Advertisement
SKIP THIS

घेदुङ कोरियाले ‘गोतोजि छोर्तोजि’ शृङ्खला गर्दै, पहिलो शृङ्खला संस्कार सम्बन्धी


नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले शनिवारदेखि ‘गोतोजि छोर्तोजि’ (बुझौँ र जागौँ) अन्तरक्रिया शृङ्खला गर्ने भएको छ । अनलाइन जुम ‘भर्चुअल’ माध्यमबाट सेप्टेम्बर २३ देखि सुरु गर्न लागेको पहिलो शृङ्खलामा अनुसन्धानकर्ता तथा लेखक खोजराज गोले अतिथीको रुपमा रहेको छ ।

कार्यक्रमको पहिलो शृङ्खलामा अध्यता खोजराज गोलेसंग  तामाङ समुदायको संस्कार सम्बन्धी अन्तर्कृया हुने जनाएको छ । संस्कार सम्बन्धी पनि विशेष गरी विवाह संस्कृति अन्तर्गतका कुटुम्बा, साईनो, चारदामको महत्त्व, ताम्बा र डम्फुरेको भूमिका, चेलीलाई दिने पेवा र तामाङ विवाह संस्कृतिको विकृतिहरू लगायतका अन्य विषयहरुमा छलफल र विमर्श हुने जनाएको हो ।  

कार्यक्रम सञ्चालन गर्न घेदुङले केशवमान तामङको संयोजकत्वमा एक समिति समेत गठन गरेको छ । समितिमा निर योञ्जन र एल. बि. रूम्बा रहेका छन् । कार्यक्रम प्रस्तोता घेदुङ कोरियाको सचिव समेत  रहेका एल बी रुम्बा रहेको छ ।  

“तमाङ भाषा, साहित्य, कला, धर्म संस्कृति, र इतिहास बारे बुझौँ आफ्नो अस्तित्व र पहिचानको निम्ति जागौँ ।” भन्ने मूल नाराको साथ कार्यक्रमको सुरुवात गर्न लागेको संयोजक तामङले बताए । “तमाङ तथा तामाङ समुदाय बारे अध्ययन अनुसन्धान गर्ने र तामाङ समुदायको बारे बुझ्न चाहनेहरुलाई लक्षित गरेर गोतोजि छोर्तोजि कार्यक्रम गर्न लागेको हो ।” उनले फोनिज कोरियालाई बताए । 

कार्यक्रममा तामाङ समुदायको संस्कार, संस्कृति, राजनीतिक ज्ञान, रीतिरिवाज, पहिचान लगायतको विविध विषयमा छलफल र बहस हुनेछ । महिनाको अन्तिम शनिवार बेलुका हुने उक्त कार्यक्रम लगभग १ देखि साढे १ घण्टासम्मको हुने बताएको छ ।  

राजनीतिक, सामाजिक, आर्थिक, महिला तथा अन्य लैङ्गिक समूह लगायतका विषयहरूमा पनि कार्यकममा छलफल हुने कार्यक्रम सञ्चालक रुम्बाले बताएका हुन् । “इतिहास, मौलिक खाना परिकार, भेषभूषा लगायत विविध विषयवस्तुमा पनि कार्यक्रममा अन्तर्कृया हुन्छ ।” रुम्बाले थपे ।  

प्रत्येक महिनाको अन्तिम शनिबार हुने कार्यक्रमलाई विश्वभर रहेका आम समुदायले घेदुङ कोरियाको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणमार्फत सुन्न र हेर्न सकिने छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्ण राई लाइभ कन्सर्टमा DSLR क्यामरा सहित प्रवेश गर्न के के छन प्रवधान?
  • ब्लकबस्टर चलचित्र ‘अञ्जिला’ कोरियामा पनि आक्रमक रुपमा प्रदर्शन हुँदै
  • कोरियाका नेपाली संस्थाहरुसँग NRNA ले एकता महाधिवेशन बारे अन्तरक्रिया गर्दै
  • कोरियाको होली उत्सवमा नारा लगाउनेलाई राष्ट्रविरोधिको संज्ञा दिँदै कारबाहिको माग
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...