धुलिखेल नगरपालिकामा फोहर व्यवस्थापनका लागि कोरियाली प्रविधि


कोरियाली । धुलिखेलको फोहर व्यवस्थापन गर्न कोरियाली प्रविधि भित्र्याइने भएको छ । यसका लागि नगरपालिका र दक्षिण कोरियाली कम्पनी ग्लोबलबीच नगरबाट निस्केको कुहिने फोहर वस्तुबाट कम्पोष्ट मल बनाउन सम्झौता भइसकेको छ ।

बढ्दो शहरीकरणसँगै धुलिखेल नगरमा उचित डम्पिङसाइट नहुँदा फोहर व्यवस्थापन निकै चुनौती बन्दै गइरहेको बेला दक्षिण कोरियामा यही भदौ पहिलो सातो कोरियाली कम्पनी प्रतिनिधि र नगर प्रमुख अशोक ब्याञ्जूबीच सम्झौता भएको हो । यो प्रविधि भेरी नगरमा पनि लागू गर्न भेरीका प्रमुख सीपी घर्तीसँग पनि उक्त अवसरमा कम्पनीले सम्झौता गरेको छ ।

सम्झौतामा दुवै नगरमा कुहिने फोहरलाई मल उत्पादन गरिने उल्लेख गरिएको धुलिखेलका प्रमुख ब्याञ्जूले बताए । ‘फोहर व्यवस्थापनमा कोरियाली प्रविधि लागू गरेपछि कार्बन उत्सर्जन न्यूनीकरणमा ठूलो योगदान पुग्नेछ’, उनले भने । उनका अनुसार औद्योगिक मुलुक कोरियामा ऊर्जाको चरम सङ्कट भएकाले हाल ६० प्रतिशत कोइला, ग्यास र न्युकिलियर प्लान्टबाट बिजुली उत्पादन गर्दै आएको छ । यस्तै कोरियाले ६ प्रतिशत मात्रै बिजुली पानीबाट उत्पादन गर्दै आएको छ ।

नेपालमै पहिलोपटक वातावरणमैत्री ऐन निर्माण गरेको धुलिखेलले नगरलाई शून्य कार्बन उत्सर्जन नगर बनाउँदै हाल ७० प्रतिशत फोहर पानीलाई शुद्ध बनाई खोलामा पठाउने गरेको छ । दिसाजन्य फोहरबाट ग्यास र मल बनाउनसमेत योजना सुरु गरिएको ब्याञ्जूले बताए । शून्य कार्बन उत्सर्जन गर्ने विश्वका १५ नगरमध्येको एक पर्यटकीय धुलिखेलले थप कार्बन उत्सर्जनको पूर्वाधार र संरचना निर्माण गर्न हाल एक लाख बिरुवा रोपण अभियान सञ्चालन गरेको छ ।

वृक्षरोपण अभियानअन्तर्गत धुलिखेलले हाल यस वर्ष ५० हजार बिरुवा रोपिसकेको छ । पाँच वर्षमा पाँच लाख बिरुवा रोपण गर्ने योजना बनाएको नगरले ‘ग्रीन, क्लिन–हेल्दी सिटी’को अवधारणासमेत ल्याएको छ । १२ वडा रहेको धुलिखेलका क्रमशः अभियानलाई योजनाबुद्ध तवरले निरन्तरता दिइने जनाइएको हो ।

विज्ञका अनुसार २० हजार नयाँ बिरुवा पूर्ण रूपमा हुर्कंदा आठ हजार टन कार्बन न्यूनीकरण हुन्छ । यसअनुसार धुलिखेलमा शून्य कार्बन उत्सर्जनार्थ एक लाख बिरुवा पूर्णरुपमा हुर्किए ४० हजार टन कार्बन न्यूनीकरण हुने बताइन्छ ।

रोपिएका सबै बिरुवामा जीपीएस् (ग्लोबल पोजिसनिङ सिष्टम) बाट संरक्षण गरिने नगरले जनाएको छ । ‘अब रोपिएका बिरुवामा सबै बिरुवामा जीपीएस् जोडिएको छ, उसैको माध्यमबाट बिरुवाको निगरानी हुनेछ’, नगरप्रमुख अशोक ब्याञ्जूले भने । उनका अनुसार यो प्रविधि धुलिखेल र नेपालकै लागि नमूना मानिएको छ । रोपिएका सबै बिरुवालाई नम्बर दिएर प्रणालीमा जोडिएको छ । बिरुवाको अवस्था स्वभाविकभन्दा फरक भए तुरुन्तै प्रणालीमा जानकारी आउने र नगरको सम्बन्धित विभागले सुधारको काम गरिहाल्ने जनाइएको छ ।

नगरप्रमुख ब्याञ्जूले वृक्षरोपणसँग शून्य कार्बन उत्सर्जन गर्ने खालका उद्योग मात्रै स्थापना गर्ने, नगरका पूर्वाधार निर्माणलाई वातावरणमैत्री बनाउने, स्थानीय वन संरक्षण गरी वन क्षेत्रलाई सम्पूर्ण भू–भागको ४० प्रतिशतसम्म पुर्‍याउने योजना बनाइएको बताए ।

धुलिखेलले यसअघि दक्षिण एशियामै पहिलोपटक ‘जिवाश्म इन्धन अप्रसार सन्धि’ अभियानलाई कार्यान्वयनमा ल्याएको थियो । सन्धिअन्तर्गत रहेर धुलिखेलले आफ्नो नगर क्षेत्रलाई पर्यटकीय सहरको रुपमा विकास गर्ने उद्देश्यले दिगो विकास र स्वस्थ तथा सफा वातावरणीय कार्यलाई पहिलो प्राथमिकता दिँदै आएको छ । नगरलाई केही महिनाअघि मात्रै शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचौँ नम्बर र एशियाको पहिलो सहर बनेको घोषणा गरिएको थियो ।

नगर क्षेत्रभित्र कोइला प्रयोग गर्न प्रतिबन्ध लगाएको विषयले पाँच महिनाअघि बेलायतको संयुक्त राष्ट्र सङ्घीय सम्मेलन (कोप–२६)मा समेत चर्चा कमाएको पर्यटकीय उक्त नगरले स्वस्थ सहरका लागि सङ्घीय स्वास्थ्य सेवा विभाग, प्रदेश मन्त्रालय र स्थानीय जनप्रतिनिधिबीच सात प्रतिबद्धतासमेत जनाइसकेको छ ।

सबै स्थानीय दलका प्रतिनिधिबीच अपनत्व बढाउने, स्वस्थ वातावरण, नसर्ने रोग पोषण तथा स्वास्थ्य प्रवर्द्धनका कार्यक्रममा जोड दिने, नगरका सम्पूर्ण शिक्षकलाई विशेष स्वास्थ्य तालिम तथा जनचेतनाका कार्यक्रम अभिवृद्धि गर्ने, समुदायका सूचना एकीकृत गरी स्वास्थ्य सूचना केन्द्र सक्रिय बनाउने, स्वास्थ्यसम्बन्धी अनुसन्धानका लागि काठमाडौं विश्वविद्यालयसँग समन्वय गर्ने र स्वास्थ्यकर्मी क्षमता अभिवृद्धिका लागि विशेष तालिम प्रदान गर्ने उल्लेख छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरियाको छाङ्वनमा माम्फ हुदै, नेपालबाट गायक छेवाङ लामा आउने
  • इलाम चियाबारी सांगितिक धमाकाको तैयारी अन्तिम चरणमा
  • नवीन सुब्बाको ‘गाउँ आएको बाटो’ बुसान फिल्म फेस्टिभलमा छनोट
  • छुसकमा नेपकोर नाइट हुने
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...