Advertisement
SKIP THIS

कोरियाको छाङ्वनमा माम्फ हुदै, नेपालबाट गायक छेवाङ लामा आउने


कोरियाको छाङ्वन शहरमा हरेक वर्ष हुदै आएको बहुसाँस्कृतिक कार्यक्रम ‘माइग्रेन्ट आरिराङ् मल्टिकल्चरल फेस्टिभल’(माम्फ) यहि अक्टोबर २०, २१ र २२ तारिख हुने भएको छ। ख्याङनाम माइग्रेन्ट सेन्टर र माम्फ आयोजक कमिटिले आयोजना गर्दै आएको १८ औं माम्फमा नेपाल, चीन, जापान, म्यानमार, मंगोल, भियतनाम, थाइल्याण्ड, उजबेकिस्तान, पाकिस्तान, कम्बोडिया, फिलिपिन, श्रीलंका, बंगलादेश, इन्डोनेसिया, जापान र दक्षिण कोरिया गरी १६ मुलुकहरुले सहभागिता जनाएका छन्। विभिन्न मुलुकको कला, संस्कृति र भेषभूषालाई एकै स्थलमा प्रस्तुत गरिने कार्यक्रम माम्फमा विभिन्न मुलुकबाट कलाकारहरु आएर आफ्नो साँगीतिक प्रस्तुती पस्कने छन्। यो पटक माम्फका लागि नेपालबाट युवा गायक छेवाङ लामा आउने भएका छन्।

शुक्रबारदेखि आइतबार तीनदिनसम्म छाङ्वनको यङ्जी पार्कमा हुने उक्त फेस्टिबलमा हरेक मुलुकको विभिन्न प्रस्तुतीसहित बहुसांस्कृतिक विविधता परेड, एशियाली संगीत कन्सर्ट, ग्लोबल माइग्रेन्ट डान्सका साथै विभिन्न मुलुकलाई चिनाउने कला प्रदर्शनी र विविध सामग्रीसहितको स्टलहरु राखिने आयोजकले जनाएको छ।

५० हजारभन्दा बढी व्यक्तिहरुको उपस्थिति रहनुका साथै ख्यङ्नाम MBC टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने कोरियाकै सबैभन्दा ठुलो बहुसाँस्कृतिक महोत्सव माम्फमा नेपालले पनि अन्य मुलुकहरु सँगै उत्साहजनक र उपलब्धिमूलक सहभागिता जनाउदै आएको छ। “विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि हामी प्रवासी नेपालीहरु एकवद्ध भएर हाम्रो देश नेपालको प्रतिनिधित्व गर्दै नेपाली कला, संस्कृति, भेषभूषा, संस्कार र परम्परालाई चिनाउने प्रयास गरिरहेका छौं”, ख्याङनाम नेपाली समाजका अध्यक्ष धनबहादुर मगर भन्छन्।

त्यसैगरी समाजका महासचिव रमेश अधिकारी विशेषगरी ख्यङ्साङ्नाम्दो क्षेत्रमा छरिएर रहेका सम्पूर्ण नेपालीहरु एकवद्ध भएर माम्फ कार्यक्रमलाई सफल पार्न आग्रह गर्दै अगाडि भन्छन्, “माम्फको अन्तिम दिन आइतबार हुने मुख्य कार्यक्रम ‘धामुन्ह्वा परेड’मा आफ्नो देशको कला र संस्कृति झल्कने र्याली, झाँकी, नृत्य जस्ता विभिन्न कलाको माध्यम मार्फत् नेपाललाई प्रस्तुत गरिने भएको हुँदा आफ्नो राष्ट्रको प्रचार प्रसार र प्रवद्र्धनका लागि हामी सबै एकजुट भएर लागौं।“

प्रवासीहरुका लागि गरिने कोरियाकै सबैभन्दा ठुलो महोत्सवमा सहभागी राष्ट्रहरुका राजदूतसहित उच्च निकायका व्यक्तित्वहरुको समेत उपस्थिति रहने माम्फको मुख्य आकर्षण ‘धामुन्ह्वा परेड’मा यो वर्ष ‘कलश जात्रा’का साथै शक्तिको प्रतिक नवदुर्गा भवानी, नेपालको सान र पहिचान सगरमाथा र भगवान गौतम बुद्धका प्रतिमासँगै नेपाली परम्परागत विवाहमा अनिवार्य बजाइने मौलिक बाजा ‘पञ्चेबाजा’को धुनसँगै धामुन्ह्वा परेडलाई आकर्षक रुपमा प्रस्तुत गरिने आयोजक नेपाली समूहका योगिता गौतम बताउँछिन्। उनका अनुसार आइतबार दिनको ११ बजेदेखि ३ बजेसम्म ख्याङनाम नेपाली समाजले नेपालीहरुको महान चाड दशैं पर्वको आयोजना गर्ने भएको छ। “यो पटक दशैं मनाउनुको कारण माम्फको दुई दिन पछि दशैं पर्ने रहेछ। त्यसैले प्रवासमा रहेका हामी नेपालीहरुबिच एकता, सदभाव र प्रेम दर्शाउदै दशैं मनाउन लागिएको हो।“ दशैं कार्यक्रमसँगै विभिन्न गीतसंगीत, नृत्य, कविता वाचन तथा हाँस्यव्यंग्य, क्यारीकेचर जस्ता मनोरञ्जनात्मक कार्यक्रम गरिने ख्याङनाम नेपाली समाजले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...