एनआरएनए कोरियाको अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा हुने, कस्को के एजेन्डा ?


गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद् (एनआरएनए) दक्षिण कोरियाको नवौं अधिवेशन यही जुलाई २३ तारिखमा हुदैछ । यस सँगै वर्तमान आठौँ कार्यसमितिको कार्यकाल पनि समाप्त हुनेछ । त्यसैले जुलाई ३० तारिखका दिन नवौं कार्यसमिति (२०२३–२०२५)को निर्वाचन हुनेछ । काेरियामा रहेका ४ हजार ८ सय ७६ जनाले सदस्यता लिएका छन् ।

यसै सन्दर्भमा एनआरएनए दक्षिण कोरियाको नवौं कार्यसमितिको अध्यक्ष पदका लागि तीन जनाले दावेदारी प्रस्तुत गरेका छन् । अध्यक्ष पदका लागि विपिन गुरुङ, बुद्धि गुरुङ र सञ्जिव कुमार राइले अाफ्नाे उम्मेरदवारी घोषणा गरेका छन् । अध्यक्षका प्रत्यासी विपिन गुरुङ र बुद्धि गुरुङ लामो समय देखि दक्षिण कोरियामा व्यवसाय गर्दै आएका छन् । उम्मेदवार राई भने कामदार भिषामा छन् । त्यसैले राईको मुख्य नारा नै एनआरएनए कोरियालाई मजदुर मैत्री बनाउने भन्ने रहेको छ ।

तिनै जना उमेदवारहरुले छुट्टा छुट्टै प्यानल सहित प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन् । यसरी एनआरएनए दक्षिण कोरियाको यसपालिको निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको हो । निर्वाचन समितीको कार्यतालिका अनुसार आधिकारीक रुपमा उमेदवारहरुको मनोनयन दाखिला गर्ने समय जुलाई १९ र २० तारिखलाई तोकिएको छ ।

सबैले अा–आफ्नो तर्फबाट घोषणा पत्र सार्वजनिक गरेका छन् । सबैले राम्रा कुराहरु लेखेका छन् । तीनै जनाको घोषणा पत्रमा केही एजेण्डाहरु भने उस्तै उस्तै रहेको पाईन्छ । हेरौं तिनै जनाको एजेन्डाहरु –

बुद्धि गुरुङका एजेन्डाहरू

    • मेरो प्रतिबद्धता हरेक बिदामा राजदुतावास खोल्नको लागि पहल गर्ने ।
    • नेपाली भाषा मैत्री बिद्यालय स्थापनार्थ सम्वन्धित निकायसंग समन्वय गर्ने ।
    • भाषागत समस्या, कानुनी परामर्ष एवं नेपाली श्रमिकसंग सम्वन्धित समस्याहरुको समाधानको लागि अनलाईन हेल्पडेस्कको स्थापना गर्ने ।
    • कोरियामा बेला बखतमा हुने गरेको नियम ÷ कानुन परिवर्तनका बारेमा नेपालीमा नै यथाशिघ्र जानकारी गराउने ।
    • आकस्मिक तथा औधोगिक दुर्घटनाबाट मानविय तथा आर्थिक क्षति न्यूनिकरणका लागि दिर्घकालिन समाधान खोजिने ।
    • उच्च हवाई भाडादरले श्रमिक तथा बिद्यार्थी बर्गमा पर्न गएको आर्थिक भारलाई ध्यानमा राख्दै नेपाली ध्वजाबाहक हवाइजहाजको शिधा उडानको लागि सम्वन्धित निकायहरुमा विशेष पहल गर्ने ।
    • नेपाली बिद्यार्थीहरूको उच्च शिक्षाको लागि आकर्षक गन्तब्य बनिरहेको कोरियामा उनिहरुको समस्या पहिचान गरि समस्या समाधानको लागि योजना तथा कार्यान्वयन गर्ने गराउने ।
    • नेपाल प्राकृतिक तथा सास्कृतिक पर्यटनको उच्च सम्भावना रहेको र नेपाल घुम्नै पर्ने उत्कृष्ट गन्तब्यको रुपमा चिनाउन कोरियामा बिभिन्न कार्यक्रम तथा पहल गर्ने ।
    • नेपालमा कृषि तथा औद्योगिक क्षेत्रमा आधुनिकीकरण तथा लगानिमा बृद्धि गरि राष्ट्रको अर्थतन्त्र तथा रोजगारी सृजनामा बिशेष पहल गर्ने ।
    • कोरियामा रहेका बिभिन्न नेपाली संघ संस्थाहरुसंग स्वस्थ समन्वय गर्दै बिभिन्न सस्कृतिक प्रवर्धनका निम्ति नेपाल सास्कृतिक केन्द्रको स्थापना गर्ने ।

बिपिन कुमार गुरुङका एजेन्डाहरू

    • गैर आवासीय नेपाली संघ दक्षिण कोरिया मार्फत हटलाईन सेवा प्रदान गर्नुका साथै नेपाली राजदूतावास दक्षिण कोरिया र प्रवासी श्रमीक युनियन संग सहकार्य गरेर हरेक नेपालीहरुको समस्या समाधानको निम्ति प्रयास गर्ने ।
    • दक्षिण कोरियामा रोजगारीको शिलशिलामा वा स्वरोजगारीमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा योजनामा सहभागिता गराउने ।
    • नेपालमा पर्यटन प्रवर्द्धन गराउने उद्देश्यका साथ कोरियाली नागरिकहरुमा नेपालको सुन्दर पक्षहरुको प्रचार–प्रसार गर्ने गराउने ।
    • नेपालको बिबिध क्षेत्रमा लगानी भित्राउन लागि पहलकदमी गर्ने/गराउने ।
    • गैर आवासीय नेपाली संघको अगुवाईमा नेपाली राजदूतावास, श्रमिक, व्यवसायी, विद्यार्थी र विभिन्न पेशा तथा व्यवसायमा आबद्ध भएका नेपालीहरुबीचमा छलफल तथा बहस विमर्श गर्ने ।
    • गैर आवासीय नेपाली संघ दक्षिण कोरियाले आफ्नो क्रियाशिल शाखा क्षेत्रहरुलाई केन्द्रको अनुमतिमा कार्य सञ्चालनको निम्ति विशेष अधिकार दिने र कम्तीमा २÷२ महिनामा एकपटक केन्द्र र शाखा बीचमा आवश्यक छलफल गर्ने गराउने ।
    • दक्षिण कोरियामा कर्म गरेर बस्नुहुने नेपालीहरुसंग सहकार्य गरेर भाषिक, धार्मिक र मौलिक चाडपर्वको जगेर्ना गर्ने उद्देश्यकासाथ विविध कार्यक्रमहरुको आयोजना गर्ने ।
    • गैर आवासीय नेपाली संघ दक्षिण कोरियाले नेपालको लागि राम्रो काम गर्ने उद्देश्यका साथ नेपालमा जतिपनि दुःखी, गरिब पिछडिएको वर्ग, नानी–बाबु, वृद्ध बा–आमा र कमजोर आर्थिक अवस्था भएको परिवारको निम्ति टेवा पु¥याउने हेतुले दिर्घकालीन अक्षय कोषको निर्माण गर्ने ।
    • दक्षिण कोरिया आएर कमाएको धन कसरी लगानी गर्ने भन्ने विषयमा छलफल गराउने । दुःख गरि कमाएको पैसा नफसोस् भन्ने उद्देश्यका साथ जानकारीमुलक कार्यक्रम ल्याउने ।
    • गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको अगुवाईमा गौतम बुद्ध नेपालमा जन्मिएका हुन, विश्वको अग्लो हिमाल सगरमाथा नेपालमा पर्छ, नेपालमा सबै धर्मको बराबर सम्मान छ र नेपाल सुन्दर देश हो भन्ने सन्देश कोरियाली नागरिकहरुमा सूचना प्रवाह गर्ने खालको कार्यक्रमहरुको आयोजना गर्ने ।
    • नेपाली राजदूतावास र व्यवसायी संघ संग सहकार्य गरेर नेपाली बजारमा उत्पादन भएको सामान कोरियामा आयात गर्ने र कोरियामा उत्पादनहुने सामानलाई नेपाल निर्यात गर्नको लागि गैर आवासीय नेपाली संघ दक्षिण कोरियाले पहल कदमी गर्ने ।
    • कोरियामा जन्मिएका नेपाली बालबालिका र कोरियन नेपाली नागरिकबाट जन्मिएका बालबालिकाहरुको निम्ति भाषिक र साँस्कृतिक पक्षहरुको जानकारी गराउने उद्देश्यका साथ कक्षाहरुको सञ्चालन गर्ने/गराउने ।

संजिव कुमार राईका एजेन्डाहरू

    • NRNA कोरियालाई सबैको साझा र अपनत्व महसुस हुने गरि अघि बढाउनेछु । भावी योजना तथा कार्यक्रम तर्जुमा गर्नका लागि नेपाली दुतावास, ःत्ग् लगायत यहांको सबै संघ–संस्थाहरू संग त्रैमासिक रूपमा अन्तरकृया कार्यक्रम राख्नेछु ।
    • नेपाल देखि कोरियाको चर्को हवाई भाडादर यथावत छ । यथासक्य नेपाल सरकार पर्यटन मन्त्रालयसंग समन्वय गरि उचित भाडादर कायम गर्न पहल गर्नेछु । साथै राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नेपाल कोरिया सिधा उडान भर्ने ब्यवस्था मिलाउनको लागि तत्काल पहल गर्नेछु ।
    • दुतावासको घुम्ति सेवाको निरन्तरता कायम राख्दै सेवाहरूलाई अझै प्रभावकारी बनाउन दुतावासको सबै सेवाहरू घुम्ति सेवामा समाबेश गराउन र बिदाको १ दिन हरेक आईतवार सेवा दिनको लागि पहल गर्नेछु ।
    • NRNA का क्षेत्रीय कमिटी रहेका ५ वटै क्षेत्रमा अस्थायी बसोवासको निम्ति सेल्टर स्थापना गर्नेछु ।
    • आकस्मिक दुर्घटनामा परि ज्यान गुमाउने नेपालीहरूको पार्थिव शरिर नेपाल लैजानको लागि ठोस नीति बनाएर कार्यन्वयन गराउन नेपाल सरकारका सम्बन्धित निकायसंग पहल गर्नेछु ।
    • NRNA सदस्यता नविकरणको व्यवस्था गर्दै सदस्यता कार्ड वितरण गर्नेछु ।
    • नेपाल हाउस निर्माण गर्ने भन्दै उठाइएको रकम कहां, के कस्तो अवस्थामा छ सत्य तथ्य खोजी गरि ३ महिनाभित्र यथार्थ सार्वजनिक गर्नेछु ।
    • दूर्घटना तथा बिभिन्न आपतकालिन समस्यामा परेका श्रमिक तथा बिधार्थीहरूलाई सहयोग हुने गरि “ल्च्ल्ब् आपतकालिन राहत कोष“ को स्थापना गर्नेछु ।
    • श्रम स्वीकृति लिएर कोरियामा आएका नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न गराउन सम्बन्धित निकायहरू संग समन्वय गर्नेछु ।
    • प्रवासमा आर्जन गरेको सीप र पूंजीलाई स्वदेशमा सहि सम्बन्धित निकायहरू संग समन्वय गर्नेछु ।
    • अन्य देशका इपिएस कामदारलाई जस्तै नेपालीका लागि पनि 국민 연금 को ब्यवस्था गर्न कोरिया सरकारसंग पहल गर्नको लागि नेपाल सरकारसंग पहल गर्नेछु ।
    • पर्यटन प्रवर्धन र नेपालमा लगानी भित्राउनका लागि नेपाली दुतावास र कोरियामा रहनुभएका नेपाली विज्ञ एवम् व्यवसायीहरूसंग समन्वय गरि विविध योजना एवम् कायक्रमहरू गर्नेछु ।
    • बिधार्थीहरूको समस्या पहिचान र न्यूनिकरणको लागि एक उपाध्यक्षको नेतृत्वमा समिति गठन गरेर नेपाल सरकार शिक्षा मन्त्रालयसंग समन्वय गरि कोरिया आउनु अगावै अभिमुखिकरण तालिम सन्चालन गर्न पहल गर्नेछु ।
    • एक उपाध्यक्षको नेतृत्वमा अतिरिक्त विभाग बनाएर कोरियामा हुने खेलकुद, सांस्कृतिक कार्यक्रम, साहित्यिक तथा विभिन्न कार्यक्रमहरूमा प्रत्यक्ष समन्वय सहभागिता र सहयोग गर्नेछु ।
    • प्रवासबाटै नेपालको संसदीय निर्वाचनमा मत हाल्न पाउने व्यवस्थाको निम्ति पहल गर्नेछु ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरियाको छाङ्वनमा माम्फ हुदै, नेपालबाट गायक छेवाङ लामा आउने
  • इलाम चियाबारी सांगितिक धमाकाको तैयारी अन्तिम चरणमा
  • नवीन सुब्बाको ‘गाउँ आएको बाटो’ बुसान फिल्म फेस्टिभलमा छनोट
  • छुसकमा नेपकोर नाइट हुने
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...