Advertisement
SKIP THIS

नेफिन जेजुको अध्यक्षमा पुनः गजिन हाङस्रोङ, २९ औँ विश्व आदिवासी दिवस भव्य रूपमा सम्पन्न


नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया जेजु शाखाको अध्यक्षमा पुनः गजिन हाङस्रोङ लिम्बु निर्वाचित भएका छन् । आइतवार (अगस्ट १३ तारिख) जेजु प्रान्तको 제주특별자치도 명신 1길11 (KCTU) हलमा भएको दोश्रो अधिवेशनबाट २३ सदस्यीय नयाँ कार्यसमितिको निवार्चन गरिएको हो । जेजु शाखाले २९ औँ विश्व आदिवासी दिवस पनि सोही दिन भव्य रूपमा सम्पन्न गरेको छ ।

दोस्रो अधिवेशन वाट नवनिर्वाचित कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा दिल बहादुर मगर तथा उपाध्यक्षहरूमा सरिता राई, रेजिना शेर्पा र लक्षु सुब्बा रहेका छन् । त्यसैगरी महासचिवमा नविन थोक्लेङ लिम्बु निर्वाचित भएका छन् भने सचिवमा ओम विक्रम राई र रिचा व्लोन तामाङ रहेका छन् । कोषाध्यक्षमा पुरन घर्ती मगर तथा सह-कोषाध्यक्षमा जनकाशी गुरुङ रहेको छ ।

सदस्यहरूमा सानुमाया तामाङ, अनिता मर्हजन, तुल वहादुर मगर, सुजन लिम्बु, सुर्य कुमाल, रोशनी गुरुङ, दिवस आले मगर, माया रजनी मगर, सविन लिम्बु, रमेश छन्त्याल, निश गुरुङ र सन्दिप राई रहेको छ । १ जना सदस्यभने नयाँ कार्यसमितिको पहिलो बैठकबाट मनोनयन गर्ने अध्यक्ष गजिन हाङस्रोङ लिम्बुले बताए ।

जेजु प्रान्तको आयोजनामा २९ औँ विश्व आदिवासी दिवस र दोश्रो अधिवेशन र एकैसाथ भएको उक्त कार्यक्रमको सह आयोजकमा किरात याक्थुङ चुम्लुङ जेजुदो शाखा, नेपाल तामाङ घेदुङ जेजुदो शाखा र तमुधी जेजुदो शाखा रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेफिन कोरियाका कार्यवहाक अध्यक्ष शुभराज भोम्जनको उपस्थिति रहेका थिए । विशिष्ट अतिथिमा भने जनजाति महासंघ बुशान शाखाका अध्यक्ष परि गुरुङ सहभागी भएका थिए । 

अतिथीहरुमा जेजुमा रेहेका संस्थाहरू किरात याक्थुङ चुम्लुङ अध्यक्ष नविन लिम्बु, नेपाल तामाङ घेदुङ अध्यक्ष सुनिता व्लोन, तमु धी अध्यक्ष निरू गुरुङ, NRNA जेजु अध्यक्ष गोकुल शर्मा, नेफिन जेजु शाखा संरक्षक तथा किरात याक्थुङ चुम्लुङ कोरिया उपाध्यक्ष अर्जुन तुम्वापो,  किरात याक्थुङ चुम्लुङ तथा NRNA जेजु शाखा पुर्व अध्यक्ष सुमन हाङस्रोङको उपस्थिती रहेको थियो । साथै जेजुमा रहेका नेपालीहरूको उल्लेख्य सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा विभिन्न जातीय मौलिक परिकार, विभिन्न जातीय भेषभूषा सहित मौलिक सांस्कृतिक झाँकी प्रदर्शन र स्थानीय कलाकार हरूको साङ्गीतिक प्रस्तुति समेत रहेको थियो ।  

कार्यक्रममा कोशी प्रदेशको नाम खारेजीको माग समेटा उठाएको थियो ।  

अधिवेशनका लागि सुमन हाङस्रोङको संयोजकत्वमा ३ सदसीय निर्वाचन मण्डलको गठन भएको थियो ।  दुई सदस्यहरुमा सुनिता ब्लोन र सुमन हाङ हेम्ब्या रहेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...