शेर्पा संघको पाँचौं अधिवेशन सम्पन्न अध्यक्षमा दोर्ची शेर्पा  चयन


शेर्पा संघ दक्षिण कोरियाको पाँचौं अधिवेशन सम्पन्न भएको छ । शनिबार भएको अधिवेशनबाट दाेर्ची शेर्पा अध्यक्षमा चुनिएका छन् ।

कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष प्रेम लक्की शेर्पा, उपाध्यक्ष ङवाङ साेनाम शेर्पा रहेका छन् । महासचिव दाेर्जे शेर्पा, सचिब फुर्तेम्बा शेर्पा, कोषाध्यक्ष पासाङ काजी शेर्पा छन् । कार्यसमितिको सदस्यहरुमा पासाङ शेर्पा, साङ्गे रिन्जीन शेर्पा, साेनाम शेर्पा रहेका छन् ।

अधिवेशनको खुल्ला सत्रमा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष बिशन राई, किरात याक्थुङ चुम्लुङका अध्यक्ष दिर्ज काङवा लिम्बू, थारु कल्याणकारिणी सभाका अध्यक्ष शिव शंकर महतो, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष गोकुल थोकर, नेपाल बौद्ध परिवारका अध्यक्ष कुसाङ शेर्पा, नेपाल मगर संघका अध्यक्ष तुला घर्ती मगर लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मन्तव्यका क्रममा आदिवासी जनजाति महासंघका अध्यक्ष विसन राईले संगठन नै शक्ति भएकोले कोरियामा रहेका सबै शर्पाहरु एक भएर अघि बढ्नु पर्ने बताए । बौद्ध परिवारका अध्यक्ष कुसाङ शेर्पाले अहिलेका अध्यक्ष थुतुङ गेल्जी शेर्पाले धेरै खटेर शेर्पा समुदायको कोरियामा रहेको नेपाली समुदाय माझ चिनाउन सहयोग गरेको विचार राखे ।

सन् २०११ मा स्थापना भएको संघले शेर्पा समुदायको उत्थानका लागि विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।

अधिवेशनका तस्वीरहरु

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • अष्ट्रेलियाबाट दलेन्द्र गुरुङको “आरुपाटे” सार्वजनिक [भिडियो सहित]
  • तमू समुदायको ल्होसारलाई संगीतमय बनाउन “जालुमाया गुरुङ” कोरिया आउने
  • नेफिन कोरियाद्वारा “पहिचान संवाद” सुरु, पहिलो शृङ्खलामा रैथाने संगीतकर्मी झुमा लिम्बू
  • कोरियाको सौलमा डिसेम्बर १५ तारिख चासोक तङनाम मनाइने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...