Advertisement
SKIP THIS

विश्व जनदिवसमा ख्यङनाम प्रान्तबाट नेपाल र श्रीलंका सम्मानित


ख्यङनाम माइग्रेन्ट सेन्टरले आयोजना गरेको १६ औं विश्व जन दिवस आइतबार ख्यङनाम प्रान्तको कार्यालयको सभागृहमा सम्पन्न भएको छ । विदेशी कामदार, विद्यार्थी र बहुसाँस्कृतिक परिवारसहित एक हजार भन्दा बढी सहभागिता रहेको उक्त कार्यक्रममा लामो समयदेखि विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाएर आफ्नो समुदायको लागि विशेष योगदान पुर्याउदै आएका नेपाल र श्रीलंकाका २ जना विदेशी कामदारहरुलाई ख्यङनाम प्रान्तबाट सम्मान तथा अवार्ड प्रदान गरिएको थियो । जस्मा नेपालको तर्फबाट छाङवनमा बसोबास गर्दै आएका केदार अधिकारीले उक्त अवार्ड पाएका थिए ।

सम्मानित भएपछि आफुमा थप जिम्मेवारी बढेको महशुस गर्दै प्रफुल्लित मुद्रामा अधिकारीले भने, “यो सम्मानले मलाई अझ सामाजिक गतिविधिमा लाग्नको लागि हौसला मिलेको छ । म आगामि दिनहरुमा पनि आफुले सक्ने सहयोग र नेपाली समुदायको लागि केही गरि राख्ने छु ।” इपिएस प्रणाली मार्फत कोरिया आएका अधिकारी हाल F2 भिषामा कार्यरत छन् ।

बहुसाँस्कृतिक बालबालिकाहरुको सामुहिक गायनबाट सुरु भएको उदघाटन कार्यक्रममा १५ मुलुकको प्रतिनिधित्व गर्दै स्टेजमा आआफ्नो मुलुकको झण्डा फहराउदै मार्चपास गरेका थिए भने मंगोल तथा अन्य मुलुकको तर्फबाट गीत तथा आकर्षक नृत्यसहितको प्रस्तुती रहेको थियो ।

कार्यक्रमको दोस्रो चरणमा ख्यङनाम प्रान्तको कार्यलयको अगाडि रहेको खुला चौरमा सहभागी विभिन्न मुलुकका विदेशीहरुबिच खेलहरुको प्रतिष्पर्धा गरिएको थियो । त्यसैगरी निशुल्क चिकित्सा सेवासहित विभिन्न परामर्शका स्टलहरुसँगै हरेक देशको खानाका स्टल, विभिन्न आकर्षक सामग्रीहरु समेत बिक्री वितरणमा राखिएको थियो ।
हरेक वर्ष मे २० मा पर्ने विश्व जनदिवस विदेशी र स्वदेशीबिचको सामाजिक वातावरण सिर्जना गर्दै कोरियन र विदेशी कला संस्कृति र परम्परालाई साझा गर्दै अगाडि बढ्ने उदेश्यले सन् २००७ बाट सुरु गरिएको हो । कोरियाका विभिन्न स्थानमा आयोजना गरिदै आएको उक्त कार्यक्रम कोभिड १९ का कारण ४ वर्ष पछि आयोजना गरिएको हो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...