नेपालबाट आएका करातेका खेलाडीले बुसानमा ८ स्वर्ण सहित ९ पदक जिते ः खेलाडीहरुलाई सम्मान तथा बधाई कार्यक्रम सम्पन्न


दक्षिण कोरियाको वुसान शहरमा जुन २९ देखि जुलाई ३ सम्म भएको १५आंै कोरिया खुल्ला अन्तर्राष्ट्रिय वादोकाई कराते प्रतियोगितामा नेपालबाट आएका खेलाडीले ८ स्वर्ण सहित ९ पदक जितेका छन् । सोल देखि ३ सय ४० किलोमिटर टाढा पर्ने बुसानमा भएको खेलमा नेपाल, कोरिया, हङकङ, सिंगापुर लगाएत ११ देशका खेलाडीले भाग लिएका थिए ।
नेपालबाट आएका खेलाडीले विभिन्न देशका प्रतिनिधिसँग प्रतिस्पर्धा गरेका थिए । भेटे«ेन तर्फ नेपालका ४५ बर्षिय चित्र श्रेष्ठले सिंगापुरका खेलाडीलाई हराएर स्वर्ण जितेका थिए । त्यस्तै जुमान सिंह गुरुङले ७५ किलो तौल समूहमा स्वर्ण जितेका हुन भने रिगन घलेले ११ बर्षको उमेर समूहमा प्रतिस्पर्धा गरेर स्वर्ण जितेका थिए । त्यस्तै नेपालबाट आएकी सुचित्रा गुरुङले १० बर्ष समूहमा दुई वटा स्वर्ण जितेकी हुन् । आर्यन रञ्जित १२ बर्ष उमेर समूहमै स्वर्ण पदक जितेका हुन् । ६० किलो तौल समूहमा यम बहादुर समालले स्वर्ण पदक जितेका थिए । त्यस्तै ८४ किलो समूहमा दिगम्बर पन्तले स्वर्ण जितेका हुन् भने ७५ किलो तौल समूहमा दिगाम्बर प्रसाद पन्तले काँस्य पदक जितेका हुन् ।
नेपालबाट आएर कोरियामा स्वर्ण जित्ने खेलाडीहरुलाई सम्मान गरिएको छ । नेपालबाट खेलमा भेट्रान तर्फ स्वर्ण पदक प्राप्त गरेका चित्र श्रेष्ठको समूहलाई नेपाल तामाङ घेदुङ द.कोरिया, सिन्धुपाल्चोक समज दक्षिण कोरिया, चितवन सम्पर्क समिति द कोरिया, मकवानपुर कोरिया मन्च, दर्शन नमस्ते रेष्टुरेन्ट, सेकुवा हाउस, नेपाली थाई रेस्टुरेन्ट, नुवाकोट समाज, दोङदेमुन व्यवसायीक संघ, लास्सो अन्नपूर्ण रेष्टुरेन्टको तर्फबाट संयुक्त बधाई तथा सम्मान गरेका थिए ।
त्यस्तै सञ्जय रन्जितको समूहलाई आन्सानको याक रेष्टुरेन्टका एक कार्यक्रमको आयोजना गरेर खेलाडीलाई सम्मान गरिएको थियो । कार्यक्रममा करातेका पुर्व खेलाडी विजय लामा पनि सम्मान कार्यक्रममा उपस्थित थिए ।
तस्विरहरू

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...