नेफिन कोरियाले मनायो आदिवासी दिवस, हेर्नुस् फोटोमा


नेपाल आदिवासी जनजाती महासंघ(नेफिन) दक्षिण कोरियाले २९औँ विश्व आदिवासी दिवस मनाएको छ । आईतवार राजधानी सौलको एमटियुको सभाहलमा जातीय पहिचान झल्कने सांस्कृतिक तथा सांगितिक प्रस्तुति सहित दिवस मनाएको हो ।

नेफिन कोरियाका अध्यक्ष बिशन राईकोे सभापतित्वमा भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल राजदुतावास सौलका द्वितीय सचिव सुर्य बहादुर थापा रहेका थिए । बिशिस्ट अतिथीहरुमा आदिवासी जनजाती अन्तरास्ट्रिय महांसंघ उपाध्यक्ष लोचन राई, ल्च्ल्ब् दक्षिण कोरियाको अध्यक्ष बुद्धी गुरुङ र नेफिन कोरिया प्रमुख सल्लाहकार युगेल तेन्डुपु शेर्पा रहेका थिए । त्यस्तै बिशेष अतिथीहरुमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं जाईसिएल इन्चार्च राम प्रासाद सापकोटा (दिप शिखा), नेपाल सम्पर्क समिती एनसीसी कोरियाका अध्यक्ष हरि प्रसाद खनाल लगायत जातिय संस्थाहरुको अध्यक्षहरु, नेफिन कोरियाका क्षेत्रीय शाखाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । दक्षिण कोरियामा रहेका क्षेत्रीय, राजनीतिक, साहित्यिक तथा अन्य सामाजिक संस्थाको प्रतिनिधिहरु अतिथीको रुपमा सहभागि भएको थियो ।

“रैथाने ज्ञान, सीप, कला, साहित्य एवं मौलिक खाद्य परम्पराहरुलाई संरक्ष प्रबर्द्धन र बिकास गर्दै, पहिचान र अधिकार प्राप्तिको सांस्कृतिक आन्दोलनमा एकाकार बनौं“ भन्ने रहेको थियो । नारा झैं कार्यक्रममा पनि विभिन्न जातीय खाना, जनजीवनको झल्को हेर्न सकिन्थ्यो ।
जातिय संस्थाको प्रतिनिधिका वक्ताहरुले कोशी प्रदेश राखेकोमा बिरोध जनाएका थिए । उनीहरुले विश्व आदिवासी दिवस राज्यको तर्फबाट नै मनाउनुपर्ने माग समेत राखेका थिए । त्यस्तै जनजाती साहित्यकारहरुले कविता मार्फत आदिवासी जनजातीहरुले भोग्नु परेको उत्पिडनको विरोध पोखेको थिए ।

मौलिक रैथाने पारीकारहरुमा शेर्पा र तामाङ समुदायको खाप्से कुथुक, मगर समुदायको “बारा बुटुक, गुरुङ समुदायको “प्ला क्य्हे (बजे रोटि) – राई लिम्बु समुदायको वाचिपा, लिम्बू समुदायको “याङ्बेन“ र थारू समुदायको घोङी र माछा लगायत पारीकारहरु रहेको थियो ।

मौलिक पारीकारहरुको स्वाद लिए पछि सांस्कृतिक तथा साहित्यिक कार्यक्रम भएको थियो । सांस्कृतिक कार्यक्रममा शेर्पा, तामाङ, मगर, गुरुङ, राई, लिम्बू र थारू समुदायको मौलिक सांस्कृतिक नृत्य एवं झाँकी प्रदर्शन भएको थियो । कवि तथा साहित्यकारहरुले उत्पीडित समुदायको हकहित, अधिकार र पहिचान एवं आदिवासी सौन्दर्य शास्त्रमा लेखिएका साहित्य सृजनाहरुको प्रस्तुति दिएका थिए ।

संयुक्त राष्ट्रसङ्घले अगष्ट ९ लाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष विश्वका आदिवासीले यो दिवस मनाउन थालेका हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरियाको छाङ्वनमा माम्फ हुदै, नेपालबाट गायक छेवाङ लामा आउने
  • इलाम चियाबारी सांगितिक धमाकाको तैयारी अन्तिम चरणमा
  • नवीन सुब्बाको ‘गाउँ आएको बाटो’ बुसान फिल्म फेस्टिभलमा छनोट
  • छुसकमा नेपकोर नाइट हुने
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...