Advertisement
SKIP THIS

मनमा काम गर्ने हुटहुटी छ । त्यसैले एनआरएनको अध्यक्षमा मेरो उम्मेद्वारी : विपिन गुरुङ


बाग्लुङ गल्कोटका धेरै जापान जाने चलन थियो । तर विपिन गुरुङ कोरिया आए । ‘दाइ यतै थिए । त्यसैले म पनि यतै आएँ ।’ उनले दुई दशक अघिका कुरा सुनाए ।
नेपालमा उनी खुबै भलिबल खेल्थे । विभिन्न क्लवहरुमा खेल्दै गर्दा नेसनल टिममा छनोटमा पर्ने पक्का जस्तै थियो । तर त्यही बेला कोरिया आउन पर्यो । सन् २००१ मा यता आएका उनी त्यस पछि यतै भए ।
हेर्दा हेर्र्दै कोरिया फेरियो । कोरियामा रहेको नेपाली सामाज फेरियो । उनी पनि समयसँगै फेरिने भए नै । ‘हिजो जस्तो लाग्छ कोरिया छिरेको दुई दशक नाघेछ । भिन्न सामाजमा विभिन्न थरिका काम गरियो । त्यही कामले कोरियामा भएको नेपाली समाजले राम्रो नराम्रो जे भने पनि विपिनलाई चिन्छ ।’ उनले आफ्नै मुल्याङ्कन गरे ।
विपिनको अहिले दुई वटा रेष्टुरेन्ट राम्रै्र चलेका छन् । व्यवसाय राम्रै छ । उनलाई भने गैर आवासीय नेपाली संघ एनआरएन कोरियाको चुनावले व्यस्त बनाएको छ । उनी यस पटक एनआरएनए कोरियाको अध्यक्षका प्रत्यासी छन् । कहिले कहाँ पुग्नु पर्ने कहिले कहाँ ?
उनलाई यो पटकको चुनाव अनलाइन भएको पनि मन परेको छैन । ‘यत्रो विकसित देश कोरियाको राष्ट्रपतिको चुनाव अनलाईन गर्न सकिदैन होला त ? सकिन्छ होला नी तर पनि उनीहरुले बुथमै भोट हाल्ने चलन छ । हाम्रो पनि त्यस्तै हुन पर्छ । पायक पर्दैन भने सबै क्षेत्रमा भोट हाल्ने व्यवस्था गर्ने नि ।’
यस अघि सन् २०१९–२०२१ मा अध्यक्ष पदका उम्मेद्वार थिए । ‘त्यति बेला मैले जित्नु पर्ने हो विभिन्न कारणले हारियो । साथीभाइले यो पटक विपिनको लागि हो भनेर सहमति गरेर सम्झौता पनि गरेका छन् । वचनको मान्छे हो भने साथीभाइले सहयोग गर्नु पर्ने हो । हस्तक्षर गरेको सम्झौता पत्र सुरक्षित नै छ ।’ उनले गुनासो गरे ।
कोरियामा भलिवलको खेललाई व्यवस्थित गर्ने मैले सहयोग गरेको छु । ‘म बाग्लुङ समाजको भलिवल क्याप्टन भएर ११ बर्ष खेलेँ । कोरियामा भएका विभिन्न जातिय क्षेत्रीय संघसंस्थामा बसेर काम गरेको छु । एनआरएन मै उपाध्यक्ष, बरिष्ठ उपाध्यक्षमा बसेर काम गरि सकेको छु । संस्थामा बसेर केही गरेको हुँ । धेरै गर्न सकिएन । त्यसैले आगमी दुई बर्षमा कोरियाको एनआरएनको लाई सबै साथीभाइसँग गौरवले देखाउने संस्था बनाउन पनि म अध्यक्षको प्रत्यासी भएको हुँ ।’
एनआरएन कोरियाको चुनाव खर्चिलो छ । अध्यक्षको उम्मेद्वार हुनका लागि मात्रै पनि ३० लाख वन लाग्छ । ‘हो नि चुनाव त महंगै हुने भयो । साथीभाइले सहयोगका लागि पनि धेरै ठाउँमा कुरा गर्नु हुन्छ । अलि खर्चिलो नै छ । समाज सेवाका लागि त्यति धेरै शुल्क नराखेको भए पनि हुने हो ।’ उनलाई पनि लागेको रहेछ खर्चिलो चुनावी अभियान नभएको भए राम्रोह हुन्थ्यो होला । ‘सबै भन्दा सवल पक्ष भनेको यस पटक धेरै साथीभाइले सदस्यता लिनु भएको छ । हो पनि यस पटक झन्डै ५ हजारको हाराहरीमा कोरियामा रहेका नेपालीले सदस्यता लिएका छन् ।’
अध्यक्षमा जित्नु भयो भने के गर्नु हुन्छ ? प्रश्न खस्न नपाउँदै उनले कामका लामो लिस्ट सुनाए । ‘राजदुतावाससँग मिलेर गर्ने काम, कोरियामा रहेको विद्यार्थीका समस्या हेर्ने काम, कोरियामा रहेका मजदुरका समस्यालाई समाधान गर्ने काम आदि ईत्यादी । यत्रो धेरै काम सकिएला त ? सक्काउने गरेर गर्ने हो सकिन्छ नी । हामीले बाटो विरायौ भने हेर्ने समाज छ । खवरदारी गर्ने तंपाईहरुले पनि त हो ।’
व्यापार व्यावसाय भएको मान्छे व्यापार नै गर्नु नि ? ‘खाने, बस्ने मात्रै त जस्ले पनि गर्छ नी । आहालमा बस्ने भ्यागुतो त बाहिर तिर डुल्छ भने हामीले त समाजको लागि केही गर्नु पर्यो नी । मेरो मनमा अहिले एउटा काम गर्ने हुटहुटी काम गर्ने हुटहुटी छ । त्यसैले यो मौका मलाई हाम्रो टिमलाई ।’

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...