कोरियामा सर्वाधिक ठुलो धनराशिको फुटबल प्रतियोगिता हुँदै, प्रथम पुरस्कार ४० लाख वन


दक्षिण कोरियामा सर्वाधिक धनराशिको ‘तेस्रो बुढासुब्बा कप फुटबल प्रतियोगिता २०२३’ सेप्टेम्बर ३० मा हुने भएको छ । ख्याङगीदोको दोङ्दुजेन(Dongducheon) सिटी फुटबल स्टेडियममा हुने उक्त फुटबल प्रतियोगितामा बिजेताले ४० लाख वोन अर्थान कारीव नेपाली ४ लाख रुपैयाँ प्राप्त गर्ने छ । धरान फुटबल क्लबले आयोजना गर्न लागेको यस् फुटबल प्रतियोगिता कोरियामा नेपालीहरुले सञ्चालन गरेको अहिले सम्मकै सर्वाधिक धनराशीको हो ।

प्रतियोगिताको उपविजेताले २० लाख वोन प्राप्त गर्ने छ । साथै विजेता तथा उपविजेताहरुलाई ट्रफि, मेडल र प्रमाम पत्र सहित सम्मान गरिने आयोजक कमिटिका संयोजक मदन राईले फोनिज कोरियालाई जानकारी दिएका हुन् ।

अन्य विधाहरुमा उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी र उच्च गोलकर्तालाई पनि जनही एक लाख वानका दरले पुरस्कृत गरिने छ । “कोरियामा छरिएर रहेका नेपाली फुटबल क्लबहरुलाई सहभागिता को लागि हार्दिक अनुरोध गर्न चाहन्छु । ” संयोजक राइले अनुरेध गरे ।

फुटबल क्लबहरुले सेप्टेम्बर १५ तारिखसम्ममा टिम दर्ता गर्न सकिने छ । टिम दर्ताका लागी ४ लाख वन शुल्क लाग्ने छ ।

यति ठूलो धनराशिको प्रतियोगिता आयोजक ‘धरान फुटबल क्लब’ को स्थापना सन् २००३ मा भएको हो । दक्षिण कोरियामा रोजगारीको सिलसिलामा आएका पूर्वान्चल क्षेत्र धरान शहरका खेलकुद लगायत फुटबलप्रेमीहरु शरण राई, राजु राई, हेम गुरुङ, मदन राई, रिचार्ड सुब्बा, सुमन सुनुवार लगायतको सकृयातामा धरान फुटबल क्लब’ को स्थापना भएको हो । प्रबासी भूमिमा फुटबलको माध्यमबाट धरानको चिनारी बनाऊ भन्ने उद्धेश्यले क्लबको स्थापना भएको हो ।

स्थापना काल देखि नै विभिन्न समयमा दक्षिण कोरियामा हुने गरेको नेपाली फुटबल प्रतियोगिताहरु लगायत अन्तरदेशिय फुटबल प्रतियोगिताहरुमा पनि धरान फुटबल क्लबको ईतिहास जीवन्त रहेको नेपाल फुट्बल संघ दक्षिण कोरियाका अध्यक्ष ब्रो तमुले बताए । “यसरी नै नेपाली फुटबलको बिकासको धरातालमा धरान फुटबल क्लबको योगदान अतुलनीय रहेको सर्बबिदितै रहेको छ ।” अध्यक्ष तमुले थपे ।

गणतन्त्र कोरियामा नेपाली फुटबल क्लबहरुको साझा संस्था नेपाल फुटबल महासंघको स्थापना भए लगतै धरान फुटबल क्लबले आयोजना गरेको “पहिलो बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता २०१६” को उपाधि मगर फुटबल क्लबले हात परेको थियो । दोश्रो प्रतियोगिता २०१७ मा भने मनाङ्ग फुटबल क्लबले बिजयी हासिल गरेको थियो ।

२०१८ पछि विविध कारणले आयोजना हुन नसकिएको यस नेपाली फुटबल प्रतियोगिता लामो समयको अन्तरालपछि फेरि हुन लागेको हो । कोरियाको छुसक पर्बको अवसर पारि धरान फुटबल क्लबले ” तेस्रो बुढासुब्बा कप फुटबल प्रतियोगिता 2023 ” आयोजना गर्न लागिएको हो ।

यस प्रतियोगितको मुख्य प्रायोजक नेपाल थाई रेस्टुरेन्ट सउल रहेको छ भने सञ्चार सहयोगीहरुमा fonijkorea.net, बिशाल आवाज, Janaaawaj online. कम goalnepal. लयायत रहेको छ ।

पतियोगिता नेपाल फुट्बल संघ दक्षिण कोरियाको सहकार्यम़ा हुन लागेको हो ।

प्रतियोगिताको विवरण
– सेप्टेम्बर 15 तारिखसम्म टिम दर्ता हुनुपर्ने ।
-शुल्क 4,00,000 वान (चार लाख वान)
– शुल्क जम्मा गर्ने KB Bank ( Kookmin Bank ) खाता नम्बर 547202- 01- १८४७०९ Rai Saran
– स्थान. 동두천. 종합운동장
경기도. 동두전시. 어등로

पुरस्कार
पहिलो – ४०००००० (चालिस लाख वोन)
दोश्रो – २०००००० (बिस लाख वोन)

सम्पर्क नम्बरहरु
शरन राई 010 8306 2579
मदन राई 010 7612 1620
सुमन सुनुवार 010 4644 7819
खगेन्द्र लिम्बु 010 4361 3587
मिलन लिम्बु 010 7647 0265

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...