साहित्यको महोल तात्यो । कार्यक्रम विर्षजनपछि सामुहिक फोटो क्लिकपछि गजल पुस्तक र कवि सुष्मा रानाहँमा राईको पुस्तक ‘आमाको तासफोटो’ लिएर दौडिए ।

दिउँसोको खाना खाएपछि पहाड चढ्न जाने तय भयो । इन्वाङ्सान जानलाई गोकुल, राजिब, सुरेश सम्दीहरु र विमल जिसँग भेट भयो । दोङ्देमुनबाट ७२० नम्बरको बस चढेर मुआग्जे स्टेशनमा ओर्लियो । हामी पहिलो पटक जादै थियौं । एकैछिन अलमल पर्यो । मोबाइलमा म्याप हेरेपछि अपाट्मेन्टको बिच्चबाट बाटो पत्ता लाग्यो । जंगलभित्र काठको सिँढीहरुमा उकालो चढ्यो । हिँड्दा हिँड्दै राजिब सम्दिले प्रश्न गरे, ‘यो काठको सिँढीहरु किन बनाएका होलान्, यसले पैदलयात्राको सौन्दर्य दिन्छ त ? सानो–सानो हुँदा सैलुङ कति चढे–चढे । यतिको पहाड पनि चढ्न सक्दैनन् त ?’ सकिन्छ । डाक्टर मार्टिनको जुत्ता लाएर हिडेपछि चढ्न सकिन्छ । राजिब सम्दिलाई व्यङ्ग्य ।

हरियाली वनजंगल, स्वच्छा हावा, शीत्तल छाँया, कलकल बागीरहेका खोल, सुनसान वातावारण । तल देर्दा गगनचुम्बी भवनहरु माथि अग्लो पहाड । खुल्ला ठाउँमा व्याडमिन्टका कोट, त्यसै वरिपरी व्यायमका समाग्रीहरु, जति खेले पनि जति व्यायम गरे बालै छैन । जंगल, पहाड भित्तमा कोरियन बौद्ध गुम्बामा दर्शनपछि ठाडो उकालो चढ्यौं हामी ।

हामी विना तयारी हिडेरहेका थियौं । पानी तिर्खा लाग्यो । ‘तिर्खले खोला धाउछ’ भन्छन् तर हामीलाई पानीले तिर्खा धाएको जस्तो भयो । पहाडको भित्तामा भेटियो नेपालकै जस्तो कुवा । पानी कुवा ! दङ्ग परे सबै । पानी पिउन भाडो पनि राखिएको छ । सुरेश सम्दीले पानी निकालेर सबैलाई दिनुुभयो । कुवाको पानी कुनै मेसिनले फिल्टर गरेको भन्दा कम छैन । फिल्टर गरेकोमा अलिक स्वाद कम हुन्छ, तर यसमा स्वादिलो र चिसो । प्यास मेटायो । विकासित मुलुकमा कुवा अझै संरक्षित रहेछ ।

पहाडको डाँडामा पुग्यौं । गरम गरम भएर शरीरमा पसिना आएछ । सम्दीहरु गफिन थाले । विदाको समयमा यसरी हो रमाइलो गर्ने । कति बजार, भिडभाडको कलाहलमा मात्रै बस्ने यसरी घुम्नुपर्छ बेलाबेलामा । राजिब सम्दी र म यता ठुलो ढुङ्गामाथि चढेर दुईचारटा फोटो खिच्दै थिए । गोकुल आस्याङले पछाडिबाट भनिहाले ‘राजिब आस्याङको विहे भा छैन, राम्रो फोटो खिचिदिनु, कसैले पत्याइहाल्छन् कि !’ हहहह ओके ।

माथितिर हेर्दा लस्करै पहाडहरु छन् । त्यसैमा अलिक नजिकै अलिक अग्लो ‘बुख्खासान’ ठिङ्गा उभिएको छ । ‘धोबोङ्सान’ अलिक परै देखिन्छ । विश्वका पाँचौ अग्लो ‘लोट्टे’ टावर र ‘नामसान सउल भ्यू’ टावर प्रष्टै देखिन्छन् । व्यवस्थित गाउँहरु, आकाशचुम्बी भवनहरु, विच्चमा सुस्तरी बगिरहने सफा ‘हाङ्गाङ’ नदी । नदीले राजधानीलाई चिरेको जस्तो । तल हेर्दा राष्ट्रिपति भवन ‘ब्लु हाउस’ र जोमोन राजवंशको ऐतिहासिक राजदरबार (ख्याङबोक्खोङ) छ । पश्चिममा घाम डुब्दैछ । आकाशमा हवाईजहाज उडिरहेकै छन् । चाडबाड मनाउन आएका होलन् । हामी जस्ता मजदुरहरु विदामा घरदेश परिवार भेट्न गइरहेका होलान् । विदा मनाउन थाइल्यान्ड, सिंगापुर, युरोप, अमेरिका, अस्ट्रेलिया घुम्न निस्केका पनि होलान् ।

हो यही डाँडाको फोटो देखाउँदै रामेछापका बुद्ध सम्दीले ‘सायद २ बर्षअघि नै हामी यसो हावा खान जानु पर्छ है’ भनेर सुझाएका थिए । अन्तै व्यस्तताले आज सम्दी हामीसँग मिसिन पाएन । हामी केही फोटोहरु क्यामेरामा कैद गरेर । मन, मष्तिकमा जिन्दागीभरका लागि कैद गरेर ओरालो झर्यो । बाटोमा उकालो चढ्नेहरुको भिडै–भिडमा काखमा बच्चा बोकेर उकालो चढ्दै पनि थिए । पूर्णिमाको बेलुकी जुन उदाउँदै छ । त्यो पूर्णिमाको रात र उज्यालो, धपक्क बलेको राजधानी हेर्न सास् तान्दै, लट्ठी टेक्दै डाँडामा उक्लेका हुन् । हामी पनि एकैछिन् पूर्णिमाको जुन हेरेर रेल स्टेशनतिर फकियौं ।

दोस्रो दिन भएको धेरै संख्यामा मानिसहरु निस्केका रहेछन् । दोङ्देमुन आइपुग्यो । ३ नम्बर गेट वरिपरि भिडैभिड, खुट्टा भुइमा राख्ने ठाउँ छैन । २ गाडी पुलिस आएर बाटो खुलाउँदै रहेछ । एनआरएनएका अध्यक्ष बुद्धि गुरुङ पनि स्वंयमसेवक गर्दै थिए । हिजो ५–६ जना नेपालीहरुलाई पुलिसले समातेर लगेको रहेछ’, उनले सुनाउँदै भने, ‘जथाभावी फोहोर गर्ने, बाटो मै चुरोट रक्सी खाने, भिडभाड गरेको भएर समातेका रहेछन् भन्ने बुझेको छु ।’ नेपाली पारा ।
मोटेलमा कोठा पायो भनेर सुरेश सम्दी र विमल जिबाट खबर आयो । दिनभर कार्यक्रमतिर व्याच भिरेर आएका गौतम गोले सम्दीसँग भेट भयो । सँगै खाना खाएपछि भाइ अनिष र म बस चढेर हुइकियो सुत्नतिर ।

तेस्रो दिन जोमोन राजवंशको ऐतिहासिक राजदरबार तिर जाने निधो भयो । विहान १० बजेतिर उठेर दोङ्देमुन आइपुग्यो । होटल, रेष्टुरेन्टहरु हिजोको ब्यस्तताले भर्खर–भर्खर सरसफाइ र किचेनमा खानेकुरा तयार हुँदै छ । पोतला रेष्टुरेन्टका साहुजी तथा घेदुङका अध्यक्ष राजकुमार आस्याङ गेटमै भेट भो । पोतलामै चिया र मिठो मासुभात खाएपछि ३ नम्बर गेटको भिडमा जिक्तेन सम्दिको नुवाकोटे ग्रुप भेटेपछि रेल चढेर गन्तव्यतिर लागियो ।
भिडभाड, चहलपहल निकै । कोरियाली, विदेशीहरु हान्बुक (कोरियन मौलिक पहिरन) लगाएर रंगीचंगी । रातो, सेतो, पँहेलो, निलो रंगका लुगामा फुलबुट्टा भरेका मौलिक पहिरण लगाएर सेल्फी खिच्दै । गल्फ्रेन्ड–ब्याइफ्रेन्ड होलान् । बुढा–बुढी, परिवार पनि होलान् र हामी जस्ता युवाहरु पनि छन् । जोडीहरुले बेहुला–बेहुलीका पहिरनमा छन् । कोहीले राजा–रानीका, कोहीले सेनापतिका पहिरनमा आइफोन निकाल्छन् र सेल्फी खिच्छन् । रमाइलै छ डिजिटल जिन्दगी ।

साथीहरुको पोज–पोजमा खिचिदिएँ । अनि क्यामराम्यानकै कसले खिच्ने ? पीडा छ । पहिलेका राजाको सिंहशन भवन विच्चमा छ । दरबारका सबै भवनहरु, गेटहरु काठबाट निर्माण गरेका छन् । काठमा आकर्षक बुट्टा (कला)ले भरिएका छन् । दरबार वरपर घुमियो । दरबारको पुर्वपट्टी अकर्षक पाँच तले प्यागोडा/पगोडा शैलीमा निर्माण गरेको मन्दिर ।

एकैछिनमा मुल फुटेझै पानी पर्यौ । हामी फर्किदै थियो । सुरेश सम्दीको कलमा भने, ‘सम्दी कता हो ? हामी पनि यतै (ख्याङबोक्खोङ)मा छौं ।
मैले भने, ए होर ! हामी निस्किन लागेको ।
‘फेरी आउनुस्, घुमाउँला । विमल आस्यङ पनि आउँदै छ ।’ सम्दीले भने ।
‘ए हो र, हुन्छ ।’ फोन काटियो ।

रेल स्टेशनबाट नुवाकोटको सम्दीहरुलाई विदा गरे । विमल जि दिउँसै कम्पनी(कोठा) फर्किने भनेर फोनमै छुटेका थियाैँ । फेरी फर्केर आएछ । हामी सबै भेट भयो । सुरेश सम्दीसँग गाउँकै काका, भाइहरु र साथीहरु आएका रहेछन् । उनको काकाचाँहि हाम्रो साँचिकै ‘आस्यङ’ परेछ । भाइ र मैले ल्हास्सो फ्याफुल्ला गरियो । पोहोर साल माघमा मेरो माइलो दाइले उनै आस्यङकै जेठा दाइको छोरी (भातिजी) बिहे गरेको थियो । नाजिककै चिनजान भयो । झन्डै ‘आइरक’ सगुन राखेर ढोगभेट नै पो भएको । तामाङ रीतीरिवाज अनुसार नाजिकको साइनो भएको चिनजानमा भेट भयो भने तीन पटक ढोगभेट गर्ने चलन छ ।

सुरेश सम्दी र आस्यङहरुलाई त्यतै विदा गरेपछि हामी रेल स्टेशनतिर कुद्यौं । विमल जि छाङ्न्याङ्री हुँदै खाङ्वान्दो हुँइकिए । हातमा लुगाको पोको, बुईमा क्यामेरा ब्याग भिरेर म दोङ्देमुनबाट ह्वासाङ हान्निएँ । अनिष भाइ इन्छन् गिम्पु हुँइकिए । अरु साथीहरु अझै दो ह्याप्पी छुसक भन्दै दोङदेमुनमा आईरक कथा सुनाउँदै छन् ?

तस्विरहरू-

सम्बन्धित लेखहरु

इन्वाङ्सानबाट सौल सहरलाई एक नजर

सेकेन्ड ह्यान्ड मन

एउटा देश टुक्रिएर दुइटा

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...