तामाङ पत्रकार संघ दक्षिण कोरियाले २९ औं तामाङ प्रसारण दिवस अगष्ट १२ मा मनाउने


२९ औं तामाङ प्रसारण दिवसका अवसरमा ‘अनुभव बोलाबा थेन ज्याबाम्हान्बा फूल्बा गेताङ’ तामाङ पत्रकार संघ दक्षिण कोरियाले अगष्ट १२ मा जूम भर्च्युअल माध्यमबाटै  मनाउने भएको छ ।

वि.सं. २०५१ साल भदौ १ गते बिधुतीय सञ्चारमाध्याम रेडियो नेपालमा तामाङ भाषाबाट तामाङ तामसोर (समाचार) प्रसारण भएको थियो । उक्त समाचार रमिता लामा बलको वाचन, अमृत योञ्जन (तामाङ), र ध्यान बहादुर मोक्तान समाचार टोली रहेको थिए ।

तामाङ समाचार प्रसारण भएको उक्त समयलाई नै वि.सं. २०६१ सालमा तामाङ समुदायको सञ्चारकर्मीहरूले स्थापना गरको तामाङ सञ्चार समूह अहिलेको तामाङ पत्रकार संघले तामाङ प्रसारण दिवसका रूपमा मनाउन थालिएको हो ।

उक्त कार्यक्रममा प्रमुख वक्ताको रूपमा बरिष्ठ पत्रकार उनै समाचार बाचिका रमिता लामा बलको अनुभव प्रस्तुत गर्ने तामाङ पत्रकार संघ दक्षिण कोरियाका अध्यक्ष अमिर योन्जनले जानकारी दिए । प्रवासको समयलाई मध्यनजर गर्दै भदौ १ गतेको कार्यक्रम केही दिन अगावै मनाउन लागेको समेत अध्यक्ष योन्जनले जानकारी दिए ।

तामाङ पत्रकार संघ दक्षिण कोरियाले संघकै केन्द्रीय समिती, संघीय समिती, आदिवासी जनजाती महसंघ (नेफिन) कोरिया, नेपाल तामाङ घेदुङ कोरिया, आदिवासी जनजाती पत्रकार महसंघ (फोनिज) कोरिया लगायत अन्य संघसंस्थाहरूलाई समेत पत्राचार गरि उपस्थिति लागि निमन्त्रणा गरेका छ ।

तामाङ समुदायको वर्तमान स्थिती, समुदायको संघसस्था, राजनितीज्ञ र पत्रकारको भूमिका अबको रणनिती कस्तो हुनुपर्छ भन्ने विषयमा ब्यापक छलफल गरि सकारात्मक निष्कर्ष निकाली समाज परिवर्तनमा भूमिका खेल्न सकेमा उक्त कार्यक्रमको सार्थकता हुने देखिन्छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरियाको छाङ्वनमा माम्फ हुदै, नेपालबाट गायक छेवाङ लामा आउने
  • इलाम चियाबारी सांगितिक धमाकाको तैयारी अन्तिम चरणमा
  • नवीन सुब्बाको ‘गाउँ आएको बाटो’ बुसान फिल्म फेस्टिभलमा छनोट
  • छुसकमा नेपकोर नाइट हुने
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...