Advertisement
SKIP THIS

कोरियाली बहुसांस्कृतिक बौद्धधर्म संघको प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब ११ जुनमा हुने


कोरियाली बहुसांस्कृतिक बौद्धधर्म संघको आयोजनामा प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब छुङ्छननाम्दोको आसान शहरमा अवस्थित युवोन युनिभर्सिटीमा जुनको ११ तारिख आईतबार हुने भएको छ ।

दक्षिण कोरियामा अवस्थित विभिन्न ८ देशका ९ वटा गुम्वाको संयुक्त संस्था कोरियाली बहुसांस्कृतिक बौध्दधर्म संघ (Korea Multicultural Buddhist Association) ले विश्वमा बौद्ध धर्मको माध्यमबाट नीतिगत रूपमा सबैको समस्याहरूको समाधान, भाईचारा, सदभाव, शान्ति, समृद्धि, कला र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्धेश्यले सन २०१९ डिसेम्बर १ मा गठन भएको हो । यस संस्थाले  सामाजिक कार्यलाई पनि निरन्तरता दिदैं आईरहको छ ।

उक्त महोत्सबमा दक्षिण कोरिया, नेपाल, श्रीलंका, थाइल्याण्ड, बंगलादेश, भियतनाम, कम्बोडिया, म्यानमार, मंगोलिया लगायत ९ देशको संयुक्त सहभागिता रहने आयोजक संस्थाका सदस्य तथा थेग्छेन छ्योईलिङ सउल नेपाल गुम्बाका संस्थापक कुन्साङ दोर्जे लामाले जानकारी दिनुभयो ।

कार्यक्रममा जोग्य ओडर अफ जनरल अफिसर भिक्षु, सुदेआक्सा गुम्वाका प्रमुख भिक्षु, Chungcheongnam-do को गभर्नर, आसानका मेयर, विश्वविद्यालयका अध्यक्ष, ८ देशका राजदुतहरू उपस्थिती रहने धर्मगुरू कुन्साङले बताएको छ ।

विभिन्न ६ देशको मौलिक खाना परिकारसहित आ-आफ्नै स्टलको व्यवस्था रहेको महोत्सब बिहान १० बजे देखि २ बजेसम्म हुने भएको छ । साथै कार्यक्रममा आ-आफ्नो राष्ट्रिय मौलिक पोशाकमा उपस्थितीका लागि समेत अनुरोध गरेका छन् ।

महोत्सबमा ठूलो सङ्ख्यामा भिक्षु भिक्षुणीहरूलाई दान बिहान १० बजे सुरू भएर १ बजेभित्र सहभागी सबैले भोजन सकाएपछि औपचारिक कार्यक्रम पश्चात २ बजे समापन हुनेछ ।

कार्यक्रम छुङ्छननाम्दो आसन शहरमा अवस्थित युवोन युनिभर्सिटी आसान क्याम्पस (유원대학교 아산캠퍼스 대강당) मा हुनेछ ।

(नोटः सउल नेपाल गुम्वाले यातायातको ब्यवस्था गरिएको हुदाँ समयमै 010-8534-7919 (गुम्वा) मा सम्पर्क गरि फ्नो नाम टिपाउनु होला ।)

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...