Advertisement
SKIP THIS

काभ्रे सम्पर्क समितिको अधिवेशन सम्पन्न, अध्यक्षमा सुमन चौलागाई 


काभ्रे सम्पर्क समितिको सातौं अधिवेशन सम्पन्न भएको छ । विहिबार सौल साङ्सु स्थित यती रेस्टुरेन्ट एण्ड बारमा भएको अधिवेशनबाट सुमन चौलागाई अध्यक्षमा सर्वसम्मतिले निर्वाचित भएका छन् ।  

अध्यक्ष प्रकाश योञ्जनको सभापतित्वमा भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेपाली राजादुतावासको प्रतिनिधित्व गर्दै तृतीय सचिव संगम खत्रीको उपस्थिती रहेका थिए । विशिष्ट अतिथीहरुमा एन. आर. एन. ए. दक्षिण कोरियाका माहासचिव केशव थापा, एम टि यू का अध्यक्ष उदय राई तथा एन सि सि कोरियाको प्रतिनिधीको उपस्थित रहेको थियो । त्यसैगरी विशेष अतिथीको रुपमा बागमती  प्रदेश एकता समाज दक्षिण कोरियाको अध्यक्ष बिपी पौड्याल तथा कोरियामा रहेका भिनिन्न क्षेत्रीय तथा जातीय संस्थाहरुको प्राधिनिधहरु अतिथीको रुपमा उपस्थित भएका थिए ।

कार्यकममा सहभागि सबैले काभ्रे सम्पर्क समिती दक्षिण  कोरियाले गरेको सामाजिक कार्यहरुको खुलेर प्रशंसा गरेका थिए ।  

साथै संस्थाले दक्षिण कोरियामा रहेर भिविन्न क्षेत्रमा विशेष योगदान दिएकाहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा एम टि यू  कोरियाका अध्यक्ष उदय राई, एन.आर.एन.ए. दक्षिण कोरियाका माहासचिव केशव थापा, काभ्रे संपर्क समितिको पुर्व अध्यक्षहरु सानु लामा र सिताराम तिमीलसिना रहेका छन् । त्यस्तै सञ्चार क्षेत्रमा योगदान दिएको भन्दै फोनिज कोरिया र विशाल आवाजलाई पनि संस्थाले सम्मान गरेको छ ।  

 

अधिवेशनको बन्दसत्रबाट चौलागाईको अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा सुष्मा थापा निर्वाचित भएका हुन्  भने उपाध्यक्षहरुमा नवराज तिम्लिसिना र अजय लामा रहेका छन् । महिला उपाध्यक्षमा देवीमाया चौलागाई, सचिवमा हिमाल स्याङ्‌तान, सह-सचिवमा राजेन्द्र प्रधान र कोषाध्यक्षमा  आशिष तामाङ तथा  सह-कोषाध्यक्षमा  प्रीयतन श्रेष्ठ रहेका छन् । त्यसैगरी सदस्यहरुमा नारायण घिमिरे, सूर्य ब्लोन तामाङ, दिनेश गौतम र केशवमान तामाङ रहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘कोरिया सन्देश ‘ जर्नल विमोचन, समारोहमा कस्ले के के भने?
  • प्रथम सेवारो कपको उपाधि ‘आस्याङ ‘ एफ सीलाई
  • कोरियाको पहिलो शोमा ‘अञ्जिलाले’ दर्शकको मन जित्यो
  • परिस्थितिले सिर्जना गरेको एकता महाधिवेशन NRNA का लागि अवसर हो। विनोद कुवँर
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...