दोङदेमुन गेट नंम्बर तीन


छुसकको विदा हुनु पहिले अलि टाढै घुम्न जाने योजना बन्दैथ्यो । तर यस पटकको छुसक सउल वरि परि नै बित्ने भो । यसो उसो दोङदेमुन जिन्दाबाद ।
पाँच दिन नै कोठामा नआउने भए पछि लाउने कपडा प्याकिंग शुरु भयो । एकजोर, दुईजोर, तीन जोर हुँदा हुँदा लौ शुटकेश भरियो तर मन भरिएन । केही सामान हाल्न छुट्यो कि ? मनमा यस्तै लाग्दैछ ।
छुसक बिदा शनिबार भए पनि शुक्रबार काम सकेर लागियो सुवन तिर । सुवनमा साथीभाइ छन् । लेट नाइट लाइफ छ । ठाउँ पनि रमाइलै छ । रातभरी चल्ने डिस्कोथेक छन् । रातैभरि हेर्न मिल्ने फिल्महल छन् । हामी फिल्म हेर्ने योजनामा छौ । लेटनाइट शो ।
चार घन्टा सुते पछि लागियो एक नम्बर लाइन रेल चढेर नेपाली नै नेपालीको सहर दोङदेमुन तिर । दोङदेमुनमा विश्वमै उदाहरणका रुपमा लिइने दोङदेमुन डिजाइन प्लाजा छ । प्लाजा भित्र पार्क, म्युजियम, कफी शप छन् । किनमेल गर्न चाइनिज मार्केट छ, महंगो ब्रान्ड किन्न डोट्टा सपिंग सेन्टर पनि छ । फुटपाथको पसल पनि छन् । रत्नपार्ककै झल्को दिने गरि । केही दिन अघि मैले पनि मध्यरातमा त्यही फुटपाथको पसलबाट लामो सर्ट र चस्मा किनेकी थिए ।
दोंगदेमुन पुगेपछि यहाँको रमझमले सबैलाई लोभ्याउछ ।
‘कता भेट्ने ? ‘
‘दोङदेमुन ।’
‘दोङदेमुन कता ?’
‘गेट नं. ३ मा आउ न ।’
सबै नेपालीको प्यारो गेट नं. ३ मलाई पनि राम्रो लाग्छ । पहिलो पटक साथीलाई भेट्न दोङदेमुन पुगेकी थिएँ । फोनमा साथीसँग गरेको कुरा हुन् यी ।
सबैलाई सजिलै थाहा भएको गेट नं. ३ मेरा लागि खोज्न कम्ति अप्ठ्यारो भएको थिएन । कम्पनी व्यस्त थियो । कोरिया भन्नु नै कम्पनी त थियो । आएको ९ महिनासम्म कतै निस्केको भए पो । कम्पनी छोडेपछि अब त कोरिया अलिकति भएपनि घुम्न पर्यो भन्दै निस्किएकी थिएँ । गेट नं. ३ भेटिए पो ।
हामी नेपाली । गुगल म्याप, स्टेशनमै भएको म्याप पनि कस्ले हेर्ने । कसरी हेर्ने भन्ने पनि हो ? थाहा छैन । म दोङदेमुन स्टेशनमै हराएँ । कोरियन भाषा पनि उस्तो आउँदैन । धेरै बुझिन्छ । थोरै बोलिन्छ । अब कस्लाई सोध्नु ? बल्ल नेपाली जस्तो अनुहार भएको मान्छे देखेँ । ‘दाइ, कता हो गेट नं. ३ ?’
मेरो प्रश्न सुनेर ऊ हाँस्यो । कस्तो नेपाली दोङदेमुनको गेट नं. ३ पनि थाहा नहुने । शायद मन मनै सोच्यो । ‘तैपनि उसले बाटो देखाइ दियो । सिधै गएर बायातर्फ मोडेर सिडी उक्लिनुहोस् ३ न गेट पुग्नुहुन्छ ।’ त्यही थियो पहिलो पटक गेट नं. ३ पुगेको दिन ।
नेपालीका लागि दोङदेमुन गेट न ३ विशेष छ । गेट पुग्ने वित्तिक्कै कोही न कोही नेपाली बसेकै हुन्छन् । मानौ अरु दिन कम्पनीमा काम गरे जस्तै आज उसको गेटमा पहरा दिने काम छ । गेट वरपर नेपाली आआफ्नो गु्रप बनाएर बसेकै छन् । उनीहरु आफैमा मग्न छन् । राजनैतिक गफ, साथीभाइको गफ, कामका गफ, समाज सेवाका गफ त्यही गेटबाट शुरु हुन्छ ।
सलनाल छुसकको बेला गेटको शान झन बेग्लै हुन्छ ।
रेल झरे देखि नै नेपाली भेट हुने दोङदेमुनको गेट नं. ३ बाट बाहिर निस्कन लाइन लाग्नु पर्छ । सबै आआफ्नै कुरा भन्न तयार छन् । सुन्ने कोही छैनन् । कतै कन्सर्टका कुरा कतै फिल्मका । कतै साथीभाइ भेटघाटका कतै धर्मकर्मका । सानो नेपाल नै भन्दा होला कि ? झोले संस्था छन् संस्थाका संस्थापक छन् । नेता छन् कार्यकर्ता पनि छन् । स्वघोषित समाजसेवी छन् स्वघोषित पत्रकार छन् । एकसय एक छन् । हैट निस्कने कसरी ?
कतै हिडेका कोरियन भद्दा गाली गर्दै हिडिरहेका छन् । नेपालीको कल्याङ मल्याङ हल्लामा कोरियनको गाली पनि नेपाली झै सुनिन्छ र हराउँछ कता कता ।
सांस्कृतिक कार्यक्रम हेर्न अनि कलाकारलाई भेट्न दोङदेमुन मै छु । दोंगदेमुन ३ नं. गेट अगाडि टिकट बेच्नेको घुइचो छ । लाइभ कन्सर्ट, सांगीतिक धमाका, सांगीतिक सौगात, डान्स पार्टी कता पो जाने ? एक्लो मान्छे । सबै आयोजकका स्वयंसेवी आआफ्नो संस्थाको ज्याकेट टोपी लगाएर चिच्याएका छन् । अर्काको भन्दा हाम्रो राम्रो । सुबिधा पनि गाडीले कन्सर्ट हलको गेटमै छाडिदिन्छ । कराका कराकै छन् । सबैले आफ्नो टिकट विक्री काउन्टर पनि राखेका छन् । डान्स पार्टीको ब्यानर पनि झुण्डिएकै छ । हात हातमा पर्चा छ । बाँडेकै छन् । गेट अगाडि मान्छे तान्ने रस्सा कस्सी छ । केही पर नेपाली खाजाको स्टल पनि छ । ‘नेपाली पाराको चिया हजुर । सेल रोटी पनि छ ।’ खाजा स्टलसँगै छ नेपालमा पैसा पठाउने मनि ट्रान्सफर सेवा । हुन्डिवालालाई च्यालेन्ज गर्दै बसेको ।
गेट नं. ३ जस्तै दोङदेमुनका नेपाली रेष्टुरेण्टलाई ग्राहकको चाप धान्न धौ धौ छ ।
म र मेरा साथीहरु नेपाली खाना खान लुम्बिनी रेष्टुरेण्ट छिर्यौ । अहो कति धेरै मान्छे । बस्ने ठाउ भए पो । जाउँ कता जानु ? १५ मिनेट कुरे पछि चिठ्ठा पर्यो । एउटा टेबुल खाली हुने भो । यतै बसौ । खाना बुफे सिस्टम छ । पैसा पनि अरु बेला भन्दा अलि महंगो छ । मन लागेको जति खानुस् । आफै हालेर । पैसा तिर्नुस जानुस् । लुम्बिनीको समोसा साह्रै मिठो । भात भन्दा पहिले समोसा खायौ । मिठै छ ।
दक्षिण कोरिया आएपछि दोङदेमुन नपुग्ने शायदै कोही नेपाली होलान् । म पनि त्यतै हुन्छु । फुर्सदमा दोङदेमुनको गेट न ३ मा भेटौ ला है ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...